कबिता



ठट्टै

भेटिनु र छुट्टिनेहरु छुट्टिन्छन,
यहाँ मृत्युपछि अवशेष हड्डी र मासु जस्तै।
मानवको जिबन यहाँ धेरै सस्तो भयो,
बरु बजारको सब्जी हिरामोती जस्तै।
बाँचुञ्जेल मै खाउँ मै लाउँ दुनियाँ ओगट्छन,
मरेपछि एउटा कात्रो र सिक्का चट्टै।
मुर्खै मुर्खको जमातमा कहिले आउने समानता?
निम्छरो र निमुखाको जिबन पनि ठट्टै।

2 comments:

डीआर न्यौपाने'सूर्य' said...

प्रस्तुत शैलीमा निखारता (चित्रमार्फत ) ल्याई कोर्नुभएको कबिता छोटो र मिठो छ b.j. जी। भावनाले यसरि नै शिखर चुमोस !

Unknown said...

धन्यवाद सिकारु जी तपाईंको अमुल्य सुझावको लागि ।

Blog Widget by LinkWithin