कबिता

पाइतलाको पिंडा....!

आफ्नै बिवषताले बलत्कृत पाइतला
बिरक्तिएर तुषारिएको गल्लीमा भौतारिन्छ।
यत्रतत्र छरपष्टिएका तुषारोले
पाइतलामा सहबास गर्छ।
लाग्छ झुरिएको काँचमाथी पाइतला छ।
अनियन्त्रीत दिशामा पाईला लर्बराउँदै,
बर्षौ पुरानो शालिकले झै गरेर,
नाङ्गै लुग लुग काम्दै उभिएर
हुरी रोक्ने प्रार्थना गरिरहन्छ,
हुरी रोक्ने प्रार्थना गरिरहन्छ।
उसको पीडा मात्र तुषारो हैन,
कैयौं अनगिन्ती काँढाहरु पनि,
बुट्ट्यानमा लुकेर उसैको प्रतिक्षामा,
आफ्ना तिखो तिखो शक्तिको प्रदर्शनीको
पर्खाईमा लुकेर बसेका छन।
बिचरा! पाइतला, जहाँ गएपनि,
उसैको मार, उसैले समेट्नु पर्ने।
उता हरिया लेउ देखी लिएर हरेकौ
नगन्य हरुसँग ठक्कर खानु पर्छ।
त्यो पाइतला झैं संघर्षरत मस्तिष्क किन छैनन?
मस्तिष्कमा किन,
पाइतलाको दर्दहरु भरिन्दैनन?
शायद मस्तिष्क स्वार्थि छ,
शायद भावना मस्तिष्कको
बसमा छ, त्यसैले ति
पाइतला सम्म आइपुग्न सक्दैनन।
बिचरा पाइतला, उसले धर्ती छाम्नुको
ब्यथा, धर्ती चुम्नुको ब्यथा
आफैमा समाहित गरेर आज
स्वतन्त्रको लागी सास फेर्न खोज्दैछ।
पाइतलाको मर्म कहिले मस्तिष्कले
बुझ्ने हो? कहिले भावनामा बग्ने हो?
तै पनि ऊ छुटकारा पाउन प्रार्थना गरिरहन्छ।

2 comments:

दूर्जेय चेतना said...

साह्रै राम्रो लाग्यो तपाईको यो कबिता। दौडमा दौडने पैतलाहरुको मुल्य, त्यही पाईतलाहरुले; निदारको रातो टीका देख्छ वा देख्दैन, अझ भनु थाहनै पाउछ वा पाउदैन थाह छैन। तर पिडा कत्ती हुन्छ भन्ने कुराको ज्ञान भने पाईने रहेछ यो कबिताबाट।
दबिनु, होच्चिनु, पीडालाई साथगर्नुको नियती होला र हामी सबै फगत पाईतलानै त भएका छौ। साहै राम्रो लाग्यो तपाईको तरिका।

कल्पना साम्पाङ said...

बिजय भाई सम्पूर्ण पक्ष ससक्त छ , यस्तै कलम दरो चलाऊनु सधैं शिखर चुम्ने अवसर मिल्ने छ ।

उही दिदी
कल्पना साम्पाङ

Blog Widget by LinkWithin