Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

गजल


बिन्दास् गजल

ए! फूलहरु हो, मलाई रुवाएर गयौ
हाँसो फुल्ने आँखामा आँशु चुवाएर गयौ

मनभरि हजार सपना बोकेर नै हिंडेथे
आज अनयास सबै सप्ना तुहाएर गयौ

बिन्दास् हिंड्थें, गाउँमा रम्थे आँटोढिंडो खान्थे
राम्रो लाउने-खाने आशामा डुबाएर गयौ

मेरो पहिचानमा तिमेरकै आँखा लागेछ
बिदेशी पहिरनले मलाई कुहाएर गयौ

ए! फूलहरु हो, मलाई रुवाएर गयौ
हाँसो फुल्ने आँखामा आँशु चुवाएर गयौ ||

गजल



शहर फेरिएछ, रुप बद्लिएछ गाम उस्तै लाग्यो।
नेता फेरिएछन कुर्सी फेरिएछ काम उस्तै लाग्यो।।
.
बिकाशको ढोंग फुक्दै महलबाट मेचीकाली हेर्ने
छानोबिहिन जनताको थाप्लो सेंक्ने, घाम उस्तै लाग्यो।
.
किसान-सर्बहाराले पेट पाल्न ठेला र रिक्सा तान्दा
महलबसि रिमोट चलाउनेको जाम उस्तै लाग्यो।
.
ईतिहाँसदेखी बिक्षिप्त र अपदस्त नेपालआमा,
मल्हमपट्टी गर्नेले नै देको निल-डाम उस्तै लाग्यो।
.
रुकुम-रोल्पा,ईभाङ-सुखानी कर्णालीको ब्यथा त्यस्तै
बन्दुकको भयले फेरी चुनावमा लाम उस्तै लाग्यो।

गजल

कुरीति यो समाजको तोडेरनी आऊ प्रिये
पर्खाईमा म छु डर छोडेरनी आऊ प्रिये

चुलाचौका घाँसपात कारागार कैदी जस्तो
अन्तिम त्यो सहीछाप कोरेरनी आऊ प्रिये

मखमली सयपत्री आँशु झार्ला धुरु धुरु
चुमेर ती एकपल्ट गोडेरनी आऊ प्रिये

सुम्निमाको साया तिमी, बिदाईमा रोलिनकी
शिरनत गरी हात जोडेरनी आऊ प्रिये

दु:खपिर तिम्रो भाग कोल्टे फेर्ने पर्छ तिमी
कैदी गुफा छोडी मुख मोडेरनी आऊ प्रिये

संरचना ४/ ४/ ४/ ४/
"बिद्रोही" बिजे

गजल

आँशु सबै सकियोकी लाशसरि जलिरहें
छाम्दा छाती चल्छ मुटु मुढासरि ढलिरहें

गरिबी र अशिक्षानै मेरो ठुलो घाऊ भयो
छातीभित्र पोकापारी एक्लै एक्लै चलिरहें

खानदानी मेरीमाँया रवाफ त झनै ठुलो
उनको त्यो ईज्जतमा आफैमरी छालिरहें

हुँदा आफ्नो रित्तिएछु आफन्तले मुखमोड़े
बेसहारा सहाराको आशा संगै पलिरहें

निभ्यो दियो टुट्यो आशा भाँचीएछ मनपनि
उजेलीको पर्खाईमा अन्त्यसम्म बलिरहें

संरचना ४/ ४/ ४/ ४
"बिद्रोही" बिजे

गजल

धोका दिने हरुको नै जाम ठुलो भयो हजुर ,
सर्बहारा चुस्नेहरूकै नाम ठुलो भयो हजुर

कोईछन् महलमा कोई रित्तो आकाशमुनि
दुखियाको सेक्ने घाम ठुलो भयो हजुर

गरिबको संघारमा जसले गर्छ आच्ची ,
संसदमा ऊनीहरु कै छ काम ठुलो हजुर

जोडजाम गर्ने सबै समाधीमा पुरिन्छ्न,
तोडफोड बिनालादेन को लामभो ठुलो हजुर

कस्लेपोके नै नाप्छर, मृत्युदेखि काँप्नेहरु ,
डुक्रिनेयो "बिजे" लाइ पनि माम ठुलो हजुर

"बिद्रोही" बिजे
हाल तेल अबिब इजरायल

गजल

मेरो झुप्रो छोडी .....

