Showing posts with label शुभकामना. Show all posts
Showing posts with label शुभकामना. Show all posts

नयाँ बर्षको शुभकामना !!!

मेरा सम्पुर्ण शुभचिन्तक एवं शाहित्यकार मित्रहरु गणेश खड्का आयरलैण्ड, एल बी प्रधान कोरिया,जय छाङ्छा नयाँ दिल्ली भारत, अर्जुन दुङमेन राई ईराक, इन्द्र सुनुवार ईमिरेट्स, समादर्सी काईंला ईमिरेट्स, गोपाल राई ईङ्गलैण्ड, कबिराज राई नेपाल, छक्कु उदाशी जापान, बसन्त गौतम जापान, अनुज कुलुङ पोखरा नेपाल, मिना बान्तवा इजरायल, गीता थापा ईजरायल, मनु लोहरुङ ईजरायल, शशी थापा सुब्बा हङ्कङ, लोजर घिसिङ नेपाल,मनु ठाडा मगर ईङ्गलैण्ड,कैलाश राई नेपाल, दुम्माली दाई चन्द्र नेपाल,सुजन शर्मा, सुर्य प्रसाद न्यौपाने साउदी, खगेन्द्र खिलाफी कतार, संगम बान्तवा साउदी, इन्द्र पुन साउदी, चकेन्द्र राई कैदी कतार, रकम धोज राई कतार, दिलिप योञ्जन टेक्सास अमेरिका,योगेन्द्र भाई मलेशिया, दीपेन्द्र कुमार झा जापान, एकल यात्री ज्यु, दुर्जेय चेतना, अशेस, फेसबूकमा हुनुहुने मित्रहरु, खगेन्द्र पन्धाक, सीमा आभस, शान्ता झाक्री, आशंक उपाध्यय,आशा गुरुङ,बिक्रम सुब्बा, शुशिला लामा, लगायत सम्पूर्ण मेरो चिरपरिचित इष्ट मित्रहरु तपाईहरुमा यो नयाँ बर्षले नयाँ-नयाँ जोस अनि जाँगर प्रदान गरोस, तिता बिगतलाई २००९ले सोहोरेर लैजाओस अनि नयाँ नयाँ प्रगतीको पालुवा पलाओस यही छ २०१०को तपाईंहरुमा हार्दिक हार्दिक मंगलमय शुभकामना।

तपाईंहरुकै
बि जे बान्तवा राई

शुभकामना !!


