कबिता


कबिता
“आग्रह”

तिम्रो यादसँग नाता हिंजो नि थियो
तिम्रो यादसँग नाता आज पनि छ।
दुख्ने मुटु हिंजो पनि थियो
त्यहीं मुटु आज पनि छ।
तिमी र मैले हिंजो गरेको प्रेम
आज पनि उस्तै ताजा छ।
प्रेमको दुरीमा मलाई छोडि धेरै टाढा पुग्यौ
बाधा र अडचनका खुड्किला शायद थिए होलान।
कहिलेकाही दुखका पलसँगै मेरो याद आए
फर्केर आउ मेरो संसारमा
अझै पनि ढोका खुल्लै छ।
तिम्रो सम्झनामा काँचो बिताएको रात हिंजो पनि थियो
त्यही काँचो रातहरु आज पनि छ।

बि जे बान्तवा राई
ठुलो दुम्मा-९, भोजपुर

No comments:

Blog Widget by LinkWithin