Showing posts with label पुकारा. Show all posts
Showing posts with label पुकारा. Show all posts

एउटा आव्ह्वान!


मृत्युको कसम खाएर आएका हामी,
म यस्तो गर्छु म उस्तो गर्छु भन्दै
दुनियाँको हामी जस्तै सजीबलाई दुख दिन्छौं।
हरेक गर्छौ, मार्न तम्सिन्छौं,
आखिर के हामी साँच्चै, हामी चाहीं अमर छौ त?
हामी कहिल्यै मर्दैनौ, अरुलाई मारेर,
अरुलाई दुख दिएर के हामी युगान्त
यो धर्तीमा राज गर्न सक्छौं त?
अहँ, हैन हैन, हामी पनि यहीं धर्तीमा
माटो भएर बिलाउनु पर्छ।
हामीले अरुलाई घाटा पुर्‍याएर,
गरेको फाइदा छोडेर, यहिं
धर्तीमा लुक्नु पर्छ।
केवल एउटा सिक्का निधारमा टाँसेर,
एउटा कात्रो ओढेर,
ति हाम्रा सबै पुरुषार्थलाई
पर छाडेर टाढा धेरै टाढा हुनुपर्छ।
केवल हामीपनि एकपलको पाहुना,
तर हामी हाम्रो त्यो एकपललाई
दुरुपयोग गरेर पशु झैं ब्यबहार गर्छौं,
दुख दिने मार्ने, काट्ने,
हरेक मनमा आयो त्यहिं गर्ने।
के यहि हाम्रा मानवता हुन त?
के हामीमा रहेको यहि मानवता हो?
पृथिबीको चेतनशिल प्राणी रे मान्छे,
तर आज हामी मानिस नै छौ के?
हामीले आफैले आफैलाई एक पल्ट
प्रस्न गर्ने बेला आएको छ।
आफैले आफैलाई नियाल्ने मौका आएको छ।
के हामी आफैले आफैलाई नियाल्न सक्छौं त?
के हामी यो हत्या हिंसा बाट टाढा रहन सक्छौ त?
यो हत्या र हिंसा सहन नसकेर पृथ्बी
तातिन थालेकी छिन रे।
समुन्द्रहरु छछल्किदैं पटक पटक
मान्छेहरुलाई चेतावनी दिरहेको छ रे।
पृथ्बीको गर्भमा पनि अब त
सन्तान उमार्ने शक्ती हराएर
ज्वालामुखीले बास लिन थाल्यो रे।
आकश अहिलें यो हुलदंगा मारपिट हेर्दा हेर्दै
आफ्ना निला आखाँ बदलिन थाले रे।
अब अबस्य प्रलय हुन्छ, कलियुगको
दानव केवल मान्छेनै रह्यो रे।
अब प्रलय हुन केही समय बाँकी
छ रे, त्यसैले हे क्रोधी मानव हो,
एकपल्ट फेरी आफ्नो कालो कर्तुत
बिर्सेर आफ्नो नयाँ सिर्जनाको
गोरेटो रोज कतै ति निस्सासिएको
सम्पुर्ण बस्तुहरु फेरी हामीलाई
सहारा दिन्छन की, कतै फेरी
नयाँ संसार बन्छ की!!
Blog Widget by LinkWithin