उपहास ............!



रमेश र सरिता एक अर्कामा धेरै प्यार गर्थे । गाउँघरको परिबेसमा हराएर पनि उनिहरुको प्रेममा धेरै ढाँचा थियो। रमेश र सरिताको प्रेममा उपहारको आदन प्रदान भैरहन्थ्यो। रमेश साधरण परिवारमा जन्मेर उसको जिबनमा अभाबकै भुमरीमा मा रुमलिइरहनु पर्थ्यो। यसरी एक दिन घुम्दै घुम्दै १४ फर्वरि को दिन पनि आइपुग्यो। अब रमेश गरिब मान्छे अनि एक त उसमा पढाईको बोझहरु यसरि बिहानै उसले आफ्नी प्रेमिकालाई दिने उपहार एउटा रातो गुलाफको फूल लिएर सरिताको घर गयो। सरिताको घर पुग्न साथ उस्ले देख्यो नयाँ पाहुनाहरु, जुन शहरबाट आएका, अनि उस्ले मनमनै सोंच्यो आ यो शहरिया तमासानै किन गर्नु पर्छ र, मेरी सरु गुलाफको फूल दिंदा पनि मेरी नै नदिंदा नि मेरी नै सोंचेर सरक्क फिर्‍यो आफ्नै झुपडी तिर। दिउँसो उस्ले फेरी भेट्ने मनले गयो तर उसले देख्यो उस्को सरिता सँग कोहि अरुनै बसेर मजाले गफ गरिरहेको थियो, उस्लाई लाग्यो आ कोई आफ्नै आफन्त होलान भनेर मन सम्हाल्यो। त्यो दिन त्यसरि बिमेल मै दिन गयो। रमेशले घरि घरि गएर बाधा पुर्‍याउन चाहेन किनकी पाहुनाको हेरचाह गरिरहेको बेला किन घरि घरि जाने सोंच्यो। र ऊ त्यो दिन गएन।

भोलिपल्ट बिहानै, जब ऊ निंद्रा बाट ब्युँझिंदा सानी बहिनीले हातमा सानो चिट थमाएर बाटो लाग्छे त्यो के चिट रहेछ भनेर उस्लाई थाहा हुन्न थपक्क आफ्नै टेबलमा राखेर नहेरी मुख हरु धुन थाल्छ रमेश। बहिनीले चियाको गिलास थमाउदै भन्छे " रमेश दाई सरिता दिदी त शहरको केटा सँग बिहानै बाटो लागिन, कति भाग्यमानी रहीछे नी! शहरको केटा धेरै पढेको रे इन्जीनियर गरेको रे, अनि आफ्नै कम्पनी छ रे! यो सब सुन्दा सुन्दै रमेश बेहोस झैं हुन्छ। उस्ले जुन देखेको कल्पनाको संसार केवल एउटा बिशाल भुमरी मा लपेटिएको देख्छ, ऊ निस्वास हुन्छ, अनि मन मनै उस्का बिगतका पलहरुलाई पल्ट्याउँछ, सल्लेरीको बनमा घाँस दाउरा सगसँगै गरेको, अनि कालिका र मालिका देबीको थानहरु मा युगौंयुग सँगसँगै जिउने मर्ने कसम खाएको आज सबै धुजा धुजा भएको देख्छ, उस्ले सरिताको खुशीको लागी कहाँ के गरेको थिएन? सम्पुर्ण उसले उसको जिबननै आहुती लगाएको थियो। उसको हृदयमा चोटै चोटले सजिएपनि सरिताको लागी सदा-सदा हाँसीरहन्थ्यो। सरिताको घरपरिवारलाई एउटा छिमेकीको नाताले नभै सरिताको माध्यमले गर्दा आफ्नो घर भन्दा धेरै हेरचाह गरेको थियो, आखिर फल के पायो? उसको गरिबीको उपहास अनि पिंडादायक बिछोड सिबाय रमेशले केहि पाएन। आज उसले बर्षौ देखी साँचेको चोखो अनि निस्छल माया आज बिछिप्त भएर मरुभुमीमा पानी हराएझैं भयो। एउटा केवल पुतलीको खेल भयो।

