Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

गीत

घरबसि दङ्ग्याउँछौ सकेसम्म भन्न भ्याउँछौ
परदेशीको मुटुजस्तो, घाउ तिमी कहाँ पाउँछौ

ठोक्किरहन्छ दु:ख-पिंडामा बिसाउनी ठाउँ हुन्न
यि सब छोडी तरिजाउँ भने तर्ने कोई नाउ हुन्न
भन न हौ घरबेशी, बुझि-बुझि कति सताउँछौ?
परदेशीको मुटुजस्तो, घाउ तिमी कहाँ पाउँछौ

वरपर शत्रु मिली तिम्रो, कान भर्दै होलान कति
तिम्रोमेरो सम्बन्धमा निलकाँढा छर्दै होलान कति
शत्रुलाई नबुझेर आफैलाई भन कति तताउँछौ?
परदेशीको मुटुजस्तो, घाउ तिमी कहाँ पाउँछौ

Bj "Bidrohee"
गीत सप्रेषित मिती २६ मार्च २०१४-ईजरेल
Blog Widget by LinkWithin