मृत्यु प्यारो,,,,,,,,,!
आवत-जावत आफन्तको खुसी धुमधाम हुँदा
रङ्गिन ध्वजा जग्गेमण्डप स्वयंबरको काम हुँदा।
तिम्रो घरमा पञ्चेबाजा ठोक्दै आउँछन होला
मेरो घरमा दुईचार जना मलामीको लाम हुँदा।
साँवा ब्याज जिन्दगीमा सम्झनाको अन्तिम चिनो
तिम्रो हातमा धागो सँगै बेरिएको खाम हुँदा
शायद म त सपनीमा नी आउन छोड्छु होला
कोल्टे फेर्दा सधैं तिम्रो अँगालोमा राम हुँदा।
हाँस्छौ होला, नाँच्छौहोला साह्रै खुशी हुन्छौ होला
बाहिर पट्टि लेखिएको म दु:खीको नाम हुँदा
मृत्यु प्यारो हुन्छ प्रिय छटपटिमा जिउँनु भन्दा
कलिलो यो मन भरि बदनामीको डाम हुँदा
आवत-जावत आफन्तको खुसी धुमधाम हुँदा
रङ्गिन ध्वजा जग्गेमण्डप स्वयंबरको काम हुँदा।
तिम्रो घरमा पञ्चेबाजा ठोक्दै आउँछन होला
मेरो घरमा दुईचार जना मलामीको लाम हुँदा।
साँवा ब्याज जिन्दगीमा सम्झनाको अन्तिम चिनो
तिम्रो हातमा धागो सँगै बेरिएको खाम हुँदा
शायद म त सपनीमा नी आउन छोड्छु होला
कोल्टे फेर्दा सधैं तिम्रो अँगालोमा राम हुँदा।
हाँस्छौ होला, नाँच्छौहोला साह्रै खुशी हुन्छौ होला
बाहिर पट्टि लेखिएको म दु:खीको नाम हुँदा
मृत्यु प्यारो हुन्छ प्रिय छटपटिमा जिउँनु भन्दा
कलिलो यो मन भरि बदनामीको डाम हुँदा
17 comments:
वाह ! गज्जब छ ।
मार्मिक तर वजनदार !!
तिम्रो घरमा पञ्चेबाजा ठोक्दै आउँछन होला
मेरो घरमा दुईचार जना मलामीको लाम हुँदा।
तारीफ योग्य रहेको छ - बी जे जी | दिलीप जी ले भन्नु भए झै मार्मिक तर - स्वादको गजल |
"मृत्यु प्यारो हुन्छ प्रिय छटपटिमा जिउँनु भन्दा
कलिलो यो मन भरि बदनामीको डाम हुँदा "
वाह! वाह !! बि.जे.जी क्या गजल छ ।
मायालुको पिडामा कोरिएको यो गजलले मन छोयो मेरो पनि b.j. जी तर निराशालाई आशामा डोरयाउन भने छोडनु हुदैन है ।
तानी चका नानी नानी चका तानी इकु,इकु, गजल ले मलाई सम्पुर्ण चीज एकै गरायो, मेरो भोक हरायो मेरो निन्द्रा नै हरायो भन्नै पर्दा मलाई पनि त्यहिं पापिनीको याद आयो के गर्ने बि ज्यु।
Indeed a nice gazal. loved it.
वाह बी. जे. जी,
सावाँ ब्याज जिन्दगीमा सम्झनाको अन्तिम चिनो,
तिम्रो हातमा धागो संगै बेरिएको खाम हुदा !
अत्यन्त सुन्दर! साह्रै मार्मिक भाव पोख्नु भयो गज़लमा,
उत्कृष्ट छन हरेक सेरहरु!
मेरो ब्लगमा आएर शोभा बढाउनु हुने मेर सम्पुर्ण सहयात्री साथीहरु दिलिप जी, बेदनाथ जी, सुजन जी, सिकारु जी, लिङ्कुपिटाङ[शाम] जी, दीपेन्द्र जी एबं कृष्णपक्ष जी र सम्पुर्ण यो ब्लगमा छिर्ने मेरा चिरपरिचित मित्रहरुमा मुरी मुरी धन्यबादका साथै आफ्नो अमुल्य कमेन्टको लागी बेहदै खुशी भएको छु। फेरी फेरी पनि यसो छिर्दै गर्नु होला।
वा बिजे जी, क्या मस्त छ प्रत्येक शेर भित्र दम छ यार लहै बधाई छ, म अलि ढिलो आइपुगें है यस्तै नेपालीको समय हैन त।
साह्रै राम्रो गजल रहेछ साथी
nice one.. i liked it
वाह ! निकै राम्रो छ भाब
{हाँस्छौ होला, नाँच्छौहोला साह्रै खुशी हुन्छौ होला
बाहिर पट्टि लेखिएको म दु:खीको नाम हुँदा }
wah bj g pratyek sher haru kasto dherai damdaar chhan malaai pani kehi lekhna man laagyo ok ajhai pragati garnu hola hai.
फेरी मेरा सम्पुर्ण ब्लगर साथी एबं शुभचिन्तकहरुमा धन्यबाद तपाईंहरुको साथनै मेरो एउटा शाहस हो। धन्यबाद तपाईँहरुको अ्उल्य समयको लागी।
बि जे जी, धेरै भएको थियो । तपाईंको घर नआएको । कती राम्रो गजल राख्नु भएको रहेछ ।
गोकुल जी यस्तै कहिलेकाहीं चाँहदाचाहदै पनि समय दिन सकिन्न त्यस्तै हो अब मेरो ब्लगको लागी पनि यसो समय दिनुभएकोमा धेरै धेरै धन्यबाद, आउँदै गर्नुहोला।
sathi maile timro gajal padeko thiya mero jastai sochai rahechha tyahi bhayer aaj timro timilai mail gardai chhu taysaile malai biswash chhaki timi ma sanga sathi banchhau bhaner
Nabin KC
Qatar
cell no: 009746579970
Post a Comment