गफसफ

कहिलेकाहीं यसो अलि दिक्क लाग्यो भने साथीहरु सँग बातचित गर्न मन लाग्छ, अनि कहिलेकाहीं इन्टरनेटमा मेरो साथीहरुसँग गफिन मन लाग्छ। यस्तै क्रममा म मेरो पुरानो नेट फ्रेण्ड कबिराज सँग धेरै गफसफ गर्छु। आजको मेरो भेट कबिसँगको कुराकानीको छोटो अंश यो म अनि मेरा पलहरुमा छोड्न चाहन्छु। हुन त हाम्रो भेट प्रतक्ष्य नभएर अप्रतक्ष्य नै रह्यो तर भबिस्यमा हाम्रो भेट त भैहाल्छ यसकै बाबजुद उहाँसँग थुप्रै कुरा मतलब चार बर्ष कुराहरु भएपनि मैले सबै प्रकाशमा ल्याउन नसक्ने भएको कारण उहाँको गितियात्रा सम्बन्धी छोटो भेट म पस्कन चाहन्छु। दुखसुखका कुरा देखि लिएर सम्पुर्ण कुरामा गफसफ गरेपनि मैले साँगितिक यात्राको बारेमा धेरै गफिएको थिईन तर आज अचानक कुनै रिपोर्टरले झै मैले छोटो प्रस्नहरु तेर्साउन पुग्छु।

-कुराकानीका केहि अंशहरु:

-जन्मथलो कहाँपो भन्नु भो?
कबि: महादेबीस्थान, हलेशी खोटाङ।

-कहिले देखी संगीत क्षेत्रमा लाग्नुभयो?
कबि: म सानै देखी गीत गाउनमा तल्लिन रहन्थे, र घाँस दाउरा गर्दा समेत गाइरहन्थे तर खासै रेकर्डनै गरेर गाउँन थालेको भयो होला ८ साल जति।

-कुनै एल्बमलाई ल्याईसक्नु भएको छ की?
कबि: हजुर् मेरो पहिलो एल्बम "घाम बरैमा" ल्याएँ त्यस पछि "हिस्सीमैँया" पनि ल्याएँ।

-दुईटा एलबम पछि कुनै?
कबि: दुईटा एल्बम पछि एउटा एल्बम छ भर्खरै आएको "चौतारी" त्यो चाहीं हाम्रो मिक्सअप छ।

-अरु कुनै योजनामा छन की?
कबि: भबिष्यमा छन थुप्रै योजना तर एउटा आधुनिक गीतको एल्बम बनाउने तैयारीमा जुटेको छु।

-संगीतलाई तपाईको बिचारमा भन्नुपर्दा?
कबि: संगीत त्यो सञ्जीवनी हो अर्ध-मृतलाई लाई अमृत बन्छ, किनकी संसारको कुनै पनि प्राणी संगीत बाट अछुतो रहन सक्दैन।


-नेपाली संगीत सिर्जना तपाईलाई कस्तो लाग्छ?
कबि: नेपाल प्रकृतीले सजिएको देश हो, जहाँ प्रकृती छ त्यहाँ हृदयको उदगारहरु छङछङ खोला सँगै बगेर आउँछन, त्यो हरियालीसँगै ब्युँतिएर आउँछन, त्यसैले नेपाल सानो मुलुक भएपनि गीत-संगीतको धनी देश हो। संगीत भन्नाले यहाँ शायद बिस्वमै कमी देश होलान नेपालमा झैं थरी-थरीका गीत-संगीत पाईने र गाइने, त्यसैले नेपाली संगीत हाम्रो मुटु हो जसरी नेपाल हाम्री आमा हुन भने।

-संगीतमा कबिराज लाई घोल्दा?
कबि: प्रकृती पेमी र प्रकृतीप्रद गीत-संगीतको अनुयायी प्रकृतीसँगै कबिराज निखारिने छ।

-यस क्षेत्रमा लाग्दा कस्तो रह्यो सहयोग यो क्षेत्रका कलाकार सँग?
कबि: यो क्षेत्रमा लाग्नुभएका सबै अग्रज कलाकारहरुको माया र सहयोग पाएको छु, यो क्षेत्रका मैले चिने जति, मैले ढोका ढकढकाए जति र बाहिर बाटै पनि थुप्रै सहयोग सल्लाह सुझाव पाएको छु, र उहाँहरुको सदा-सदा ॠणी रहने छु।

-नाम लिनै पर्दा?
अब नाम लिनैपर्दा त थुप्रै हुनुहुन्छ, भनि हाल्नुभो तपाईंको प्रस्नलाई स्वीकार्दै भनै पर्दा, गीतकार डी. आर. "अटु", गायिका दिज्यु द्वय पार्बती राई र सत्यकला राई, उहाँहरु मेरो मेन सपोर्टरको रुपमा हुनुहुन्छ। त्यसपछि सल्लाह र सहयोगी थुप्रै हुनुहुन्छ, खगेन्द्र पन्धाक जी, राज राई र लिला राई (सिंगापुर) मेरो दुईटा एल्बमको कभर पृष्ठमा जति हुनुहुन्छ, तपाईंहरुसबैको सदासदा आभरी रहने छु।

-र अन्त्यमा संगीत प्रेमीहरु प्रण गर्छन रे तपाईंले पनि केही त्यस्ता प्रण गर्नु भएको छ?
कबि: म जहिले सम्म रहन्छु नेपाल आमाको काखमा, तबसम्म गाउनेछु, मेरो त्यो अन्तिम घडीमा पनि गाउँदगाउँदै मर्ने छु।

-धन्यबाद कबिजी तपाईंको यो गीत-संगीतको यात्रा सदासदा उच्च रहोस, माता सरस्वतीको साथ रहोस, हाम्रो प्रार्थना तपाईंको यात्राको सदैब ज्योती बनोस।
कबि: धन्यबाद बिजे जी हजुरको माया अनि यि अमुल्य कामनाहरु मेरो जहिले ज्योती बनिरहने छन र हाम्रो मित्रता यसरीनै प्रगाढ रहोस।

3 comments:

Anonymous said...

Thank you BJ sharing for this info, and Congratulation Kabi Raj bhai.

Sabin Rai

डीआर न्यौपाने'सूर्य' said...

बी. जे. जी धेरै पछीको आगमनलाई अभिभादन सहित स्वीकार्नुस !! गायक कविराज संगको कुराकानी पस्कनु भएकोमा धन्यबाद उहाको गायनयात्रा पूर्ण रुपमा सफल होस !

Unknown said...

Surya Jee WElcme bac hai, ani kata haraunu bhayo long time bhayo ni tapaiko anuspathiti, anyway wel come back.....

Blog Widget by LinkWithin