गद्य कविता

तिम्रो मन महासागर हो,
सदा माछा भै आउनेलाई बास दिनु
अनि आहारा दिनु तिम्रो धर्म।
तिम्रो हृदय मन्दिर हो,
आशा बोकी आउने भक्तहरुलाई
उमंग र उत्साह दिनु तिम्रो धर्म।
तिम्रो बोली सञ्जीवनी हो,
आफन्तकै दुनियाँबट टाढिएका
जिउँदोलाशलाई ब्युँताउनु तिम्रो धर्म।

त्यसैले तिमीलाई म भन्छु
तिमी त्यो दोषी हैनौ,
ह्रिदयमा बास दिनेहरु सदा कोमल रहन्छन।
त्यसैले म तिमीलाई भन्छु।
तिमी लुटिनु तिम्रो गल्ती हैन,
लुटिनेहरु सदा धर्ती झैं खुला रहन्छन।
त्यसैले म भनिरहन्छु
जिउँदो लाश ब्युँताउनेहरु
साबित्री झै सदा सदा पबित्र रहन्छन।

तिमीले जती पनि निभाएका छौ,
त्यो भुमिका निभाउन कसैले सक्दैन
तिम्रा जतिपनि पाईलाको गलत
अर्थ लगाउने ब्यक्ती ऊ शायद गलत छ।
तिमी त केवल सहारा दिंदा दिँदा सहारा रित्तिएको,
खुशी बाँडदा बाँडदा आफनै खुशी नै सिद्धिएको,
त्यो दानी अनि अरुले पाउनु पर्ने चोट आफैले खप्दा-२
चोटै चोटले सजिएको घाँईते सिपाही
जसको मल्हम पट्टी सम्म बाँध्न नसक्ने
यो स्वार्थी दुनियाँ।
उनीहरुको पाप तिमी मा थोपरेर
पुन्य कमाउने यो दुनियाँको निम्ती
आज तिमी आफ्नो अडिग निर्णय लिनु।

तिमीले दिएको उपहारहरु कसैले नदेखुन,
तिमीले दिएको ममता कसैले नबुझुन,
तर ति तिम्रा बलिदानहरु बुझिने छ।
तिमी आज निरिह भएर जहाँ उभिएका छौ।
तिमी आज बेसहारा सम्झिएर निराशिएका छौ।
तिम्रा आशाका महलहरु पनि शायद जलिसकेको हुनु पर्छ।
तिम्रा बलिदानले दिएका चोटहरु।
स्वार्थी दुनियाँले निकालेका खोटहरु
कुल्चिएर अघि बढ तिम्रै निम्ती गन्तब्य
उभिएको छ ह्रिदयभरी मायानै माया सजाएर।
तिम्रो हरेक पलको अमर गाथा कोर्न।
तिम्रो रित्तिएको शिउँदो भर्न,
अनि तिमी सँग, संगै जिउन अनि सँगै मर्न,
मात्र एकजनम नभएर सयौं जनम
जति जनम तिमी लिन्छौ त्यती नै जनम
तिम्रो सहयात्री बनेर तिम्रो गन्तब्य उभिएको छ।

अब कुल्चिएर हिंड, सबै दोषहरु
तोडेर हिंड सम्पुर्ण तिमीलाई छेक्ने पर्खालहरु।
गन्तब्य तिम्रो पर्खाइमा आफ्नो हात फिजाएर
न्यानो अँगालोमा बाँध्न पर्खी रहेछ।
तिमीले जति भोग्यौ सबै त्यो तितो भोगाईलाई
आजै समाप्त गरिदेऊ, आजै टाढा फ्याँकीदेऊ,
तिम्रो जिबनमा फेरी फेरी खञ्जर भएर नआवोस।
त्यो तिम्रो तितो अतित कहिल्यै नदोहोरियोस
तिमी आफ्नो खुशीको गगनमा उड्ने त्यो चरी बन्नु
तिमीलाई शुभकामना! तिम्रो निम्ती
इस्वरसँग लाख लाख
बन्दना।

4 comments:

friendlyniraj said...

कसैले कसैलाइ प्रेम माग्न नपरोस् । यही शुभकामना ।

Anonymous said...

Vawanako bhandar chha jun naripratiko shubhakamana tapaimaa bije g.

Anisma
UK.

Pratima Chamling said...

Duniya ma je chha aama ko maayaa bhanda sacho ani pabitra maaya hunna bi je g ani "AAMA" sabda sanga kati bisauni hun6n jindagima, tyasko barna nai 6aina,

Thank you Bj g, malai dherai khusi lagyo AMA pratiko shradha dekhi

God bless you

दूर्जेय चेतना said...

सुन्दर प्रम पुकार। राम्रा शब्दजाल र निकै मार्मिक लाग्यो यो कविता।

Blog Widget by LinkWithin