
मेरो हजुरआमाको डाइरीबाट...........!
"घुरुमा घुरु परेवी घुर्यो बार्दली कौसीमा,
९० है सालमा भुँईचालो गयो सोमबारे औंसीमा"
यो सानो टुक्रा हाम्रा बाजेबराजुले जुहारी गीत गाउँदा कहिलेकाहीं प्रयोग गरेको सुन्थे,हाम्रा पुर्खाहरुले सम्झेको क्षण ९० सालको भुँईचालो अनि त्यो सोमबारे औंसी बुढापाकाहरु सम्झिरहन्छन, शायद त्यो डर लाग्दो नै थियो र दुखदायी पनि त्यसैले सम्झिरहन्छन। त्यस्तै २०४५ सालमा पनि भएको थियो। तर पनि मान्छेहरु बाँचे अनी हाम्रा पुर्खाहरु बाँचे,यो जुहारीमा शान्तीको दुत परेवीको बयान र उनको संकेत र उनको संकेत घर बार्दली कौसीको बयान छ। अचेल परेवीहरु, ति शान्तीका दुतहरु सितन भुटन भएरै होला शायद त्यो कौसी शुन्य रहन्छ, अनि त्यहाँ न परेवी घुर्छ न सोमबारे औसी नै पर्खिनु पर्छ, यहाँ हरेक क्षण हरेक घडी भुँईचालोले क्षतिग्रस्त अनी मानव समबेदनाको यहाँ केहि चासो छैन। शान्तीकी दुत परेवी त घुर्न आउनै छोडिन त्यस्तै सोमबारे औंसी पनि हामी बाट हरायो। अब त केवल औंसी बिहिन नियम बिनाका कालरात्रीले यहाँ हरेक समय लुटिरहेको अवस्था छ यहाँ। हेरकको खप्परमा कालको त्रीशुल घुमिरहेको छ। अशान्तीको सन्देश दिने काला काला कागहरु गिद्वहरु घुमिरहेका छन। मानिस नै महिसासुर बनेर मानिसलाई झम्टी रहेको अवस्था हो यो। म सानो छँदा आमा सँग बिहानी सबेरै पानी भर्न पधेरो जाँदा बिहानी प्रहर ताराहरु धर्ती चुम्न झिलिलि गर्दै भुँईसम्म आइपुग्थे, आमाले भन्नु हुन्थ्यो नानी हेर तिमीलाई हेर्न तारा पनि तिम्रो नजिक आउन खोज्दैछ, तिमीलाई धेरै काम गरेको देखेर तारा खुशी भएर तिम्रै नजिक स्याबासी दिन आउँदैछन भनेर भन्नु हुन्थ्यो, बिहानीको भालेको डाक पाछिको क्षण कति रमाइलो, रहन्थ्यो, मिर्मिरे उज्यालो सँगैको त्यो क्षणहरु, अचेल यसरी मिर्मिरेमा काम गर्नु जानु भनेको सिधै घाईंते बाघको मुखमा जानु, अनी ति पहिलेका आमा सँगै पानीपधेरी गर्दा झिलिलि गर्ने ताराहरु हराईसके, त्यतिबेला आकाश बाट खस्थे झिलिलिलि,,,,, अहिले धर्तीबाट आकशतिर झिलिलिलि,,, कस्तो बिडम्बना नयाँ युगको नयाँ तमासा,,,,,,।मलाई मेरी हजुरआमाले सधैं भन्नु हुन्थ्यो उहिलेका कुराहरु, उखानहरु टुक्काहरु, बिभिन्न दैत्यका कथाहरु,,,, दैत्यले देवतालाई दुख दिएको यस्तै कथाहरु भनिरहनु हुन्थ्यो,,, म सुनीरहन्थे,,, एउटा कुरा पनि भन्नु हुन्थ्यो सुनेको कुरा त भोग्नु पर्छ रे भनेर अहिले साँच्चीकै दाह्रा बिहिन दैंत्यहरु वरिपरि घुम्दा होकी जस्तो पनि लाग्छ। म conservative mind को पिछा गर्ने खालको त हैन तरै पनि