नारी तिमी,,,,,,,,,,,,,,! 
नारी तिमी त हौ एउटा सुन्दर बिहानी,
अनन्त कथाभित्र समेटिने एउटा कहानी,
जिबन र मृत्युसँग जोडिएको एउटा जिबनी,
तिमी त छौ महान सर्बत्र सारा जहाँनी।
तिमी बिना कति पागल हुन्छन यहाँ,
नगन्य मुटुहरु घायल हुन्छन यहाँ,
सकुन नसकुन अफैलाई बिर्सिएर तिम्रो निम्ती 
आकश धर्ती  छुने पनि हुन्छन यहाँ।
बहुरुपी तिमी अपार छन लिला,
नारी तिमीले टेक्दै, धर्ती मलिला।
कहिले तिमी नौनी जस्तो, कहिले हुन्छौ शिला,
त्यसैले जगतमा तिमी नै छौ पाईला पाईला।
हजारौं पिंडा पनि पत्थर बनि सहिदिन्छौ,
फेरी कसैको दु:ख-सुख आँशु बनी बगि दिन्छौ।
सबै चीजको मल्हम पट्टी तिमी नै त हौ,
जहाँ जहाँ तिमी छौ, महान बनि दिन्छौ।
रामायण, बाईबल, कुरान तिमी सँगै समेटिएका
कहाँ छ त्यो कहानी जहाँ नारी नभेटिएको,
घरको शोभा मात्र नभै सृष्टी चलाउने नारी,
घायल हुन तयार हुन्छौ दुनियाँको दु:ख तारी।
छोरी, बुहारी, आमा, सबै तिमी एउटी नारी
महानता को सिमा हुन्न जहाँ हुन्छ नारी
ममताको पोको भित्र बाँधेर राख्ने सबैलाई
जन्म दिई महान बनाउने उनै आमा नारी।



.png) 







 
 
 
 

 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 


 
No comments:
Post a Comment