छोटो लेख


पस्चात्ताप !
आज उनीलाई केही महसुस भए जस्तो लाग्यो। केही अंग शरिरमा नभए झैं अनि केही शुन्य अनि स्तब्ध श्मशान परिबेश हिंजो सम्म एउटा सानो रेडियोले डिस्टर्ब गर्ने सरिना आज त्यो रेडियो नबज्दाको क्षण कता कता शुन्य लाग्दै थियो। उनको घरमा डेरा लिएर बस्ने बिजयदाई उनको घर छोडी आफ्नो गाउँ सदाको लागी फर्की सकेको थियो। सरिनालाई धेरै रिस उठ्यो। बस्ने बेला मेरो घरमा बसेर आफ्नो पढाई सके पछि जान्छु पनि नभनी सुईत्तै भाग्ने कस्तो पाखे रहेछ। हुनत सबै गाउँलेहरु यस्तै पाखण्डी हुन्छन त्यसैले त म हेर्नै मन पराउँदिन मनमनै गनगन गरिरहिन। फेरी एक मनले सोंचिन हुन त मेरै गल्ती पनि हो किनकी म नै बोल्दिनथें कसरी उस्ले मलाई बोलाओस? मैले नै उस्लाई बोलाईस भने म ठिक मान्ने छैन भनेको ले होला नबोलाई ऊ गयो। यसरी शायद मैले गर्न हुन्नथ्यो, ऊ त सधै सरिना बहिनी भनेर बोल्ने गर्थ्यो तर म नै अलि घमण्डी परेंकी, हुन पनि हो आए देखी मैले कति दुख दिए घर बाट उस्लाई लखेट्नको लागी उसका कति पुस्तक गायब गरिदिएँ उसले कहिले सोधेन कहाँ हरायो भनेर पनि। एकपल्ट त उसको पर्ससँगको पेन्ट नै गायब गरिदिएको उसको सबै कलेजको परिचय पत्र अनि उस्ले महिना दिन धान्नु पर्ने सबै खर्च पैसा समाप्त गरिदिएको,,,,,,, यसरी सरिना मनमनै आफ्नो बिगतलाई सम्झिदैं आफ्ना थोरै भएपनि गल्तीको भण्डारभित्र छिर्न खोज्दै थिइन। यत्तिकै उनको साथी सुजी त्यहीं बाटो भएर सपिङ गर्न नजाने भन्दै आईपुग्छे। थोरै सम्हालिंदै ए सुजी तँ म त तयार नै भएको छुईन हौ, एई एकैछिन पर्ख है त म रेडी भैइहाल्छु भन्दै आफ्नो कोठा भित्र दौडी सरिना। अनि लामो लुगा लगायो भने पाखे भैइहालिन्छ रे त्यसैले होला शरिरमा आभा मात्रको कपडा लगाएर बाहिरिन्छे कोठाबाट, अब ओंठभरी के पोत्न पर्ने अनि आँखामा पनि अझ अनुहार त खै के हो कुन्नी के के हो के के। यसरी ति दुई बहिरिन्छन। लाहुरे चाही एक्लै गनगन गरिरहन्छ।