यस्ताकुरालाई नियाल्ने गर्छु, कतै त्यहिं रुढीबाद भित्र पनि केहि समेटिएका पो छनकी, कतै केहि सत्यता पो लुकेको छ कि भनेर। त्यहि पुराना युगको को भनौ हाम्रा बाजे बराजुको पालाको कुरालाई नियाल्दैछु र भिन्नता छुट्ट्याउन खोज्दैछु, कति फरक छ त उहिले र अहिलेमा? हाम्रा बाजेबराजुहरु १४-१५ दिन लागाएर नेपाल शहर [काठमाडौ] पुग्थे रे। बाटोमा हिंड्दा बाघ भालुको बाहेक केही चिन्ता हुन्नथ्यो रे, बाटोभरि बडो रमाईलो गर्दै जान्थे रे,कोई भेट्यो भने साथी भाई भैहाल्थे रे,त्यति बेला सवारी साधन नभएर पनि यसरी जिबन यापन रमाइलो गरेर बिताएका थिए रे, अहिले हामिलाई उड्ने गुड्ने मान्चेह् भन्दा हजारौ, लाखौं गुना छिटो हिड्ने र उड्ने भएर पनि हामी त्यहिं उहिलेको अवस्था मा भन्दा पनि दुखदायी अवस्थामा छौं, किन? कसबाट? कसरी? यो प्रस्नको समाधान कहिले हुनवाला छैन।घर देखी राजधानी बिशेष काममा हिंड्यौ भने छिटो पुग्न बसमा चढेर जानु पर्ने हुन्छ। हामी गरीब निम्छरो, र न्युन आय भएको ब्यक्तीले हवाईजहाज चढ्न त के छेऊमा गएर उभिदा पनि हामीलाई आतंककारीको उपनाम लाग्छ। हुनेखानेहरुलाई त त्यो अवस्था कहिले आउँदैन, किनकी चक्काजाम भएनी एम्बुलेन्स छँदैछ, गरीब बिरामी परेर लाने टाँगा रोकिन्छ तर ठुलाठालुलाई स्वस्थ्य नै भएर पनि एम्बुलेन्सको दुरुपयोग गरिन्छ। यहाँ घुन झैं पिसिने को रहेछन त? अब रह्यो उहिले १४-१५ दिन लाग्ने राजधानीको यात्रा अहिले पनि हुरुरुरुरुरुर् कुदने बसमा त्यतिनै दिन लाग्दैछ। अलि पर गयो कसैको गाईभैसी ले बाली खायो चक्काजाम, हुनेखानेको कुकुर किचेर मर्यो चक्काजाम कुन चाहिं नेतालाई कुर्सी मिलेन चक्काजाम, तोडफोड आगजनी अब उहिले बाघ भालु सँग डराउँथे भने अहिले मान्छेले मान्छेलाई डराउनु पर्ने। यहिं चक्काजाम फस्दा फस्दै काठमाडौ पुगिने होकि माथीनै पुगिने हो, केहि थाहा हुन्न, काठमाडौ भन्दा माथी पुगिने प्रबल सम्भावना धेरै रहन्छ, राजधानी यात्रामा। आज भन्दा डेढ बर्ष अघी होला २००८ नोवेम्बर ३-४ तारिख तिर राजधानी लागें बिच बाटोमा झण्डै १२-१५ वटा भन्दा धेरै पार्टीको बन्द आह्वान लाई समेट्दै जानु पर्यो। त्यति बिचमा कति बसहरु जले यात्रीका सबै दुख गरि कमाएर ल्याएको सबै सम्पत्ती स्वाहा, बिदेश बाट आउँदै गरेका लगेजहरुको धुवाँले आकाशनै छुईरहेको थियो, जंगल बिचमा लगाइएको लाम बसहरु लुट्नेकाम अनि सबै कुराहरु भैरहेको पनि त्यति नै बेला थाहा पाईयो। अर्काको दुखको धन सोहरेर टन्न बन्दुक भिरेर लुट्न पल्केका साँढेहरु पनि देखियो, तर सबैमा मौनता थियो, अपहरित कैदी झैं