April Fools Day !!!!!!!!!!!


अचम्मै लाग्दो दिनहरु पनि, सम्झेर दिक्क लाग्दो, कसैलाई झुक्क्याएर वा रुहाएर मजा लिनु पर्ने। आज देखी अंग्रेजी महिना अप्रील शुरु भयो। यो महिनामा मा अंग्रेजहरु मान्छेलाई मुर्ख बनाएर मजा लिन्छन। सोंच्नै नसकिने घटना भयो भनेर झुक्याइ मान्छेलाई दिमाग खराब गरिदिन्छन।

कुरा यता मोडौ, आज बिहानको १० बजेको थियो होला, एउटा मेरो साथीको फोन आयो, ऊ धेरै हडबडाएको थियो, अनि भन्दै थियो मेरो घरमा बुबा साह्रै बिरामी रे आमा पनि रे सिकिस्त बिरामी रे म त ईमर्जेन्सी छुट्टीमा जानु पर्ने भयो।म पनि शुरुमा त अलमल्लमा परे, केहीबेर पछि मेरोमा मोबाइलमा पनि एस. एम. एस. अप्रील फुलको आयो त्यसपछि मैले सोंचे अबस्य कसैले मुर्ख बनाएको होला भनेर। उसले यसरी भने पछि मैले भने हैन कसले फोन गरेको? प्रतिउत्तरमा उसले भन्यो छिमेकीले रे अनि मैले भने चिन्यौ, नम्बर आयो त?? कति नम्बर थियो उसले भन्यो उसको मोबाईलमा पैसा छैन रे बस खबर गरेको रे ईमर्जेन्सी परेको हुनाले, अनि नमबर पनि नो नम्बर भन्छ। अनि मैले भने घरमा फोन लगायौ त बुध्दु? उसले भन्यो फोनै लाग्दै छैन कम्प्युटरले रुथको ब्यस्तता भनिरहेछ। आज अप्रील १ हो कसैले तिमीलाई मुर्ख बनाको हुनुपर्छ। घरमा फोन लगाएर सोध्नु अनि मात्र निर्णय लिनु, अहिले आत्तिनै पर्ने म देख्दिन। म साथीको फोनको प्रतिक्षामा रहें डिउटीमा भएकोले फेरी फेरी फोन गर्न पाईन पछि उसले फोन गर्‍यो २ घण्टा पछी हाँस्दै र त्यो फोन गर्ने लाई गाली गर्दै। म पनि चकित परे किन होला हाम्रो देशमा राम्रो सँस्कृतीको अनुसरण गरिन्न? किन खाली अंग्रेजहरुको थोत्रा सडेको गलेको अनि दुनियाँलाई बिगार्ने साँस्कृती देशमा अनुसरण गरिन्छ?? ल यो "अप्रील फुल्सडे" मुर्खेदिन मनाउदा मनाउदै कसैको साँच्चीकै कुनै ईमर्जेन्सी परिदियो भने त्यसलाई पनि अप्रील फुल्सडे नै मान्नेकी? हामीले हाम्रो परम्परा र साँस्कृतीलाई भुलेर अरुको बिग्रेको समाजमा उच्छृङ्खल प्रबृतीको सिर्जना गर्ने खालका सांस्कृतीलाई अनुसरण गर्न के उचित लाग्छ?? हामी नेपाली हौं नेपाल हाम्रो घर हो। प्राकृतीक छटाले भरिपुर्ण र नागबेली खोला नाला अनि अग्ला अग्ला हिमालले सजिसजावट हाम्रो देशमा कसैको कितृम कुनै चीज चाहिन्न। हामीलाई हाम्रै हाम्रै रहनसहन परम्परा र रितिरिवाज पर्याप्त छ। हामी नेपाली भएर बिदेशीको खोक्रो आडम्बरले सजिसजाउ चाहिन्न। हामी नेपालमा जन्मेर नेपाल आमाको बलत्कार गर्ने पक्षमा छैनौ। हामी नेपाली शहिदका सन्तान, हाम्रो देश शहिदको रगतले कोरिएको त्यो नक्सा हो यो सिंगो धर्तीको लागी, नेपाल त्यो एउटा थोप्ला हो जो एउटा थोप्ला नै रहेर पनि बिस्वलाई बीरहरुको जन्म थलो भएको देश र देश भन्दा बाहिर गएर पनि आफ्नो बहादुरी देखाएर हिंड्ने छोरा-छोरीको देश हो। यहाँ किन बिग्रेका सांस्कृती भित्राईन्छन त? को हो यसको सिर्जना गर्ने?? यसमा सजकता अप्नाउन हालको युवा पिंढीलाई जरुरी छ।
हामी हाम्रो देशलाई बिभिन्न देशसँग तुलना गर्ने, बिभिन्न देशको नक्कल गर्ने, वाईयात कुराहरु यहाँ ल्याएर थोपर्ने, यी त सिधै आफ्नो प्रतिष्ठालाई आँच पुर्‍याउने कामहरु भैहाले नी। हुन त धेरै थोरैलाई शायद मन पर्न सक्छ यसरी हाम्रो देश बिग्रेको र पस्चिमे साँस्कृतीमा झुमेकोहेर्न चाहने पनि छन त्यसै कारण त आई पुग्छ हामी सम्म। के हामीलाई चिनाउने साँस्कृती हुन त? के यो अप्रील फुल्स डे मनाएर हाम्रो असल पहिचान हुन्छ त? के यी हाम्रा पुर्बजले मनाएर आएको सांस्कृती हो त? अबस्य हैन हाम्रा पुर्बजहरु अबस्य "धोत्ती न टोपी जुत्ता ढ्याप ढ्याप" गर्दैन थे। किनकी यो भनेको त्यो नेपाली उखान जस्तै हो। हामीलाई केही थाहा छैन तर अनुसरण गर्न खोज्छौं यसको मतलब नेपाली उखान सँग मेल खान पुग्छ।

