कबिता

जिउँदो अवशान !

धेरै महँगो रह्यो मेरो ईच्छा र सपनाहरु,
जो मेरो इच्छालाई एउटा कात्रोले टाल्न सक्दिन।
म इच्छा गर्छु, सपना देख्छु, अनि डुब्छु कल्पनामा
मेरो अथक प्रयास सबै साँगर बिच
थोप्लिएको आँशु झैं बिलिन भएर जान्छ।
म मेरो ईच्छाको लागी न कसैलाई चिथोर्न सक्छु,
न म मेरो सपनाको लागी कसैलाई गुहार्न नै,
म आफ्नो बाटो बिर्सिएर कहिं कतै
चौबाटोमा अलपत्रीएको एउटा यात्री,
ईच्छा नै ईच्छा अनि सपना भित्र हराएको
कालो कुहिरोभित्र काग झैं रुमल्लिएको,
नदीमा बाढी आउँदा, धमिलिएको पानी भित्र
बिचलित त्यो माछा झै, हुरीको लहराभित्र
हराएको चरी झैं, म आफ्नै ईच्छाको चिहानमा
पुरिएको एउटा जिउँदो अवशान हुँ।
म आशा बाट टाढिएको र
प्रतिक्षाको घडी नभएको स्वास हुँ।

No comments:

Blog Widget by LinkWithin