त्यो जंगलहरुमा भोकै झण्डै ७ दिन पछि काठमाडौ पुगेको त्यो क्षण कहिलेपनि भुल्दिन। मान्छे बिग्रे पछि, कुबिचारले जरा गाडेपछि त्यो साँच्चीकै कुहिएको भन्दा नि अझै खत्तमनै हुँदोरहेछ, न उ सँग दयाको सिमा रहन्छ, न उसमा मानवताको खोलनै, केवल अहंकार अनी उसमा मृत्युको सवार। यसमा कसलाई दोषी ठान्ने? सबै मान्छे नै छौ? त्यो पनि सबै नेपालीनै छौं,अब हामीले नै आफ्नो कर्तब्य बुझ्दैनौ भने त कसलाई दोष् दिनु र, कसलाई यहाँ गुहार्नु र? यहाँ मान्छेले मान्छेलाई झम्टिंदा, मान्छेले मान्छेलाई पहरा दिनुपर्ने कस्तो बिडम्बना? उहिलेकोका हाम्रा पुर्वजहरु मिलेर बस्थे रे, ८४ ब्यञ्जनको भोज लाग्थ्यो रे त्यतिबेला एकार्कामा भेट हुँदा, मादल, सारङ्गी, बिनायो, मुर्चुङ्गा बज्थे रे, बन जंगलमा बासुरी को धुनमा मयुर नाच्थे रे, घाँसदाउरा गर्दानि भोक तिर्खै बिर्सिने जुहारी पर्थ्यो रे हाम्रा हजुरबा हजुरआमाहरुको, अहिले त जंगलमा घाँस दाउरा त मेरी बास्सै यमराजको दरबारमा सिधै छिर्नु जस्तो भा छ। बन जंगल घास दाउरा लिन जाने वल्लाघरे पल्लाघरे दाई दिदीहरु आमाहरु बुबाहरु बिद्रोही कि आतंककारी भएका छन घाँसको भारी दाउराको भारी बोक्दा बोक्दै आफ्नो अमुल्य जिन्दगीलाई बन्दुकको निशानी बनाएका छन, युगौं नमेटिने कस्तो रोग लागेको हो, यसको उपचार कैयौं आमाबुबा दाजुभाई अनी दिदीबहिनीहरुले आफ्नो जिबनको बली चढाउँदा पनि निको नहुने, बिहान बेलुका बनीबुतो गरेर जिबन यापन गर्ने दिदीबहिनीहरुले सोझा निमुखा जनताले खोला का खोला रगत बगाउँदा सम्म कहिल्यै जाती नहुने घाउ नेपाललाई लागेको छ। यहाँ हामीले देउता भनेर पुजिने देवताहरुले नै हाम्रो आस्थाको बलत्कार गरेका छन। जनताले दिएको देश प्रतीको योगदानको कदर बिर्सी आफ्नो दुनोको लागी अरु शहिद बनाउन जुटेका जुटै छन। मलाई एकजना कबियत्रीको सुलोचना मानन्धर धिताल याद आयो
युद्व छ
त्यसैले अनिकाल छ
अनिकालमा मान्छे पनि बेचिन्छ रे
मान्छेनै बाँकी नरहेपछि
युद्व स्वयं बेचिन्छ कि?
त्यसैले,,,,,
अमान्छे हो,
युद्वलाई बाँकी राख
मान्छे जातीको नै मृत्यु भएपछि
बेचेर खान काम लाग्छ!
म पनि कबियत्रीलाई समर्थन जनाउन चाहन्छु, सही कुरो जहाँ युद्व छ अबस्य त्यहाँ के हुदैन,,,,,,,? अबस्य सबै आपतकालिन अवस्थाका भलपहिरो उर्लिरहन्छ। जब सम्म मानवमा मानवताको पहिचान हुदैन, जब सम्म मान्छेले आफ्नो महत्व आफुले बुझ्दैन तब सम्म सबै कुरा रहिरहन्छ एउटा बिनाश भएर।
अस्तु!
[मेरी हजुरआमाले भर्नु भएको मेरो खोपडीको डाईरीमा यति अटेछन, लेखी हालें यदी गल्ती भएमा माफ गर्नुहोला।]