मेरो झुप्रो छोडी अन्तै तिमी धाउँदा खेरी रोएँ।
मेरो मायाँ तोडी अन्तै मायाँ लाउँदा खेरी रोएँ।

सुकेको पतझड़ नै भयो जिन्दगी मेरो यहाँ
हरियाली भै अरुकै छानो छाउँदा खेरी रोएँ

सं-सँगै गाएको दोहोरी र रोधी बिरानो भयो
तिमी मस्की-मस्की अर्कै भाखा गाउँदा खेरी रोएँ

मैं हुँ सम्झ्यौ भरि चुली बैंशको भराउ हुँदा
सबै रित्तिएर तिमी खाली आउँदा खेरी रोएँ।

पिछा लाग्थे संसारै तिम्रो सानु हिंजो बैँश हुँदा
ढल्की गयो बैंश आज एक्लो पाउँदा खेरी रोएँ।

बि जे बान्तवा राई

गजल

उनले दिएको फूलसँगै रोएँ.....

म त कहिले उनले दिएको फूलसँगै रोएँ।
धोका दिन्न भनि उनले बाँध्या पुलसँगै रोएँ।

पाउनु मात्र हैन हराउनु नि माया भन्थे
हराउँदा जमेको आँशुको सबै मुलसँगै रोएँ।

साँचो प्रेम कहिल्यै बिछोड हुन्न भन्थे
बिछोडिएर तडपिरहेको सबै हुल सँगै रोएँ।

हरेक दुखाईको एउटै मल्हम माया हुन्छ भन्थे
त्यहीं मायाले मुटुमा हानेको सबै शुल सँगै रोएँ।

माया-प्रेममा मान्छे अन्धोयात्री हुन्छ भन्थे
अन्योलमा परि जिन्दगीमा गरेको भुल् सँगै रोएँ।

गजल

जाउँला

तिमीलाई खुशी मिल्छ भने सागर म नै तरी जाउँला
तिम्रो रंगीन दुनियाँबाट बसाईँ म नै सरी जाउँला।

मलाई देख्दा तिम्रो दिलमा बेदनाले सिर्का हान्ला,
मेरो यादको डोरी फुकाई खुल्ला म नै गरी जाउँला।

केवल रस चुस्ने भवँरा रहेछौ, फूल रोजी हिंड्छौ,
रस बिहिन भएर उभिनु भन्दा म नै झरि जाउँला।

उदासीमै बित्यो दिन,सम्झनामै बित्यो धेरै रातहरु,
प्रतिक्षाको फल तिम्रो झोलीमा म नै भरि जाउँला।

मेरो जिबन रह्यो भने तिमीलाई पिंडा हुदो रहेछ प्रीया,
संसार र तिमीलाई त्यागी अब म नै मरी जाउँला।

गजल


मृत्यु प्यारो,,,,,,,,,!

आवत-जावत आफन्तको खुसी धुमधाम हुँदा
रङ्गिन ध्वजा जग्गेमण्डप स्वयंबरको काम हुँदा।

तिम्रो घरमा पञ्चेबाजा ठोक्दै आउँछन होला
मेरो घरमा दुईचार जना मलामीको लाम हुँदा।

साँवा ब्याज जिन्दगीमा सम्झनाको अन्तिम चिनो
तिम्रो हातमा धागो सँगै बेरिएको खाम हुँदा

शायद म त सपनीमा नी आउन छोड्छु होला
कोल्टे फेर्दा सधैं तिम्रो अँगालोमा राम हुँदा।

हाँस्छौ होला, नाँच्छौहोला साह्रै खुशी हुन्छौ होला
बाहिर पट्टि लेखिएको म दु:खीको नाम हुँदा

मृत्यु प्यारो हुन्छ प्रिय छटपटिमा जिउँनु भन्दा
कलिलो यो मन भरि बदनामीको डाम हुँदा

गजल

कौतुहलता अड्किएको मन.....!

संसार बदलिएको छैन होला, मनैपो बदलियोकी
तिम्रो मेरो झुठो हल्ला हावासरी फैलियो की ।

आँखा तरी हेर्ने गर्छन, वरपर छर छिमेक
निराशको बादल छाई तिम्रो मन सेलियोकी

यहाँ को छ र तिम्रो मेरो भलो हेर्न सक्ने ?
कसैको छ्ड्के नजरले तिम्रो बिस्वास पेलियोकी

सबै यहाँ बैगुनी, गुणी खोज्न जाउँ कता ?
बैगुनीको ठुलो सञ्जाल तिम्रो दिलमा जेलियोकी

भ्रम पैदा गर्नेहरु, यहाँ ठुलो लस्करै छन
त्यहीं भ्रम बिचमा परी मेरो माया मैलियोकी।
Blog Widget by LinkWithin