आज मलाई धेरै पछि केही लेख्ने जाँगर कता बाट फुर्योय। यसो लेख्न भनेर बसें तर सामग्रीनै पाईन, अत मैले यसो मेरो खातापाता हरु पल्टाउंदै गएँ, दिउँसो प्रीन्ट गरेको ५ पेजको एउटा कञ्चन साहित्य पक्षिक भेंटे, जुन हाम्रा कञ्चनका सम्पादक महोदय अर्जुन दुङ्मेन ज्यु द्वारा ईमेल प्रेषित थियो। ईराकमा हुनुहुने सम्पुर्ण नेपालीको एकाबद्वको लागी तयार पारिएको अनि ति नेपाली दाजुभाई तथा दिदीबहिनीको परदेशमा रहँदाको पिंडा अनि दुखको एउटा हृदयको आवाज रहेछ। पानाहरु पल्टाउँदै गएँ मलाई धेरै नै गर्ब लाग्यो किनकी नेपालीहरु साधन सम्पन्न भए भने के गर्दैनन र के गर्दैनौ? सम्पुर्ण कुरा गर्न सक्छौं हामी किनकी हाम्रो देशमा पनि उपकरन अनि साधन सम्पन्न भैदिएको भए जे पनि गर्न सक्छौ, तर आज हामी देश छोडेर टाढा गएर देशको मायाहरुले ओतप्रोत भावनाहरु पढ्न पाउँदा हर्षित त भएँ नै र पनि देशको हालत सम्झिदा धेरै दुख लाग्यो। हामी बिजुलीको सट्टा टुकीको भरले जिबन यापन गरिरहेका छौ, यो कुनै कथा हैन नेपालीले भोगीरहेको एउटा तितोसत्य र यथार्थ हो। बिदेशमा हामी घरै भित्र सम्पुर्ण साधन बाट टन्न सम्पन्न देख्छौं तर हामी एउटा इमेल हेर्न पर्योा भने कस्को नेटमा गएर त्यो पनि लोडशेडिङ्गको समय छल्दै जानु पर्ने हुन्छ। यसको मतलव मैले हाम्रो देशलाई निचो देखाएको हैन हामीले भोगीरहेको एउटा ठुलो समस्या, पस्चिमेली मुलुकहरु किन माथी छन होला यसो अनुमान गरेर हेर्दा, किनकी उनीहरु आई टी इन्फरमेसनमा माथी छन, हामी अहिले सम्म हाम्राभावनाहरु केवल एउटा अभ्यास पुस्तिका भित्र बञ्चित छन, त्यो पनि कहिलेकाहीं जतन पाएन भने कसिंगर भएर कुन खाडलमा पुग्ने हो थाहा हुन्न, प्रकाशनको त कुरै छोडौं। हामी मौका र साधन पायौं भने जे पनि गर्न सक्छौं र हामीलाई आफ्नो देशको गीत गाउन कुनै मास्टर डिग्री चाहिन्न, खुलेर लेख्न सक्छौ देशको माया खुलेर कोर्न सक्छौ आमाको कथा त्यसैले मैले धेरै नै समय लगाउदै कञ्चनको दुइवटै प्रकाशनहरु प्रीन्ट गरेर साथीहरुलाई पनि पढ्न दिएँ साथीहरुले पनि धेरैनै मन पराउनु भयो। मलाई धेरै खुशी लाग्यो।

धेरै भावनाले ओतप्रोत शब्दहरुको हार मैले हेर्न पाएँ, पढ्न पाएँ खुशी लाग्यो अनि आज एउटा शुभकामना दिन चाहन्छुकी ईराकमा रहेर आफ्नो नेपाली शाहित्यलाई दिगो राख्न लेखीरहनुहोस, र कञ्चन शाहित्यिकलाई हातेमालो गर्दै उठाउनुहोस, र म अरु के भन्न चाहन्छु भने ईराकमा मात्र हैन नेपालीहरु जहाँ जहाँ हुनुहुन्छ, नेपाललाई सम्झना गर्नुहोस यसरीनै जसरी ईराकमा बस्नु हुने नेपाली दाजुभाईहरुले मिलेर गरीरहनु भएको छ। यो भनेको देशको माया हो, देशको चित्रण जब हामी टाढा रहन्छौ हामी देशको मायामा तडपिन्छौं अनि भावनाहरु खहरे झैं उर्लिएर आउछन ति भावनाहरुलाई पोख्न सक्नु एउटा देशको माया अनि निस्छल शाहित्य हुन जान्छ, न त्यो कुनै दार्सनिक सँग मेल खान्छ,न त्यो कुनै महाकबिको कबितासँग, न त्यो कुनै चोरी चकारी हुन्छ, एउटा गाउँघरको माया जुन बरपिपल उकाली ओराली सँग जोडिन्छ त्यो सदा निस्छल रहन्छ पबित्र सप्तकोशी झैं, सप्तगण्डकी झैं सदा निस्छल। त्यसैले म सदा सदा यो कञ्चनको दिर्घायुको कामना गर्दछु। सदा सदा नेपाली मुटुहरुलाई एकता बद्व बनाउन सफलहोस। शुभकामना अर्जुन दुङ्गमेन र उहाँको सहयोगी कञ्चन परिवारलाई।
Blog Widget by LinkWithin