बि जे बान्तवा राई
"बुद्व तिमी ब्युँझ"
बुद्व तिमी ब्युँझ अब
यहाँ धेरै ठुला ठुला तमासाहरु भैसके
धेरै हाम्रा आमाहरु आँशुले नुहाइसके
धेरैका पत्निहरुको सिउँदो पुछिइसके
धेरै स-साना बाल्-बालिकाहरुले
टुहुरोको उपमा पाईसके
नगन्या यहाँ घरबार बिहिन भैसके
यहाँ पानी हैन रगतको मुल फुटेको छ ।
तिमी किन चुप बसी रहन्छौ?
तिम्रा भक्तहरु, तिम्रा चेलाहरु
आफुले आफैलाइ बिर्सिसके
तिम्रो उपदेशलाई बिर्सी
अशान्तिको बाटो रोजी सके
ब्युंझ अब तिमी ब्युंझे मात्र
यहाँ शान्तीको बिजारोपण हुनेछ ।
यहाँ असाहयहरु तिम्रै प्रतिक्षामा
पल पल तड्पिरहेछन
दुखी, गरीब र निमुखाको लागि ब्युंझ अब
तिमी जन्मेको धर्तिमाता चिरा चिरा 
पर्न लागे कि छिन
के तिमी यो सब तमासा हेर्न सक्छौ?
कति सम्म आँखा चिम्ली बसी रहन्छौ,
तिमीले एक पल्ट आँखा खोलेर हेर 
आमाको छातिमा धाँजो फाटेको देख्ने छौ 
आमाको पोल्टामा बम बारुदको 
खेतिहरु फस्टाएको देख्ने छौ ।
आज आफ्नो सन्तानको लागि आमा मौन छिन
आमाको मौनतालाई बुझ्ने कोशिस गर
तिमीलाई पनि यही नेपाल आमाले
जन्म दिइन्, आज त्यो गुन
चुकाउने मौका आएको छ
त्यसैले तिम्रो ब्युँझने बेला यही हो
अब पनि तिमी ब्युँझेनौ भने
तिम्रो बुद्वत्वमा बुद्वत्व नै रहने छैन
तिम्रो उपदेशको पालना गर्ने छैनन
त्यसैले एक पल्ट ब्युँझ 
बुद्व तिमी ब्युँझ ।



.png) 







 
 
 
 

 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 


 
No comments:
Post a Comment