कबिता

मेरो जननी भोजपुर.........!

न हल, न चल्,
सबै चीज बाट अचल पारीएको
बिकासको शब्दैबाट पर सारीएको
मेरो प्यारो जननी भोजपुर ।
हजार चुनाव आएपनि, न उसमा छ हर्ष्,
न चुनाव पछी नै आएको छ बिकासको बर्षा
कुना-कुना फेरिए, बिजुली र सडकले
अरु तिरै घेरिए, निमुखा र निम्छुरो भएर
टोलाई रहेछ, मेरो जननी भोजपुर ।
न कुनै नजर्, न कसैको माया,
छिमेकिलाई चिहाउँदै रोप्छ आसतित छाँया
आशै आशाको मझधारमा उभिएको मेरो भोजपुर ।
चुनावका लहरसँगै पटक पटक मिठा
आस्वसनबाट बलात्कृत मेरो भोजपुर ।
पचहत्तर जिल्ला भित्रै बिर्सिएको,
एउटा दुर्गम जिल्ला नामंकरण गरिएको
मेरो जननी भोजपुर ।
दुधकोशीले घेरेपनि, अरुणले हेरेपनि
अबिकसित हुनुको ज्वाला पिईरहेछ,
समबेदनाका आशाहरु लिएर आफ्नै
परिसर ट्याम्के र मैयुँ सुम्सुम्याउदै
आफ्नो आत्मा, आँफैले सान्त्वना दिदै
हृदयको पिंडा पखाल्न, साल्पा र पिखुवाको
सहारा लिंदै बाँचीरहेछ मेरो भोजपुर ।
बिकास बाट हजारौ पटक्, ग्रहण लागेपनि
आफ्नै सौन्दर्यको निहरिका भित्र हराईरहेछ,
मैन बत्तिले झैं उज्याला किरणहरु दिरहेछ ।
पुन्: नयाँ नेपालको नयाँरुपसँगै,
आशाको दियो बालेर उभिएको छ
मेरो जननी भोजपुर्, प्यारो भोजपुर ।

बि. जे. बान्तवा 
ठुलो दुम्मा-९, भोजपुर

4 comments:

डीआर न्यौपाने'सूर्य' said...

वाह.. जन्भुमिको कति माया हगि.. बडो भावपुर्ण तरिकाले बर्णनगर्नुभएको छ ।

अनि कति राम्रो ठाउ मनै लोभ्याउने thnx.

Unknown said...

हो नि सिकारु जी, पहाडहरु कति सुन्दर छन तरै पनि हामी अलिकति प्वाँख पलाउन साथ पहाड छाडेर, जान्छौ, जहिले पनि पहाडहरु एउटा सन्तान बिहिन आमा जस्तै रुखो मन लिएर रुइरहेका हुन्छन, हामी कहिल्यै पहाडको मर्म बुझ्दैनौ। धन्यबाद सिकारु जी तपाईको अगमनको लागि। फेरि फेरि आउँदै गर्नु होला।

Anonymous said...

ma mare pani mero desha baachi rahosa..............!

Anonymous said...

malai khusi lagyo gaunbeshi ko maya sameti lekhieko kabitaharu padhna paauda.

Blog Widget by LinkWithin