Showing posts with label प्रसंगबस. Show all posts
Showing posts with label प्रसंगबस. Show all posts

प्रसंगबस

नेपाली ढाका टोपीको शान नै बेग्लै, पहिरियो कि सगरमाथा जस्तै उच्चा रहन्छ शान, म आफ्नो ब्लगको यसो पाना पल्टाउदैं जाँदा आज एउटा सानो चासो अप्डेट गर्न मन लाग्यो । किनकी नेपालीले भारतमा कति हेपिनु पर्छ, त्यो त हामीले कुनै प्रमाण चाहिन्न, किनकी हामी सबैलाई थाहा भएको कुरा नै हो । नेपाली मुलका भारतीहरुले यो समस्या शायद धेरै नै भोगिरहेका होलान, हेपिनु र चेपिनु त हाम्रो एउटा बरदान नै भएको छ ।

प्रसंग म यता मोडछु, हालै भईरहेको सोनी टेलीभिजन द्वारा प्रसारित इन्डियन आइडल फोर को परिणाम नजिकै आउन लागेको छ, देहरादुन निबासी कपिल थापा आफ्नो सुरिलो स्वरले पुरै स्टेजनै स्तब्ध र रंगीन बनाए पनि खाली भोटिङ्गको को भरमा आफुलाई अडाउनु परेको छ । जज बनेका हरु उनको पक्षमा कहिल्यै सपोर्ट नगरे पनि नेपालीहरुको एकतालाई कदर गर्नै पर्छ । मैले अलि प्रसंगको कुरै भन्दा अलि बाहिर गएँ कुरा हो कपिल थापा किन नेपालीको छोरा भन्ने मलाई लाग्यो भने, स्टेजमा अभिभाबकहरुलाई बोलाउँदा कपिल थापाको बुवालाई पनि बोलाइएको मैले हेर्न पाएँ । जुन नेपाली ढाका टोपी ढल्काएर चट्ट बस्दा त नेपालीहरु कही कतै आफ्नो स्वाभीमान र देशको माया भुल्दा रहेनछन्, भन्ने मलाई लाग्यो । देहरादुनमा बसेरै पनि नेपाली परिबेसको ठाँटमा सजिदा त साच्चै नेपालीहरु जहाँ गएपनि सगरमाथा झैं अटल अनि सप्तकोशी, गण्डकी, मेची र महाकाली झैं स्वच्छ रहन्छन भन्ने कपिल का बुवाको पहिरनले प्रमाण दिन्छ ।

एउटा कथन चाँही मलाई साँचो लाग्यो जो बुढापाका ले भन्ने गर्थे, " नेपाल गयो कपाल सँगै, बर्मा गयो कर्म सँगै" कपिलले त्यती धेरै डेढ सौ करोड मान्छेले हेर्ने सोनी टेलिभिजनमा उनको पक्षमा एउटै जजले राम्रो कमेन्ट नगर्दाको पिंडा सजिलै सँग बुझ्न वा त्यहाँ भान्छे रुपी जजहरुको तालमेल सजिलै सँग प्रमाण दिन्छ। कपिल भारती गायक सुरेश वाडकर झैं सुरिलो स्वर र सोनीको आइडल प्राङ्गननै गुञ्जयमान गर्दा समेत जजहरुले आफ्नो मुन्टो बटार्ने, जुन गायन सकिन साथ गायकलाई देखाउनु पर्ने सिगनल त्यो सबै रेड [रातो] देखाउनुले प्रष्टै पार्छ, तरै पनि नेपाली छोराको साथ सदा उसको दृढ बिस्वास अनि हिम्मत र लगनशीलता अनि पर्याप्त छ। भारतीहरुको सामु एकपल्ट प्रशान्त तामाङले बबाल नै गरि सकेको हुनाले यो चौथोपनि नेपाली छोरालाई नै मिल्ला कि भनेर जजहरुको अनुहार कालो रंगले पोतिदैं गरेको
हाम्रो टी.भी. स्क्रीनमा सजिलै हेर्न सकिन्छ र अनुमान काट्न सकिन्छ। कपिल थापाले ईण्डियन आइडल हार्न सक्छन तर उनको त्यो शाहस सदा-सदा एउटा सम्झना र नेपालीको लागि एउटा उदाहरण बनेर रहने छ । त्यस्लाई हामीले हार भन्न सुहाउदैन किनकी भान्छाघरमा भान्छेको प्रभुत्व त रहेकै हुन्छ, कसलाई के दिन पर्छ त्यो उसको हातको कुरा हो ।

प्रशान्त र कपिल थापाको बिषयमा के भन्छन नेपालीहरु वा बिदेशीहरु यहाँ दबाउनुहोस

छोटे उस्तादमा दार्जीलिङकी प्रकृती गिरीले तहल्कै मच्चाएर छाडेकि थिईन, प्रकृतीकि आमाको एउटा भनाई मेरो कानमा अहिले पनि गुञ्जी रहन्छ, ' नेपाली युद्वमा आफ्नो ज्यान दिन्छ, तर हार खाएर कहिल्यै फर्किन्न, उल्टो सिधा भन्ने कुरा फाल्टै हो।' हो साँच्चिकै भन्ने हो भने उल्टो सिधा भन्ने कुरा फाल्टै हो। यहाँ जज मा बस्ने ले मन नलाग्दा जे भन्दा नि हुन्छ। तर अझै ४ जनालाई उछिन्न बाँकी नै छ। हेर्दै जाँदैछु, अब अन्तिम स्टेज कसरी सकिन्छ, त्यो हेर्न बाँकीनै छ।
[बाँकी गन्थन अर्को भेटमा है त .....................! ] जदौ
Blog Widget by LinkWithin