कबिता


म त परें मान्छे हजुर
मन परि गर्छु
मेरो बशमा चल्नेजतिलाई
दोहोलोनै काढ्छु
ठुलो ओहोदा पाइना भने
गुण्डागर्दी गर्छु
मेरो कुरा नसुन्नेको
छाला पनि काढ्छु।

म त परें मान्छे हजुर
मन परि गर्छु
मन परे कुर्सीमा बस्न
नेतागिरी पनि गर्छु
बिकाशको कुरा गर्नै पर्दा
काठमाडौंको टुंडिखेलमा उभी
मेची र कालीको सम्बोधन गर्छु।

म त परें मान्छे हजुर
मन परि गर्छु
बिदेश गै खुन पसिना बगाउनेको
कदर बहुत गर्छु।
भन्सारमा उभ्याई उभ्याई
दोहोलो नै काढ्छु
एक् पैसाको समान दस पैसाको भन्सार
यति मात्रले कहा चल्छ मेरो पापी संसार।

म त परें मान्छे हजुर
मन परि गर्छु
दुहुनाको के को खाँचो?
एजेन्सी र मेनपावर छँदैछन
मेरा दुहुना सरि
रेड लेबल र बल्याक लेबल
बगिरहन्छन मेरा निम्ति पानीसरि।

मत परें मान्छे हजुर
मन परि गर्छु
पैसाको पाएँ भने
अपराध त के
सबै चीजनै भुलिदिन्छु
चेलीबेटी बेचबिखनमा
आगाडीनै हुन्छु।

मत परें मान्छे हजुर
मन परि गर्छु
मेरो बिरोध गर्नेको
गर्धन पनि रेट्छु
दामको भेल बर्साएर
खुनको बैतर्नी तर्छु
मेरो बिरुद्वमा बोल्नेको
नामोनिशान मेट्छु।

म त परें मान्छे हजुर
मन परि गर्छु
मेरो नाम जताततै
काँढासरि छर्छु
मेरो नाम सुन्न साथै
सबै शिर निहुराई झुक्छन
ड्राकुलाको छोरा भन्दै
सबै भित्र लुक्छन
म त परें मान्छे हजुर
मनपरि गर्छु।
-बि जे बान्तवा

No comments:

Blog Widget by LinkWithin