कबिता
"महसुस"
आज म तिम्रो नजर बाट टाढा छु,
तिम्रो मुस्कानबाट बञ्चित छु।
तिम्रो आदर अनि सदभावबाट टाढा,
तर जति म टाढा छु तिम्रै समिपमा छु।
मलाई महसुस गरेर हेर,
मलाई आँखा चिम्लेर हेर
तिम्रा हरेक कार्यहरुमा म त्यहाँ
रहनेछु।
सधैं सधैं एउटा छाँया बनेर
तिम्रै हृदयमा धड्कीरहने मिठो
माया बनेर।
होलान कति भुलिएका गाँस्नलाई
बाँकी, होलान कती निरासिएका
समर्पण अनि बिस्वास टाँस्नलाई
बाँकी, ति बिस्वासहरु ति समर्पणहरु
जिउँदै छन हाम्रा अझै थोरै छन
परिधीहरु, अनि बिस्मातहरु पोख्नलाई
बाँकी, सबैलाई एकै मुस्ठ पारीरहेछु
परिधीको पर्दाभित्र बसी-बसी
ल्याउनेछु एकदिन प्रीय सबैलाई
पाता कसी-कसी।
म बुझ्छु तिम्रो पिंडा टाढा हुनुको।
म बुझ्छु तिम्रो पिंडा टाढा हुनुको।
हृदयमा नै दुख्छ रे
अनि बर्षाद भएर खस्छ रे
शायद यो महसुस तिमीले पनि गरेकी हौली
प्रिय, म अनि मेरा पल सँगै
म टाढा हुँदा सोंच्दी हौली
यहाँ मुल्य छैन मैले रुनुको।
तिम्रो आँशुको थोपाहरु म गन्न त सक्दिन
तर म महसुस गर्छु पिंडा के हो
टाढा हुनुको।
Subscribe to:
Post Comments (Atom)
10 comments:
मायाको नमिठो 'महशुस' लाई प्रस्तुत गर्नुभएको रहेछ । क्या गजब छ ।
मिठो अनि राम्रो कविता ।
मयालु कवितामा टाढा हुनुको संबेगलाई मार्मिक अनि सरल रुपमा महसुश गर्नुभएको छ b. j .jee । आशा गर्छु मिलनको महशुसलाई पनि छिटै पढन पाइने छ ।
बि जे जी साँचै महसुस गरेरै रचना गर्नुभएको यो कबिता मलाई मिठो लाग्यो ।
यस्तै मन छुने कबिताहरु पढ्न पाइयौस आउँदा दिनहरुमा पनि प्रगतिको शुभकामना...
जिन्दगीको ज्वारभाटा नचलेकै राम्रो।
आकाश धर्ती भयो मायाप्रिती हाम्रो।
हेर्नेहरु हाँसी दिन्छन मलाई यहाँ देखी
लंगडो भो यो जिबन टाढा भै बस्दा
आज ठोकी आउँदै छु त्य्हीँ खुट्टामा काम्रो।
तपाईको यो कबितालाई एउटा शेर है बि जे जी
ब्रो धेरै नै राम्रो लाग्यो कोशिस गर्नु होला अझै मेरो धेरै धेरै शुभकामना।
UR bro RB "Ramu"
Bro,
Nice poem I like it Congratulations.
ओहो बिजे जी म जहिले पनि ढिला हुन्छु शायद मेरि आमाले वा मेरा बुबाले पुछारै पुछार खाएर होला खैर लामो अन्तराल पछि फेरी आईपुगें अँ कबिता निकै मजाको लेख्नु भएचह् लहै बधाइ च है तपाईलाई।
राम्रो लाग्यो मलाई। जीबनमा माया भन्नेकुरै यस्तो। जे होस मनबाटै महसुश गरेर लेखेको पाए।
सम्पुर्ण मेरा ब्लगर मित्रहरुमा हृदय देखीनै धन्यबाद जो मेरो ब्लगमा आएर आफ्नो अमुल्य समय दिनुभयो अनि अमुल्य सुझावहरु छोड्नु भयो त्यसको लागे म आभरी छु र प्रतिमा जी तपाइको मुक्तक रार्मो छ अय्दी तपाईँसँग अरु कबित मुक्तक छन भने भोजपुरे ब्लगलाई सम्झनु होला।
अन्त्यमा सम्पुर्ण मेरा मित्रहरुमा हार्दिक हर्दिक शुभकामना सहित धन्यबाद।
Post a Comment