हवस्त लामो असध्यै दिक्क लाग्ने पेशकस भयो। यदी कसैको लागी आँच पुगेमा क्षमा चाहन्छु, धनयबाद।

4 comments:

डीआर न्यौपाने'सूर्य' said...

मलाई पनि तपाइको कुरा चित्त बुझ्यो b.j. जी । अब २-४ बर्ष भित्रमा हामीहरुले नेपाली नयाँ बर्ष पनि मनाउन छोडनेछौ जस्तो मलाई लाग्छ । राम्रो र आवस्यकताका कुरा भए त हुन्थ्यो नि त्यो पनि कसैलाई मुर्गा बनाएर । आफ्नै संस्कृति र नेपाली पनमा रमाउन सिकौ अनि पो हाम्रो अस्तित्व रहन्छ । उपयोगी र सन्देश मुलक टाँसोको लागि धन्यबाद b.j.जी ।
तर मैले त कसैलाइपनि मुर्ख बनाउने काम गरिन है ।

Unknown said...

धन्यबाद सिकारु जी तपाईंको आगमनको लागी र अमुल्य सुझाबको लागी, बास्तवम कसैलाई मुर्ख बनाएर आफु ठुलो मुर्ख बन्नु राम्रो हैन नी कि कसो? ब्यर्थैमा अरुले दुख पाउँदा कति नराम्रो हुन्छ। मैले त कसैलाई गर्ने कोशिस नै गरिन।

वसन्त बलामी said...

भोजपूरे जी तपाइँले उठाउनु भएको कुरा सोह्रै अाना सहि छ । राम्रो कुराको पो अनुशरण गर्नुपर्छ,यस्ता वाहीयात चलन लाइ हामीले स्थान दिनु हुँदैन ।

Unknown said...

कमेन्टको लागि बसन्त बलामी जी धेरै धेरै धन्यबाद! फेरी फेरी आउँदै गर्नु होला।

Blog Widget by LinkWithin