गिती कबिता


आफैलाई कहाँ लगेर बगाउँ?

म तिम्रो नजरबाट फ्याँकिएको मान्छे हुँ,
म आफैलाई खोज्न कहाँ जाउँ।
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मान्छे हुँ अरु जस्तै गल्ति त हुँदोरैछ,
आफ्नैले पराई ठानी फ्याँकेपछि मन धेरै रुँदोरैछ।
बाटो पनि बन्द भयो उनीसम्म पुग्ने मेरो,
सम्झना भने सधै रह्यो उनकै सेरोफेरो।
टुक्रेको मुटु लिई अब म कता जाउँ?
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मलाई छोडी उनी सुखी बनी हाँस्छिन भने
स्वीकार्य छ, जहाँ जाउन खुशीसँग बाँच्छिन भने,
म नै जिउँला बेदनाको सबै पोका पारी,
भिरि दिउँला जुनीभरी दुखका सबै भारी।
आँशु लिएर जाँदैछहु खुशी बनी तिमी रमाउ
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

2 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

राम्रो रहेको छ बि. जे . बान्तवा जी ! तपाइँ माया का भावहरु निकै कोर्ने गर्नु हुन्छ तर अलिक सकारात्मक कुराहरुलाई पनि स्थान दिनुस न - अझ राम्रो हुन्थ्यो कि !

pralad said...

nikai ramro po raicha

Blog Widget by LinkWithin