कबिता

परिबर्तन

गाउँमा हुँदा चौबन्दी चोली र सारी लाउने
मेरी लजालु अनिता, आजकल आजकल
त्यो बहुरंगी शहर पसी हिप-हफ भाकि छे।
हिंजो सम्म, छोटो पहिरन पहिरिनेलाई
देख्न नसकी नकच्चरी! भनेर पुकार्थी,
आज मेरी अन्ते, ब्युटी स्टार भाकि छे।
हिंजोसम्म मलाई हेरी"दाजु हजुर" भन्थी
आजकल त स्वरै खतरा "आँच ब्रो" रे
अहिले भेट्दा छक्कै परें, अमेरिकननी भाकि रैछे।
दोहोरी, झ्याउरे,मारुनी,चण्डी, देउडामा रम्थी
आजकल त सल्सा, डिस्को, ईलेक्ट्रीक र कोकोजम्बो,
खै के भन्ने, मेडोना, सकिरा भाकि छे।
मत अझै त्यहीँ पुरानो बिचारमा पो रैछु,
मेरी अन्ते, शहर पसी सबै कुरा गरी सकी
म हिंजोलाई सम्हाल्दैछु,ऊ चाँही परिबर्तन भाकि छे।

1 comment:

Unknown said...

वाह!! बी.जे.जी गज्जब लेख्नु भयो !

Blog Widget by LinkWithin