यो मेरो छोरी खै के छोरी? लोग्ने मान्छेको ब्यहोरा बुबालाई भोक लाग्यो पनि छैन तिर्खा लाग्यो पनि छैन बिचरा त्यो बिजय बरु पराई भएर पनि मेरो छोरी भन्दा धेरै स्याहार गर्‍यो बबुरो, त्यसैले नै होला उसको स्कोलरसीप पनि मिल्यो अहिले हप्ता दिनभित्रै अष्ट्रेलिया जाँदैछ। मेरी छोरी के के हो के के कलेजको बारेमा सोध्यो खाली ब्याक पेपर बाँकी छ भन्छे खाली पैसा पैसा मेरो आधा परिश्रम सकि सकी त्यसले,,,, यसरी एक्लै फत्तफत्ताउँदै लाहुरे भित्र केही खानामुनाको ब्यबस्था गरीरहेको हुन्छ, टिरिङ,,, टिरिङ,,, फोनको घण्टी बज्छ। लाहुरेले फोन उठाउँछ हेलो, म लाहुरे बोलेको कसलाई खोजेको होला नानी? अंकल म बिजय मेरो घर आईंपुगे यहीं नजिकको फोनबाट हजुरलाई कल गरेको अनि अंकल आरमै हुनुहुन्छ, तपाईको त्यो ग्याँस्टिकको औषधी खान नभुल्नुहोस है। यसरी छोडेर गैइसकेपछि पनि बिजयले लाहुरेको स्वास्थ्यको बारे अनि सम्झाईरहेको सुन्दा लाहुरेले एकपल्ट मनमा मिठो अनि नमिठो पिंडा एकै साथ महसुस भयो। बाबु बिजय म ठिक छु खानामुना बनाउदैं छु, तरकारी डढ्यो होला एकैछिन है त, भन्दै लहुरेले फोन होल्डमै छाडेर तरकारी हेर्न कुद्छन, एकैछिन पछि अनि फोन फेरी टिपेर कुरा गर्न थाल्छन, बिजयले केही भन्न सकिरहेको थिएन र पनि सोध्यो अंकल अनि सरिना कता गैन नी र तपाईं खाना बनाउदै हुनुहुन्छ? आ के कुरा गर्नु हौ बिजय बाबु तिमीलाई थाहा भएकै हो अब सपिङ कि मपिङ कता गैइ कुन्नी। अंकल आफ्नो ख्याल राख्नुहोला म शायद छिट्टै राजधानी जान्छु होला शायद म मेरो काम भयो भने अलि पछि मात्रै तपाइहरुलाई भेट्छु, के गर्ने अंकल हजुरले यत्तीका धेरै माया दिनुभयो त्यो मायाको फलस्वरुप आज हजुरहरुलाई छोडेर जानुपर्दा मेरो मनले त मानेकै छैन र पनि के गर्नु अंकल छोरा भएर जन्मेपछि हरेक गर्नु पर्छ भनेर हजुरले नै भन्नु भएको हो त्यसैले म हजुरको एउटा एउटा शब्द याद गर्छु। यत्तीकैमा पहाडको सी. डी. एम. ए. फोन लाईन बिच्छेद हुन्छ। बिजयले कति प्रयास गर्छ तर कुहिरोको कारण ब्याट्री चार्ज हुन समय लाग्थ्यो। यसरी समय अगाडी बढीरह्यो। आफ्नै रफ्तारमा कसैलाई नपर्खी। बिजयका आमाबुबा अनि बहिनी, बिजयको बिदाईको लागी तयारीमा छन। बिजय बाटो लाग्छ।

