{१}
आकंक्षाको आँचल ओढी तिमीलाई पर्खीबसें
डोबाटोको मोडहरु छोडी एक्लै यहाँ तर्कीबसें
धोकेबाज रैछौ तिमी मुख मोडी टाढा गयौ,
तिमी आउने बाटोभरि सञ्जीवनी छर्कीबसें।
{२}
शाहित्यमा सानै छु म, हेप्न खोज्यौ तिमीले
धारै धारको मझधारमा, सेप्न खोज्यौ तिमीले
तिमीसँग सबै गुण भएको होलान धेरै भण्डार
अरु हान्ने झटारो हानी चेप्न खोज्यौ तिमीले।
{३}
मेरो खुन सिञ्चित गर्दा यदी तिमी फक्रीन्छौ भने
सर्बशक्तीमान ईस्वरको सामु तिमी टक्रीन्छौ भने
रगतको धारा केही हैन सबै रगत दान दिउँला
मेरो रगत नपुगेर, यदी तिमी खक्रीन्छौ भने।
{४}
कर्कलाको पानी जस्तै अनिस्चित भयो जिन्दगी
बालुवाको महल जस्तै अब्यबस्थित भयो जिन्दगी
अञ्जुलीमा पानी सरह थर थर काम्दै समाईरहेछु,
थोपा थोपा भै सबै चुही जानी भयो यो जिन्दगी।
राजनीतिक प्रभुत्वदेखि मृत्युदण्डसम्म
5 days ago










2 comments:
सबै मुक्तकहरु मिठा अनि उत्कृष्ट छन् ।
Bj daa, Thanks for nice muktak, I really enjoy to readng this.
Smirti Kerung.
Post a Comment