अनि बिहानको सानो चिट झल्याँस्स सम्झिन्छ र आफ्नो टेबल तर्फ लम्कन्छ खोलेर पढ्न थाल्छ, शुरुमा कोरिएको हुन्छ अन्तिम भेट र मेरो अन्तिम चिनारी तिमिलाई,,,,,,

रमेश

आज म यो हाम्रो दुखी दुनियाँ छोडेर धेरै शहरको सुन्दर संसार रोजेर जाँदैछु, तिमीले म प्रती देखेका सपनाहरु सबै तोडी आफ्नो दुनियाँ बसाउनु। के गर्नु हामी जे जति गरे पनि त्यहिंको त्यहिं, त्यसैले मैले मेरो सुन्दर संसार रोजें यदी तिमीले मलाई माया गर्छौ भने मेरो खुसी हेर्न चाहन्छौ यदी तिमीले घृणा गर्छौ भनेत म के भनुँ, र मेरो हुनेवाला श्रीमान सँग मैले तिम्रो बारेमा पनि कुरा गरेको छु, अँ तिमीले चाह्यौ भने हाम्रो कम्पनीमा काम पाउने छौ रे र मेरो ठेगाना त्यहिं चिट्ठीसँगै लपेटिएको भिजिटिङ कार्ड पाउनेछौ, र चिन्ता गर्नु पर्दैन म तिमीलाई सहयोग गरिहाल्छु नी यदी तिमी शहर आयौ भने। हवस्त तिम्रो भबिस्य उज्ज्वल चाहने सरिता।

रमेशको शिर चकराउन थालेको थियो, उस्को गरिबीको उपहास गरिएको थियो, त्यो पनि आफुलाई हिंजोसम्म मुटु दिने कसम खाने प्रेमीकाले,, रमेश ले शायद जिबनमा यसरी कहिल्यै रुएको थिएन के रे, आज बतासेको चिउरी बोटलाई सहारा लिएर एक्लै रोई रह्यो, एक्लै केवल एक्लै,,,,, ! उसले पहिला पहिला घाँस दाउरा गर्दा सम्म सरितालाई पहिला भारी पुर्‍याएर मात्र आफुलाई भारी बनाउने रमेश आज केबल निरिह एउटा प्राणी जस्तो भएर रोई रह्यो। उसका रुवाईहरु त्यहाँका चराचुरुङी बाहेक अरु कसैले सुन्ने भएनन। ऊ अब मौन रह्यो दिनहरु उस्का लागी धेरै पिंडादायक भए पनि उस्ले एउटा संकल्प गर्‍यो। ऊ पनि भोलिपल्ट बिहानै एउटी आफ्नी आमा, बहिनी र कसैले थाहा नपाउने गरि गाउँ छोड्यो।

समयले नेटो काट्न कतिनै बेर लाग्छ र? हिउँद बर्षा हुंदै गैरहन्छ, रमेश गायब भएको पनि आज दश बर्ष भएछ। घरमा चिट्ठी चपेटा न केहि खबर, आमा चिन्ताले सुकेर सिन्का जस्तै भएकी र बहिनी पनि त्यस्तै नाजुक अवस्था। सबै रमेशको प्रतिक्षामा बस्दा बस्दा सबैले अब त रमेशकी आमालाई भन्न थाले,,, हैन हौ तिम्रो छोरा त कता हरायो शायद अब फिर्दैन होला,,, गाउँलेले यस्तो भनेको सुन्दा रमेशकी आमाले भन्थिन मेरो छोरा आउँछ एकदिन आउँछ,,, यसो गर्दै बाटो हेर्थिन। यसरी दिन बित्न थाले, उता सरिताको आवत जावत हुन्थ्यो र पनि रमेशको हालखबर उस्को बहिनी र आमालाई सोध्दिनथी र एकदिन सरिताको श्रीमान कम्पनीले लिएको ॠण तिर्न नसकेको भनी सबै कम्पनीमा तालाबन्दी अनि सरिताको श्रीमानलाई समेत पक्राउ परेको खबर पत्रीकामा छापिन्छ। यो खबर शहरमा मा मात्र नभै जताततै गाउँघरमा पनि फैलिन्छ। कम्पनी लिलाम भैरहेको पनि पत्रीकामा निस्कन्छ।