सरिनालाई नजिकैको मन्दिरको भजनले डिस्टर्ब गरेर होला उठ्छिन अनि आफ्नो वेस्टर्न म्युजिक स्विच अन गर्छिन। त्यो निर्जीब टेपरिकर्डर ठुलो स्वरमा क्यासेटको रीललाई पढ्न थाल्छ। दुर अनि दुर सम्म आवज फ्याँक्दै,,,,,,,,।सरिना ओछ्यानमै पल्टिरही अनि बिस्तारै क्यासेटले आफ्नो दुरी समाप्त गर्‍यो होला अनि टेप रिकर्डर घच्च रोकिन्छ। सरिना उठेर आफ्नो बिहानको नित्यकर्म गर्न लाग्छिन तर आज देख्छिन कसैले पनि पानी ट्याँङ्की भरेको हुदैन पानी नझरेपछि उनले मोटरको स्वीच अन गर्छिन। मोटर चल्न शुरु गर्छ पानी माथी चढ्यो होला धारामा पानीको आवाज आउँछ, अनि उनी सम्झिन पुग्छिन बिजयलाई पहिला यो सबै काम बिजयले गर्थ्यो मलाई कती सजिलो थियो। सबै सफासुग्घर उसैको काम थियो। फूलहरुमा पानी लाउन फूलहरु कति रमाई रमाई फूल्थे बिजयको आगमनमा आज फूलहरु पनि निराश देखिन्छन। यो नरीवल र सुपारीको बोट पनि किन रुखो रुखो देखिन्छन। सदा बिजय नरिवलको फेदैमा एउटा टुल लिएर केही पढिरहन्थ्यो। आज यो नरिवल पनि साथी बिहिन जस्तो देखिन्छ। यसरी सरिना धेरै लामो सोंच देखी झलस्स ब्युँझिन्छिन। यथार्थमा बिजय त्यहाँ हुन्न उनी बिजय सँग गरेको सबै ब्यबहार सँग नजिकिन खोज्छिन। यत्तीकैमा बुबाको याद आउँछ केही न केहीत मेरो लागी छोडेको हुनुपर्छ यसरी उ बुबाको कोठामा गई। बुबाको कोठा शुन्य थियो। यत्तीका बिहानै बुबा कहाँ जानुभयो होला मनमनै सोंचीन र बुबा आउने प्रतिक्षा गर्न थालिन। बुबा भरै टन्न खोयाबिर्केको सारमा हिपहप स्टाईलमा घर फर्किएको देख्छिन सरिना, अनि सरिनालाई धेरैनै नरमाईलो लाग्छ यत्तीका दिन नपिएको फेरी शुरु गरेको देख्दा। बुबालाई ठाडै केही काँचै खाउला जस्तो गरेर कराउँछिन। लाहुरेपनि आज धेरै पिएकोले होला बेसुरमै बोल्छन तँ चुप लाग, यत्रो दिन कहिले तैंले मलाई एकबचन सोधेको थिईस? म के छु भनेर कहिले केयर गरेको थिईस? मैले तेरो कुन कुरामा याद गरिन, आमाको माया दिन सकिन तर एउटा असल बाबु त तेरो लागी बन्ने कोशिस गरेकै थिएँ तर छोरी तैंले कहिले मेरो मर्म बुझ्ने कोशिस गरिनस छोरी। म अरुको छोरा छोरी लाई हेरेर मेरो छोरी पनि यस्तै हुन्छकी भनेर के गरिन? आज म लाचर छु म एउटा अभागी फुस्रा म जन्मिदा देखीनै ठक्कर खाँदै पल्टन पुगें फल के पाएँ? तेरो आमालाई गुमाए जिबनभर तँलाई एउटी असल छोरी बनाउछु भनी प्रयत्न गरेंतर छोरी तँ के गर्दैछस त्यो मलाई थाहै छैन कहिले बुबा यस्तो भनेर मलाई सोधिस छोरी? अँह कहिल्यै म हो लाहुरे तर मेरो मन लाहुरे मन नभएर बस एउटा सरल धेरै सरल बन्दा तिमीले छोरी तैंले मलाई आज बिर्सिस एउटा बुबाले के चाहन्छ आफ्नो सन्तानबाट भनेर बुझ्नै सकिनस, अब मलाई यही जिन्दगी ठिक छ, हिंजो अस्तीसम्म बिजयको डर लाग्थ्यो किनकी उसले मेरो लागी आफ्नो रगत दान गरेको छ। म कहिल्यै त्यो केटो लाई बिर्सन सक्दिन। अर्काको छोरा भयो त के भयो उसको मन त धेरै सफा छ पबित्र गंगा जस्तै तर,,,,,,, छोरी तँ कहिल्यै,,,, अब मैले मेरो जिन्दगी यसरी नै बित्यो अब म सप्रीएर पनि कसका लागी सप्रीनु? यत्ती भन्दै लाहुरेले आफुले पिएको झोलले धेरै नै असर गर्‍यो क्यारे आफ्नो बिस्तरामा डङ्ग्रङ्ग लड्यो।

