कबिता

असलसाथी,,,,,,,!

जब म पिंडा सहन नसकी,
बलिन्द्र आँशुसँग रुन्थे
तिमी मेरो छेऊमा बसी
सबै आँशु पुछि दिन्थ्यौ।
मेरो आत्माबाट बाँच्ने रहरहरु
एकाएक बिस्थापित हुँदा तिमी
जोश,जाँगर अनि सहयोगले भरी दिन्थ्यौ।
मैले गरेको हजार गल्तीहरुलाई
सधैं माफ गरी रह्यौ।
मैले तिमीलाई चोटहरु असह्य दिएपनि
तिमीले हाँसी हाँसी सहिरह्यौ।
तर मैले तिम्रो अमुल्य भावना कहिल्यै
बुझ्ने प्रयास गरिन र सकिन।
तिमी रुँदा तिम्रो आँशु
कहिल्यै पुछ्न सकिन।
तिम्रो मात्र एउटा दु:ख
बाँड्न कहिल्यै सकिन।
म कति मुर्ख र स्वार्थी रहेछु।
तिमीले मलाई एउटा असल साथी
बनाउन खोजी रह्यौ तर,,,,
म, म कहिल्यै बन्न सकिन।
म सधैं तिमीलाई केवल तिम्रो
मन दुखाई रहें मेरो तिखो खञ्जर रुपी
शब्दहरु प्रयोग गरेर,
रातमा कराउने उल्लुको जस्तो
रुखो स्वर गरेर।
आज म तिम्रो त्यो असल
मित्रताको रापले तड्पाई
हिंजोको त्यो तिम्रो स्वार्थहिन
मित्रताले जलाई राखेको छ।
म आज यहाँ निरिह बनेको छु
नितान्त एक्लो तिमी बिनाको
पल अनि यहा लाखौं पराईको
माझमा केवल एक्लो,
मलाई माफ गरिदेऊ
मेरो गर्नै नमिल्ने भुलहरुप्रति,
आज फेरी म तिमीलाई
मेरो त्यो बिगत माग्दैछु।
कृपया! मलाई हिंजोको मेरो
असलसाथी फेरी फिर्ता देऊ।
म अन्तिम सास र जति जन्म लिन्छु
त्यो असल साथी निर्बाह गर्ने प्रण सँगै
एउटा भिख फेरी माग्दैछु,
कृपया मलाई हिंजोको
साथीत्व फेरी फिर्ता देऊ,
कृपया! "असलसाथी"

2 comments:

आशा said...

असल साथीको तड्पाइमा सुन्दर कविता बनेको छ , हुन त गएको कुरा शायदऐ सायदै फर्केर आउन सक्लान् तर मेरो कामना तपाइको चाहना पुरा होस् ...

Sumitra said...

bj ji, aaja dherai lamo samaya pachhi tapaiko yo blogko aaganma aaipuge dherai nai phool fuli sake chhan khusi lagyo, yasari nai fuli rahos,, badhai tatha subhakamana.

Sumitra "ashrudhara"
HK.

Blog Widget by LinkWithin