गजल

मेरो झुप्रो छोडी .....

मेरो झुप्रो छोडी अन्तै तिमी धाउँदा खेरी रोएँ।
मेरो मायाँ तोडी अन्तै मायाँ लाउँदा खेरी रोएँ।

सुकेको पतझड़ नै भयो जिन्दगी मेरो यहाँ
हरियाली भै अरुकै छानो छाउँदा खेरी रोएँ

सं-सँगै गाएको दोहोरी र रोधी बिरानो भयो
तिमी मस्की-मस्की अर्कै भाखा गाउँदा खेरी रोएँ

मैं हुँ सम्झ्यौ भरि चुली बैंशको भराउ हुँदा
सबै रित्तिएर तिमी खाली आउँदा खेरी रोएँ।

पिछा लाग्थे संसारै तिम्रो सानु हिंजो बैँश हुँदा
ढल्की गयो बैंश आज एक्लो पाउँदा खेरी रोएँ।

बि जे बान्तवा राई

1 comment:

डीआर न्यौपाने'सूर्य' said...

मायाको मोहमा मोडीएको जीवनरुपी गजल मिठो छ बि जे जी
यो ब्लगको सफलताको कामना संगै नयाँ बर्ष २०६७ को मंगलमय शुभकामना तपाईलाई

Blog Widget by LinkWithin