सरिना आज धेरैनै आफुले गरेको गल्तीको महसुस गर्दैछिन। उनका दुई नयन कतै कतै साउनको बर्षात झैं बर्षाउन थाल्छन बर्षौ देखीको आफ्ना बेहोसीहरु। जुन उनले गरेको सम्पुर्ण गल्तीहरु एउटा चलचित्र झैं घुम्न थाल्छन। यसरी अनवरत बुबाको गुनासो साँचो थियो। बुबाको गुनासोको कुनै औषधी थिएन। उनले प्रायस्चितले थोरैपनि मनलाई हल्का गर्न सकिन्छ रे भन्ने उनले कहिंकतै पढेकी थिईन। यसरी अब उनको बाटो प्रायस्चित सिबाय अरु कुनै कुरा रहेको थिएन। उनले बिजयले सजाएको कोठाको फोटोहरु जुन लाहुरे दम्पत्ती अनि सरिनाको फोटो अनि केही महा पुरुषहरुका फोटो अनि मदर टेरेसाको फोटोहरु एकपल्ट सरसर्ती हेर्छिन। ति सबै बिजयको त्यो घरसँगको माया समझनछिन। बिजय साँच्चीकै असल मान्छे थियो होला भन्छिन मनमनै।

समय बित्दै जान्छ। लाहुरेले एकदिन उस्को सम्पत्ती आफ्नी छोरीको नाममा गरिदिन्छन, यो देखेर सरिनालाई झनै पिर थपिन्छ बुबाको जिउने रहर टाढिएको महसुस गर्छिन। आज बुबाको सम्पुर्ण कामहरु मिलाएर गरि दिन्छिन सबै अनि समय मिलाएर सबै खानामुनाको ब्यबस्था पछि उनी बुबा सँग थोरै समय लिन्छिन। डेडी! छोरीले आज अलि हसिलो मुहार पारेर बोलेको पहिलो दिन थियो होला लाहुरेको लागी। लाहुरेले यसो हेरेर जवाफ दिन्छन, अँ भन के भयो? डेडी मैले तपाईलाई कती सताएनी? हैन आज तँलाई के भयो छोरी? हो नी अस्ती हजुरले खोयाबिर्केको तालमै भएनी मेरो थोरै भएनी आँखा खोल्ने कोशिस गर्नु भयो डेडी। छोरीको यो कुराले थोरै भएनी लाहुरेको मनमा शान्ती मिल्यो किन र मैले के भनेर छोरी? लाहुरेले नजाने जसो गरी सोध्यो। लामो स्वास तानेर सरिना हो बुबा मैले हजुरलाई केही दिन सकिन शायद म यो संसारको त्यो भाग्यमानी छोरी हुँ जो मेरो डेडीको यत्तीका धेरै माया पाएको छु तर बुबाको मायाको बुझ्ने कोशिससम्म गरिन। यसरी आफ्नो हृदयको जलन पोख्दा पोख्दै छाती पोल्यो क्यारे सरिनाको आँशुका भेलले छाती भिजाउन थालिन यो देखेर लाहुरे पनि धेरै भावुक भए त्यहाँ सन्नाटा छायो। शायद आज थोरै भएपनि आफनोपनमा हुने मिठो