रमेश त्यतिबेला आफ्नो मालिकसँग १० बर्षको बाद जापन बाट फर्केको हुन्छ। आफ्नी आमा र बहिनीको के हाल सबै सम्झिन्छ। घर आउँछ। सबैले रमेश भनेर चिन्दैनन सबैले नयाँ मान्छे भन्छन। ऊ पनि आफ्नो परिचय दिदैन किनकि पहिलाको लिखुरे रमेश आज भद्र अनि भलाद्मी, हिंजो उस्ले पाएका धोकाहरु सिनेमाको पर्दा सरी घुम्न थाल्छ र पनि मौन अनि बहिनीको अवस्था देख्छ फाटेको कुर्तासुरुवाल अनि आमाको शरिर मा नियाल्छ टालेको चोलिया अनि गुन्यु देख्छ। मैले ठुलो गल्ति गरेछु आमा र बहिनीको असल छोरा र राम्रो दाजु बन्न सकिन भनि आफैलाई धिक्कार्छ। रमेशकी आमा हर्षले बिभोर हुन्छिन। बहिनीपनि हर्षका आँशुले आँखा टम्म भरिन्छ, र दाजुलाई भन्छिन दाजु तपाई कता हराउनु भयो? हामी लाई मात्र आशा थियो तपाई सकुसल हुनुह्न्छ भन्ने सबै गाउँलेहरु तपाईको बारेमा नराम्रा र अशुभ बोली बोल्थे रमेश पनि बोल्न सकिरहेको हुदैन, तरै पनि कोशिस को बाद बोल्छ, "बहिनी म यस्तै परिबन्दमा परेको थिएँ" कुरा सकिन नपाउँदै बहिनीले कुरा काट्छे कस्तो परिबन्द हो हामीलाई यत्रो साल सम्म एउटा चिट्ठी पनि लेख्न नहुने?" रमेश अलि शान्त हुदैं कुरा मोड्छ, बुनु हेर अब मा आएँ नरिसा ल, अब त दाजु सँग कति बस्छेस, म भोली नै तँलाई र आमालाई लिएर शहर जाँदैछौ। शायद हामी अब हामी उतै सदा सदाको लागी बस्छौ। यो गाउँ हाम्रो पुर्ख्यौली ठाउँ भएर पनि मलाई धेरै पिंडा दिएको छ। अब हाम्रा दाजुभाईलाई नासो छोडेर जाने नी हुन्न र? आमाले भित्र बाट रमेशलाई भनिन छोरा तँ त शहर गएर बनेर आईस होला भनेको त बिग्रेर आएछस, मलाई साह्रै दुख लाग्यो हेर! छोरा यो गाउँ भनेको तेरो बुबाको खुनले पोतिएको छ, हाम्रा पुर्खाहरुको रगतले सिञ्चित छ, त तँ कसरी छोड्ने कुरा गर्छस, कसरी भुल्न खोजिस बाबु? हेर नानी म मरे पनि यहि ठाउँमा मेरो अस्तु जल्नु पर्छ, म यहिं रहन्छु जुन आज सम्म तँ दश बर्ष बिदेश बसेर आएर पनि मलाई यहि भिर पखेराले सहारा दिएको थियो र मलाई बाँचुञ्जेल यही भिरपखेरा र गाउँबेशीले सहारा दिनेछ। जन्मेको ठाउँ भनेको छोरा आमा भन्दा प्यारो हुन्छ, आमाले छोडेर जान्छिन तर जन्मेको ठाउँ सदा-सदा हाम्रो निम्ती काख फिंजाएर स्वागत गरिरहेकी हुन्छिन चाहे त्यो भिर होस चाहे त्यो पखेरा जन्मभुमी भनेको हामीले सदा श्रद्वा गर्नु पर्छ छोरा। त्यसैले त्यो तेरो शहर बस्ने सपना छोडिदे, भोलि कतै त्यहिं तेरि पहिला की प्यारीको हाल त नहोला गाउँमा बस्दा, दुनियाँले नराम्रा कुरा त काट्न पाउँदैनन, कमसेकम गाउँघरमै गरेर खायो भने। एका तिर आमाको कुरा मनमा छिर्‍यो रमेशको पनि, आखिर मलाई छोडी गएको र शहरको आलिसान महलमा बस्न गएकी मेरी प्रेमिका आज त्यो हालमा छिन भने र उन्ले लत्याएर गएको ठाउँ मैले पनि लत्याएँ भने कस्तो हालत होला भोलि यो ठाउँको, म यही ठाउँमा बस्छु भन्ने निर्णय गर्‍यो रमेशले आमाको सम्पुर्ण कुरालाई उसले सहर्स स्वीकार गर्‍यो। आफुले कमाएको सम्पत्ती सम्पुर्ण आफ्नो गाउँमै आफ्नो नाममा ठुलो ठुलो सिपमुलक केन्द्र हरु खोल्यो। नयाँ गाउँको नयाँ नमुना शुरुवात गर्‍यो, उसको तालिम केन्द्रबाट उसलाई ५० प्रतिशत नाफा र ५० प्रतिशत गाउँको सेवार्थ छुट्टायो। अहिले रमेशको गाउँभरि वाहवाही छ। तरै पनि रमेशमा कुनै सन्तुष्टी छैन, केवल आमा र बहिनीको ईच्छालाई मात्र शिरोधार्य गरेको हो उसले। उता शहरको सपना बोकेर आफुलाई लत्याउने उसकी प्रेमिका सरिता उसको कुहिएको आडम्बर देखी पछुटाउन सिबाय अरु केहि देख्दिनन। उनी रमेशको सामु कहिल्यै पर्दिनन, शहरको घर जग्गा सबै साहु महाजनले लिएपछि उनि आफ्नै माइतीमा आफ्ना बच्चाको साथ लुटपुटिन परेको छ। रमेश कहिल्यै कहिल्यै उनीहरुको दैलो तिर चिहाएर हेर्दैन, तर उसकी बहिनी रजनी चाँही दाजुले यो ब्यबहार गरेको मन पराउँदिनन र भनि रहन्छिन दाजु, बैगुनीलाई त गुणले मार्नु पर्छ। तपाईले सरिता दिदीसंग दुई बचन मिठो बोल्दा के नै सकिन्छ र? त्यसैले दाजु हामीले कहिल्यै पनि हाम्रो भावना र हाम्रो ब्यबहारहरु बदल्नु हुन्न, तपाईंले त त्यो सिक्नु पर्छ अरुको गल्ती हेरेर आफुलाई सुधार्ने कोशिस गर्ने, अनि अरु जो गर्छन उसको ब्यहोरालाई अनुसरण गर्ने हैन आफ्नो असल ब्यबहारलाई अरुसामु ल्याउने त्यहिं तपाईलाई सहि मार्ग र सहि दिशा तिर डोर्‍याउने तपाईको सहि ब्य्बहार अनि सहि आचरणले र तपाइँको सहि ब्यबहारलाई अरुले सिकुन भोली मेरो दाजु दुनियाँको सबै भन्दा असल दाजु भएको हेर्न चाहन्छु र भनेको हेर्न चाहन्छु।

