गजल

उनले दिएको फूलसँगै रोएँ.....

म त कहिले उनले दिएको फूलसँगै रोएँ।
धोका दिन्न भनि उनले बाँध्या पुलसँगै रोएँ।

पाउनु मात्र हैन हराउनु नि माया भन्थे
हराउँदा जमेको आँशुको सबै मुलसँगै रोएँ।

साँचो प्रेम कहिल्यै बिछोड हुन्न भन्थे
बिछोडिएर तडपिरहेको सबै हुल सँगै रोएँ।

हरेक दुखाईको एउटै मल्हम माया हुन्छ भन्थे
त्यहीं मायाले मुटुमा हानेको सबै शुल सँगै रोएँ।

माया-प्रेममा मान्छे अन्धोयात्री हुन्छ भन्थे
अन्योलमा परि जिन्दगीमा गरेको भुल् सँगै रोएँ।

3 comments:

Ashesh said...

मीठो गजल । मनछोयो सिधै ।
शव्दसम्योजन नि मनपर्यो । भावपक्ष नि उत्कृष्ट!!

डीआर न्यौपाने'सूर्य' said...

अति नै मिठो सरल भाषामा सजिएको gajal पस्कनु भयो b.j g. thank u
wishing u merry cristmas and happy new year 2010..

दूर्जेय चेतना said...

राम्रो र मन छुनै नै रहेछ गजल। उत्कृष्ट भाव!!!

Blog Widget by LinkWithin