दर्दको महसुस कस्तो हुन्छ दुवैले महसुस गरिरहेछन। लाहुरे सन्नाटाको त्यो क्षणलाई चिर्दै भन्छन छोरी जति जे भयो भैगयो बुबाआमा जहिले पनि सन्तानको सुखको लागी जिबन अर्पण गर्छन चाहे त्यो बुबा लाटानै किन नहोस अपङ्गनै किन नहोस आफ्नो सन्तानको लागी कति मरिमेट्छन त्यो महसुस भयो छोरी तँलाई मलाई यो भन्दा खुशी केही छैन, आज बिजय भएको भए कति खुशी हुन्थ्यो होला, जहिले पनि तेरो बारेमा तेरो केयरको लागी अगाडी रहन्थ्यो तर तैंले कहिले पनि बुझ्ने कोशिस गरिनस छोरी, कति सताईस उसले सम्पुर्ण कुराहरु जनेर चुप रह्यो वा नजानेर चुप रह्यो। शायद ऊ हाम्रो घरमा बसेर होला कहिल्यै उसलाई परेको समस्याहरु भनेन मलाई, तँ दार्जीलिङ भ्रमण गएको बेला म साह्रै बिरामी परें मलेरिया भएछ। म कमजोर भएँ उसले रातभर खाना न पिना मलाई पर्खीरहन्थ्यो मलाई के के चाहिन्छ सबै उस्ले लिएर दिन्थ्यो, हस्पिटलको त्यो दुर्गन्ध अनि रातरातभरको अनिधोसँगै मलाई खुनको आबस्यक्ता परेको रहेछ मेरो ब्लड ग्रुप सँग मिल्ने कुनै ब्लड, ब्लड ब्याङ्कमा नरहेको थाहा भयो यो देखेर उसको ब्लड ग्रुप चेक गर्दा मेरो ब्लड ग्रुपसँग उसको ब्लड मिल्ने थाहा पाएपछि ऊ कति खुशी भएको थियो उसले मलाई रगत दान गरेको छ। मैले त उसको ॠण तिर्नै सक्दिन किनकी त्यो ३ दिन ३ रातको उसको स्याहारसुसार अनि त्यहि माथी उसले दिएको रगत कुनै जन्ममा उस्को र मेरो अधुरो सम्बन्ध थियो होला छोरी, अहिलेको जमानामा यस्ता छोराहरु पाउनको लागी आफ्नो निधारमा भगवानको हातबाटै कोरिएको हुनुपर्छ। अँ साच्ची यो कुरा तँलाई नभन्न मलाई आग्रह गरेको थियो किनकी ऊ तँलाई कहिले पनि दुखी हेर्न चाहेन। बर्षौ देखी बन्दी आँशुहरु सरिनाको नयनबाट बगीरहे सप्तकोशी झैं अनवरत, उनले गरेको सम्पुर्ण गल्तीले पस्चातापको आगोमा जलाई रह्यो सरिनालाई, यत्तीकैमा लाहुरे बोल्छन छोरी तेरो लागी एउता नोटबूक छोडेर गएको छ, हेर्न चाहन्छेस भने त्यहाँ मेरो अलमारीमा छ खोलेर हेर। यो सुन्न साथ सरिना हत्तनपत्त खोल्न थाल्छिन त्यहाँ लेखिएको हुन्छ।

