कबिता

मेरो शान्त अरुण!

आँधीबेहेरी र घनघोर बर्षात आएपनि
चुपचाप रही रहन्छ मेरो अरुण ।
कैंयौ पिर ब्यथा मिसिएपनि
लाखौं खहरेले किचिए पनि
आफ्नै धुनमा हराई रहन्छ ।
न त सुख्खा खडेरी सँगै
डगमगाएर आफ्नो यात्रा भुल्छ
न त झरीसँगै घमण्डले फुल्छ ।
केवल आफ्नो यात्रामा सुरिएको
कसैको छेकबारले न रोकिएको,
निस्छल अनि शान्त मेरो अरुण
तिम्रै आश्रममा हुर्किएका सबै तिम्रा
सन्तानहरु तिमी जस्तै बनेर बग्ने छन ।
तिमी जस्तै महान बन्न, तिम्रो पिछा
गरी रहनेछन ।
त्यो सन्देस तिमी दिदैं जाऊ,
तिमी जस्तै शान्त अनि निस्छल
रहने सन्देस दिदैं जाऊ ।
जहाँ जहाँ तिमी बहन्छौ तिमी
शान्तिको सन्देस र तिमी जस्तै
महान बनाउँदै जाउ अरुण!
तिमी जस्तै महान अनि शान्त ।

बि. जे. बान्तवा राई

ठुलो दुम्मा-९, भोजपुर

2 comments:

सिकारु said...

हैन बे जे मित्र आजभोलि निकै प्रकृतिप्रेमि बन्नुभएको छ नि । मातृभुमि र प्रकृतिसंग यसरि जाग्दै जाने हो भने हाम्रो धेरै नै उन्नति हुने थियो होला हगी । मिठो कबिताको लागि धन्यबाद ।

B.J. Dummali said...

samayale nai yaso kahile kahi doryaaudo rahechha sikaaru jee, ke garne.

Blog Widget by LinkWithin