Showing posts with label सम्झना. Show all posts
Showing posts with label सम्झना. Show all posts

एउटा सम्झना स्वर किन्नरीलाई,,,


“ए कान्छा ठट्टैमा मा लौ बैंश जान लाग्यो….जाँदैन, जाँदैन पर्ख लिन आउँला,,,,,,,,,,,,,,,!!”
यो गितलाई गाउने दुबै गायक गायीका हाम्रो सामु हुनुहुन्न, तर पनि उहाँहरुको यो सुरिलो स्वरसँगै गाईएको गितभने अझै पनि मेरो कानमा गुञ्जीरहन्छ, मिठो आभाष दिएर, मलाई यो गित मन पर्दा गायक गायीकाको ब्यक्तीगत बिबरण छोटो रुपमा भए पनि हुनुपर्ने तर म त बुध्दु न परें त्यसैले म सँग स्वर सम्राट नारायण गोपाल ज्युको छैन तर स्वर किन्नरी तारादेवीको चाँही कहि कतै बाट मेरो पुरानो नोटबूक कोरेको रहेछु, स्रोत त थाहा भएन शायद रेडियोनै हुनुपर्छ किनकी म सानोमा ज्यादा रेडियो सुन्थे हुनसक्छ रेडियोनै मेरो स्रोत होला।
हजारौं गित गाएर स्वर सम्राट नारायण गोपाल हामीबाट टाढा भएपनि उहाँले दिएको यो धर्तीलाई आफ्नो सुरिलो स्वर सदा सदा लाखौं जनमानसमा, प्रेमीहरुको बिचमा गुञ्जी रहनेछ। यस्तै स्वर किन्नरी तारादेवी ज्युको पनि यस्तै नै छ उहाँले पनि हजारौं गितहरुलाई आफ्नो सुरिलो स्वरको साथ दिएर उहाँपनि ईस्वरको प्रीय बनीसक्नु भएको छ। म सुन्ने गर्थे र सुन्ने गर्छु, कलाकारहरु साँच्चीकै दुखी हुन्छन रे, र उनीहरुको हृदयको आवाज पोखिंदा गित बन्छ रे जो कलाकार हृदयदेखी गाउँछ उसको गित अमर रहन्छ रे, यहिं अमरता भित्र गुट्मुटिएको आवजहरु हुन स्व नारायण गोपाल ज्यु र स्व तारादेवी ज्युको पनि।

"सोंचे जस्तो हुन्न जिबन, देखे जस्तो हुन्न जिबन………..”

भन्नै पर्दा कहाँ सोंचे देखे जस्तो हुन्छ, फरक धेरै फरक रहन्छ सोंचे भन्दा र देखेको भन्दा, तारादेवी ज्युको गित सँगै कहिलेकाही हराउने गर्छु। हामीले हृदयबाटनै हेर्ने हो भने कति मर्मस्पर्सी छन, जुन हृदयलाई छुन सक्ने शब्द चयन गरिएको छ, स्वर लय कस्तो गम्किलो यसो हेर्दा अहिलेको र पहिलेकोमा के फरक छ त? कति सरल तरिकाले गाइएको छ, आज कता कता म त्यो मेरो सानो छँदाको दिनहरु यो गित सँग सम्झिने गर्छु, अनि यी गितले भने जस्तै जिन्दगीको यात्रा पनि साँघुरो हुदै गईरहेको हुन्छ। यस्तै अर्को गित छ,

“फूलको थुँगा बहेर गयो गंगाको पानीमा, कहिले भेट होला है दाजै यो जिन्दगानीमा,,,! ”

शायद शब्दहरु नपाएर नै होला अहिलेको गितहरुमा जे पायो त्यहिं थप्ने गरिन्छ, त्यो छोडी आजकल त सिधैं हिपहप बाट जस्लाई पायो त्यसलाई पच्काउन पाईन्छ, मैले आज भन्दा केहि महिना आगाडी कुनै साईत मार्फत एउटा गित डाउनलोड गरेको थिएँ मजाले प्रकाश ओझालाई गित मार्फतनै पच्काईएको रहेछ। प्रकाश ओझाको खिल्ली उडाईएको रहेछ, मेरो ख्यालमा त्यो गितका गायक कुनै सञ्चार माध्यमसँग सम्बन्धित हुनुहुन्छ, जे होस नेपाल साँच्चीकै स्वतन्त्र भएछ भन्ने भान भयो। गितहरु यसरी पनि बन्न थाले जो अहिलेको जमानाले स्वीकार्नै पर्छ।

स्वर किन्नरी स्व तारादेबीले ४,००० भन्दा बढी नेपाली गितहरु गाउनुभयो होला उहाँको जिबनभरी। हजारौं बियोगान्त घटनासँग ठक्कर खाँदै तारादेबीले आफ्नो संगीत सम्बन्धी ग्राजुएट भारतको अलाहबाद बाट गर्नु भएको थियो। बि सं २००९ मा रेडियो नेपालमा आफ्नो गित रेकोर्डिङ गराउनु भएको थियो। उहाँको बैबाहिक सम्बन्ध २०२२ शिव बहादुर श्रेष्ठसँग उहाँको बैबाहिक बन्धनमा बाँधिनु भएको थियो भने उहाँको जिबनमा एउटा छोरा र एउटी छोरीको आगमन भएको थियो। उहाँको छोराको अल्पायुमै ब्लड क्यान्सरबाट निधन भयो। यसरी उनको जिबनमा धेरै धेरै समस्या बावजुद पनि उहाँको संगीतप्रतीको लगनशिलतालाई जो कोहिले पनि अनुसरन गर्ने हो भने एउटा सफल गायक वा गायीकाले यो क्षेत्रमा आफ्नो इमेज सजिलै बनाउन सकिन्छ भन्ने सन्देश दिन्छ। उहाँको प्रसंसाको लागी प्रदान गरिएका पुरष्कार हुन छिन्नलता, जगदम्बा अनि इन्द्रराज्य लक्ष्मी पुरस्कार आदी हुन। तारादेबी ज्युको गितहरुमा सबै कुरा पाईन्छ जस्तै देशको माया संयोगान्त बियोगान्त सम्पुर्ण महोत्सवमा गाईने गितहरु छन।

कालीपारे दाई कति राम्रो ढाकाटोपी काँधैमा गलबन्दी,,,,,,,
यस्ता हजारौं गितहरु हामी माझ छाडेर एउटा सम्झना अमर सम्झना बनिन स्वर किन्नरी तारादेबी उनी आज हाम्रो माझमा नभएर पनि उनिले गाएका गितहरुले उनलाई सदा सदा हाम्रो माझ अमर राख्ने छ।
Blog Widget by LinkWithin