Showing posts with label गित. Show all posts
Showing posts with label गित. Show all posts

गित


खडेरीले राज गर्‍योकी
खडेरीले राज गर्‍योकी मेरो पानी पधेंरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेंरीमा

मैले हिंड्ने गोरेटोमा, मेरो पाईला मेटियोकी
दु:ख्, पिंडा, आँशुको भेलले आमालाई रेट्योकी
सम्झिदै होलिन छोरालाई बसी एक्लै मझेरिमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेंरीमा

सोध्दै होलान साथीसंगी कहिले आउँछ भनि
चाड पर्बले घोच्यो होला आमालाई तिर बनी
घाँस् दाउरा गर्दै होलिन उनि एक्लै सल्लेरिमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेंरीमा

खडेरीले राज गर्‍योकी मेरो पानी पधेंरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेंरीमा

बि. जे. बान्तवा राई / भोजपुर

गित

बि जे बान्तवा राई / भोजपुर


मैले रुँदा खोला बन्छ, तिम्ले रुँदा मुस्कान
कहिले देखि खोल्यौ भन माया बेच्ने दोकान


हिमगिरिझै तिम्रो मन मैं सोच्थें नि अरुण
कतिलाईपो माया बाँड्छ्यौ कुल्ची कुल्ची यो मन
बग्दै जाँदा धेरै भेटे तिम्रै तिम्रो दोभान
कहिले देखि खोल्यौ भन माया बेच्ने दोकान ।


बिधुवाको शिउँदो जस्तै उजाड पार्‍यौ यो मन
कहाँ गई बिसाउँ मैले जलिरहेको यो तन
तिम्रै नाम मा मेटिएर गयो मेरो जीवन
कहिले देखि खोल्यौ भन माया बच्ने दोकान ।।

गित

टाढा भयौ बिर्सी मलाई बिर्सेउ प्रित पनि
बिर्सु भन्थे तिम्रो याद आयो गित बनी

थाहै भएन मलाई मौसम जस्तो तिम्रो माया
ॠतु जस्तै बदलिरहने पापी तिम्रो छाँया
तिम्रो निम्ती मेरो आशु बन्यो शित पनि
बिर्सु भन्थे तिम्रो याद आयो गित बनी

मेरो आशुको सागरमा तार्‍यौ तिम्ले डुँगा
पग्लिन्थ्यो नि मुटु भए तर रहेछ ढुङ्गा
पर्खाई छ अब मृत्युको लामो दिन गनी
बिर्सु भन्थे तिम्रो याद आयो गित बनी

-बि जे बान्तवा राई
Blog Widget by LinkWithin