प्रीय सरिना,

यो दुखी गाउँलेको श्रद्वा एबं सम्झना।
तिमीलाई मैले चाहेरपनि जाँदैछु भन्न सकिन किनकी तिमीले अन्तिम पल्ट भनेकी थियौ मलाई बोलाउने कोशिस गर्‍यौ भने नराम्रो हुनेछ भनेर त्यसैले म त्यो नराम्रो बनेको हेर्न चाहन्न्थें त्यसैले म हिंड्दा पनि तिम्रो अनुस्पथितीमै बाटो लागें मैले जती यहाँ बसें तिमिलाई दुखी बनाएँ मेरो त्यो चाहना थिएन सरु, म एउटा दाई बन्न चाहन्थे तिम्रो लागी तिमीले त्यो मेरो भावना बुझ्न सकेनौ जहिलेपनि म सँग रिसायौ। म हिंड्ने बेला पनि तिम्रा साथीहरु सँग कताको भ्रमण हो गाएको थियौ म तिमी फर्किने दिनहरु गनीरहें संयोग नै परेको होला म हिंड्ने दिनसम्म तिमी आईपुगेनौ म बाटो लागें अंकलले पनि कुनै शंदेह गर्नु भएन किनकी तिमी मलाई हेर्न चाहन्नथ्यौ। ठिकै छ सरु त्यो तिम्रो गल्ती थिएन शायद मैले नै तिम्रो मर्म नबुझेको हुन सक्छु मेरो गल्तीहरुलाई सक्छौ भने माफ गरिदिनु, मैले तिमी बाट धेरै कुरा सिकेको छु सरु म तिमीलाई धन्याबद दिन चाहन्छु किनकी म पहिला आमाबुबाप्रती त्यती जिम्मेवार थिईन आज आमाबुबा प्रती कसरी जिम्मेवार हुनुपर्छ त्यो बोध भयो। मैले त सानै देखी आमाबुबाको माया पाएको हुनाले कुनै पनि कमजोरी महसुस भएको थिएन, तर आज उहाँ अंकल अनि तिमी सँग रहदा मैले आमा बिहिन भएर जिउँदा कस्तो महसुस हुँदो रहेछ त्यो सबै थाहा पाएँ मैले अनुभव गरें। सरिना तिमी साँच्चीकै बुझ्ने छौ अंकलले कती माया गर्नु हुन्छ त्यो कहिलेकाहीं महसुस गर्ने गर्नु अंकल तिमी बिना एकपल रहन सक्नुहुन्न त्यो मलाई मेरो त्यहाँ रहदा सबै थाहा पाएको छु। तिमीले गरेको कुनै पनि कुरा काट्न नसक्दा तिमीलाई जुनै पनि जतापनि जान दिनु भएको हो उहाँले तिमी नफर्केसम्म अंकल जहिले पनि खाना सम्म खानु हुन्नथ्यो, त्यो तिमीलाई महसुस हुनेछ कुनैदिन। इस्वरसँग प्रार्थना गर्छु त्यो महसुस गर्ने दिनपनि तिमीलाई छिट्टै प्रदान गरुन। सरिना ५ बर्षको बसाईमा शायद तिम्रो र मेरो यो सानो नोटबूकमा लेखे जति पनि बातचित भएन तर आज यो आधाघण्टा लगाएर सानो चिट छोड्दैछु, यसलाई अन्यथा नसम्झनु, अब त तिम्रो सामु छुईन भन्थ्यौ रे त्यसलाई हेर्‍योकी मेरो दिनभरीको साईत बिग्रन्छ भनेर शायद म त्यती साह्रै असगुने मान्छे थिएँ होला मलाई माफ गरिदिनु। मैले तिम्रो लागी केही गर्ने मौका पनि जुरेन अनि गर्न सकिन हुनपनि म जस्तो गरीबले के नै पो गर्न सक्थें र महँगो उपहार किन्न सक्ने मेरो क्षमता थिएन। शरणार्थी झैं आश्रीत जिबन थियो र पनि अंकल त्यो मेरो पलहरुलाई सदा सदा मायानै मायाले भरिदिनुभयो। उहाँको मायाको परिणाम आज म उहाँबाटै टाढा हुनपर्‍यो उहाँको मायाको खडेरी पर्दा मेरो आँशु सिबाय अरु कुनै औषधी छैन म मा आज थाहा भयो मायाले जहिले मिठो अनुभव दिन्छ तर मायाले नुनिलो आँशुपनि दिंदो रहेछ मलाई अंकलको मायाले धेरै दिएको छ, उहाँको याद आईरहनेछ, र उहाँ ग्यास्टिकको बिरामी हुनुहुन्छ शायद आगमी दिनहरुमा उहाँको खानपिनमा तिमीले याद राख्नु पर्ने हुन्छ किनकी उहाँलाई शित्तल दिन हाम्रो कर्तब्य हो। हामीलाई एउटा शित्तलता प्रदान गरोस भनेर पैदा गर्नुहुन्छ शित्तलता दिनु हाम्रो कर्तब्य हो सरु, मलाई थाहा छ तिमी पनि त्यती क्रुर छैनौ जती दुनियाले देख्छन तिमीलाई किनकी तिमी पनि त्यहीं कोमल हाड, मासु, अनि त्यहीं अंकलको कोमल मनभएको शरिरको रगतको थोपा हौ। हवस्त मैले तिम्रो धेरैनै समय ओगटीदिएँ मलाई माफ गर्नु

-जहिले दुख दिने गाउँले बिजयदाई
बिदा !!



यी सब पढी सक्दासम्म सरिना यत्तीका धेरै आँशुको हयाथ्रुङभित्र चुर्लुम्म डुबीरहेकी थिईन। केवल आँशु बगाई रहिन अनि आफ्नो बिगतलाई सम्झेर आफै पस्चात्ताप भित्र जलिरहिन उनी जलिरहिन।।

समाप्त।
[धेरै नै त्रुटी छन यो लेखाईमा माफ गर्नुहोला किनकी समयको अभाव सँगै अल्छे पनि लागिदियो के रे अनि यत्तीमै बन्द गरिदिएँ धन्यबाद।]

9 comments:

lingkupitang said...

Hey Dude, after long time i was busy so much with my all nonsence things, I visited your blog tafay its really you made fantastatic man, Thanks a lots God bless you.

your Old blogger friend

LIngku. "Sham"

World is a Dramma..! said...

