Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

मुक्तकहरु




मलाई बिर्सी हाँसीदिनु सुहागरातको दियो जल्दा
अर्कैको शिंदुर पहिरिई बस्नु, मेरो लाश ढल्दा,
म त पर पर धेरै पर संसारबाटै पर हुन्छु,
तिमी बेहुली हुनु प्रीय, म आर्यघाटमा जल्दा।


धेरै पल्ट जिन्दगीमा धेरैले गर्ने ठुलो आश बने,
कतै कतै अबिछिन्न भएका बेसहाराको बास बने,
हाँसो खुशी लुटिएर, आस्थाको बलात्कार यहाँ हुँदा,
जिउँदै गाडिएको एउटा मुर्तिवत जिउँदोलाश बने।

हत्याराहरु खुशियालीमा खुन पिउँदैछन
निमुखा सोझा चोटैचोटको धुन सिउँदैछन
यहाँ मारिने त सबै निमुखा-सोझा मात्र,
होशियार! हत्याराहरु अझै जिउँदै छन।

अरुको गर्धन रेट्ने राम्रो रैछ तिम्रो बानी।
आफु पो मोटाउन थाल्यौ अरुको भाग तानी।
होस गर है सुदामा, अरुको भागमा र्‍याल काढ्छौ,
आफ्नो भाग छोडी, अरुको तान्दा पुग्लानी हानी।

दाउद र बिनलादेन नै तिमी आफुलाई मान्छौ क्यारे।
कहिंलेकाहीं त ओबामा र क्लिन्टन पनि धान्छौ क्यारे।
चौध अञ्चल, ७५ जिल्ला धावा बोल्ने जादु कहाँ छ तिम्रो?
प्वाँख काटेको परेवा हौ तिमी, साप निल्ने गरुड मान्छौ क्यारे।

अरुको खेदो खन्छौ, आफ्नो गल्ती देखेका छौ?
कुदृष्टीको चस्मा लाउँछौ, लेन्स कहिले फेरेका छौ?
जहाँ जहाँ तिमी जान्छौ, सबैको निद भाग्छ रे,
मान्छे बन्न तिम्रो घमण्ड कहिलेकाहीं सेरेका छौ?

मुक्तक

{१}
आकंक्षाको आँचल ओढी तिमीलाई पर्खीबसें
डोबाटोको मोडहरु छोडी एक्लै यहाँ तर्कीबसें
धोकेबाज रैछौ तिमी मुख मोडी टाढा गयौ,
तिमी आउने बाटोभरि सञ्जीवनी छर्कीबसें।

{२}
शाहित्यमा सानै छु म, हेप्न खोज्यौ तिमीले
धारै धारको मझधारमा, सेप्न खोज्यौ तिमीले
तिमीसँग सबै गुण भएको होलान धेरै भण्डार
अरु हान्ने झटारो हानी चेप्न खोज्यौ तिमीले।

{३}
मेरो खुन सिञ्चित गर्दा यदी तिमी फक्रीन्छौ भने
सर्बशक्तीमान ईस्वरको सामु तिमी टक्रीन्छौ भने
रगतको धारा केही हैन सबै रगत दान दिउँला
मेरो रगत नपुगेर, यदी तिमी खक्रीन्छौ भने।

{४}
कर्कलाको पानी जस्तै अनिस्चित भयो जिन्दगी
बालुवाको महल जस्तै अब्यबस्थित भयो जिन्दगी
अञ्जुलीमा पानी सरह थर थर काम्दै समाईरहेछु,
थोपा थोपा भै सबै चुही जानी भयो यो जिन्दगी।
Blog Widget by LinkWithin