आमा र बहिनीको आफ्नो गाउँ प्रतिको मोहले र गाउँघर प्रतिको श्रद्वाले रमेशको समेत शिर निहुरायो । रमेश अवाक रह्यो, अनि भन्यो ल आमा र बहिनीको यो नै बिचार हो भने म सहमती छु । हामीले यहीं बस्नु पर्छ तर म त्यो दिनहरुको खाटा के ले पखाल्ने ? म कहिले पनि मेट्न सक्दिन ति खाटाहरु जो मेरो दिलमा एउटा ठुलो घाउ बनेर दुखिरहन्छन । भन न बहिनी म कसरी ,,,,, ? यो कुरा सुनेर आमाले भित्र बाट जवाफ दिन्छिन्, थुईक्क नामर्द हात्ती छिर्‍यो पुछार अड्क्यो मैले कति पल्ट भनि सकेको छु, हामी सँग सम्पत्ति नहुन सक्छ तर हामीले कहिले आफ्नो इमान बेचेको छैन छोरा तँलाई म जसरि पनि एउटा तलाईं सुहाउने बुहारीको ब्यबस्था गरिदिन्छु हुन्न,? आमा मैले त्यो भन्दा धेरै कसैलाई माया गरेको थिएँ, अब मैले त्यो माया कसैलाई पनि गर्न सक्दिन । किनकी माया एक पल्ट गरिदो रहेछ आमा, घरि घरि हैन । छोराको कुरा देखि आमा वाक्क भैइन अनि मौन रहिन ।