बिजे जी तपाईंको प्रयास धेरै राम्रो छ। भरसक तपाईंको लेखहरु पढ्ने गर्छु सबै बियोगान्त नै पाउने गर्छु किन हो तपाईं पनि बियोगान्तमै डुबेर लेखहरु लेख्ने गर्नु हुन्छ। यसको कुनै रहस्य? ल है माफ गर्नु होला है मैले तपाईलाई केही नराम्रा शब्दहरु सोध्न पुगें भने र मेरो पर्दाफास कस्तो लग्चह् कहिले काहीं यसो टिप्पणी गर्दै गर्नु होला है।

सिकारु said...

b.j.jee यस्तै रहेछ जिन्दगी पहिले गल्ति गर्ने अनि पछि पश्चातापमा पछुताउनु बाहेक के नै हुन्छ र? सरिनाको कथा पनि तेस्तै लाग्यो । मिठो लेख पस्कनुभएकोमा धन्यबाद ।

अर्जुन दुङमेन् said...

हैन हौ बिजे जि ! न्याउरी मारी पछुतो भने झै, पछी पश्चातापमा परेर त के गर्नु; तर, हरेक गल्ति हामी मानबबाटै हुन्छ र प्रयाश्चितबाट माफ हुन्छ, भनिन्छ । त्यस्तै तपाईको यो लेखको भाब चाँही मैले पश्चातापमा परेरै भएपनी प्रयाश्चित गर्न पनि जान्नु पर्छ भन्न खोजेको पाएँ । पढ्दा कता-कता रमाइलो, मिठो र चिन्तक बनायो । खुशी लाग्यो पढ्न पाउदा । यसको लागि तपाईंलाई पुन:धन्यवाद !

Deepak Khanal said...

nikkai ramro lagyo malai.

yastai dherai article haru padna paiyos hai feri feri.

B.J. Dummali said...

हाई लिङ्कु धेरै समय पछि दर्शन पाईयो अनि के छ काठमाडौको हालखबर? धन्यबाद कमन्ट्सको लागी, अनि वर्ल्ड्र इज ड्रामा जी धेरै धेरै धन्यबाद तापाइलाई पहिलो पल्ट आएर मेरो ब्लगको शोभा बढाउनु भएको मा मैले तपाईँको ब्लग पनि हेर्दैछु बडो गजबको छ ।सिकारु जी पस्चाताप जल्नु पनि एउटा ठुलो कुरो हो, धन्यबाद तपाइलाई। दुङ्मेन जी It's Human sign when things go wrong ,,,,,,,,यो गीत कहिलेकाहीं सुन्ने गर्छु शायद यस्तै होला पस्चात्तापमा जल्नु नै मानवताको परिचय हो र दीपक खनाल जी तपाईंको पहिलो आगमनले मेरो ब्लगको शोभा बढेको छ तपाईंलाई अन्तरहृदय देखी धन्यबाद फेरी फेरी आउंदै गर्नुहोला।

र सम्पुर्ण मित्रहरु जो मेरो ब्लगलाई माया गर्नुहुन्छ तपाईंहरुमा पनि साधुबाद।

skpari said...

बिजेजी अरु मित्रहरुले भनु भए जस्तै कहानी मार्मीक र बियोगात्मक छ तर शिर्षक चाही अलि मेल नखाए जस्तो लाग्यो, छोटो लेख नै यति लामो छ भने अरु लामो लेख कति लामो हुने होला...अनी बियोगात्मक लेखहरु प्राय्: राम्रै हुन्छ भन्थ्यो, त्यसको प्रुफ यस छोटो लेखले पनि प्रश्त्याई दिएको छ। कहानी राम्रो लाग्यो, सायद यसको अर्को दोस्रो भाग पनि छिटै पढ्न पाओस.....

Adams Kevin said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

comfort frank said...

तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको स्थिति, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: comfortfrankloanfirm@gmail.com






तपाईं लामो वा छोटो अवधिको लागी खोज्दै हुनुहुन्छ

1 पूरा नाम: ............................
2 सम्पर्क ठेगाना: .......................

3.देश: .....................

4.सेक्स: ...............

5. लोन रकम चाहिन्छ: ....................
6. अवधिको ऋण: ...................
7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

धेरै माया,

Comfortfrankloanfirm@gmail.com



L
Mrs: comfort

Blog Widget by LinkWithin