कबिता


आउने छु फर्केर,,,,

कहाँ हुँदो रैछ दुखियाको सोंचे जस्तो जिबन,
ॠणपान गरी परदेशलागें भुलाउन यो मन,
कमाउन नसक्दा हरेक बोझले किचिन्छ झन,
घर सम्झ्यो प्रदेश हेर्‍यो जलिरहन्छ यो तन।
आउँछ होला याद मेरो एक्लै लेकबेंशी धाउँदा,
साथीभाई जोरीपारी मारुनी-झ्याउरे गित गाउँदा,
परदेश देखी कुम्लो बोकी छरछिमेकी घर आउँदा
मलाई सम्झी रुन्छौ होला सबैमा खुशीमा छाउँदा,
नरुनु प्यारी तिमी कहिल्यैपनि सम्झनामा चर्केर,
न मरी बाँचे कालै ले साँचे, आउनेछु फर्केर।

3 comments:

Smirti Kerung said...

euta pardeshi ko sahi byathalai utarnu bhaeko ma dherai dherai dhannebad Bj g, samayko lahar sagai laharirahos tapaiko sabai ti bhawanaharu.

डीआर न्यौपाने'सूर्य' said...

परदेशमा विचरण गरेको मनले प्रस्फुटन गरेको मिलनको भाव अति नै मर्मस्पर्सी भएर आएको छ ।
प्रस्तुतिको लागि धन्यबाद !

दूर्जेय चेतना said...

सुन्दर प्रस्तुतीको लागि धन्यबाद। मर्मस्पर्सी भाव!!

Blog Widget by LinkWithin