रमेश ले भुल्नै नसकेको त्यो प्रेम र गाउँमा रहनु पर्ने बाध्यता उसको जिबन भरिको पासो भएको छ। ऊ सोंच्ने गर्छ र मनमनै आफैले आफैलाई प्रस्न के मायाको मुल्य सम्पत्तीसँगै जोखिन्छ त? के माया केवल देखावटी रुपमा मात्र लाईन्छ त? के मायाले राम्रो बाटो पाउन साथ अरु बाटो छोडी रंग नै बदल्नु पर्छ त सम्पुर्ण जवाफको उत्तर चिसो हावाले सुसेलेर दिन्छ सनननननन चिसो पनाले उसलाई कतै आफ्नो बिगत बाट उतार्ने कोशिस गर्छ। ऊ केवल एउटा जिउँदोलाश रुपी जिन्दगी जिएको छ! केवल जिउँदो लाश!!

9 comments:

>Jotare Dhaiba< said...

कति मजाको कथा लेख्‍नुभयो दुम्मालीजी, रमेशकी आमा पात्रको बारेमा त भन्नुपर्ने कुरा केही छैन । आमा त्यसै पनि महान् हुन्छिन्, उनको विचार महान् नहुने कुरे भएन । तर रमेशलाई के भन्ने ? त्यत्रो छँदाखाँदाको माया गरिबीका कारण गुमाएको छ, र पनि भाउन्न छुट्दाछुट्दै पनि सहेर बाँचेको छ हार नमानी । अचेल त माया मान्छे प्रेम होइन 'बाइक-प्रेम' हुन पुगेको छ (युवतीहरूको सवालमा), जसले सयर गराउन र झटपट सपनाको यसो स्वाद चखाउन सक्यो माया उसके पोल्टोमा झुल्छ ! र रमेश अर्कोतिर पुर्खाले गोडमेल गरेको गाउँ त्याग्ने विचार गर्छ । यो कथाको सत्यनिष्ठा पनि मैले यहीँनेर पाएँ । खासमा आजको सहरिया हावाले छोएको परिवेशमा प्यारो मेरो गाउँ भनेर बस्ने त्यस किसिमको आदर्श पात्र पाउनै र कथामा ल्याउनै मुश्किल छ । तर पनि कथा केही नाटकीय छ । खराब पक्षको हार र असलको जित देखाउने हतारोमा झटपट स्थिति सल्टिएर घटनाक्रम रमेशको पक्षमा पुगेको छ ।
फेरि पनि कथालेखन अघि बडिरहोस्, शुब कामना !

बेदनाथ पुलामी ( उमेश ) said...

lekhdai jaanus hai .... m laai pani ramro laagyo ....
keep it up...........thanks

सिकारु said...

b.j.जी सामाजीक परिबेशमा गुज्रीएको आजको बढदो माया प्रेमको यथार्त बिषयलाई केलाउनुभएको रहेछ मलाई त अति नै मन प-र्यो । मिठो लेखको लागि धन्यबाद ल ।

B.J. Dummali said...
This comment has been removed by the author.
B.J. Dummali said...

धाईबा जी तपाईलेमेरोब्लगमा पाईताला राखी आफ्नो अमुल्य समय दिनु भएकोमा मुरी मुरी धन्यबाद, अनि मेरो कथाको कुनै पक्ष नमिलेको कथा पढेर आफ्नो समय दिएर मलाई फेरी फेरी लेख्ने अवसर दिनु भएकोमा धन्यबाद फेरी फेरी आउदै गर्नु होला,

अनि बेदनाथ जी अबस्य समयले साथ दिदै गएमा लेख्दै जानेछु।

मेरो छिमेकी मित्र सिकारु सुर्य शर्मा जीलाई पनि धेरै धेरै धन्यबाद अबस्य तपाईंहरुको यो अमुल्य सुझाबहरुलाई मनन गर्ने छ यो तपाईंरुको बामे सर्दै गरेको भोजपुरेले,,,,,, धन्यबाद!

Google Nepal Directory said...

Submit your blogs or website to http://www.googlenepal.co.cc/directory

Anonymous said...

perfect.....

Anonymous said...

perfect.....

Anonymous said...

nice

Blog Widget by LinkWithin