कबिता



मनको पृथककरण र पुनरुत्पादन माग्दैछु,,,,।

सपनाको तिलिचोमा
चुर्लुम्म डुबेर सप्तरंगी
इन्द्रेनी खोज्ने मन,
बक्ररेखा झैं गोरेटोमा
समानताको नाप खोज्दै
निराशताको एन्टार्टिका
भित्र हराईरहेको छ,,,

पाईलै पिच्छे कैक्टसका
तिखा काँढा टेक्दै
कमल टिप्ने यात्रा आज
त्यहीं स्वार्थी मनको
प्रशान्त महासागर भित्र
निस्वासिँदै डुबुल्की मारीरहेछ,,

सोंची रहन्थे म,
सोंचभित्र कति बहुरंगी
गुलाफहरु फुल्छन
त्यहिं गुलाफको तिखो काँडाले
खिलिएको मुटु लिएर
भग्नावशेश सुमेरुमा
गुलाफ रोप्ने होडमा
अलकत्र झैं पटक पटक
कुल्चिई रहेछ,,,,,,,,

यात्रा भरि, कैंयौ अँध्यारी रात
अनी पारिला घामसँगको
संघर्षमा शहिद बनेको,
चिहानस्ँगै मेटिएको
प्राण पखेरुले आफ्नो गन्तब्य
लिई आफैबाट सन्याँस लिएको
भु-गर्भ भित्र लिप्त कंकाल
भोकाको गाँसभित्र अटाउन
लागेको एक छेस्का मन,,,

स्वर्गाभिमुख सदृश
जिओग्राफि भित्र
हेरेसस आत्मा
जिओमेट्रीकल प्रोगेसनको
स्पीड धडकन धड्किरहेको छ
अँध्यारी भित्र एक्लै,,,,,,,

बिष्मातको भण्डार अटेस मटेस हुँदा
बामियान को बुद्द झैं आकृती बिहिन हुदै
बिबशताको छो-रोल्पाहरु
स्वीस क्रोनो भित्र टिक टिक गर्दै
यत्र तत्र छरपष्टिन्छन
चिच्याहटसँगै चोक्टा चोक्टा भएर,,,,,

त्यसैले म ,,,,,,,,
बौद्दिक्ताका भखारी ति बिद्वानहरुलाई
मौनब्रती अदालतमा पुनरुद्दारको
लाख दियो प्रज्वलित गरी,
मस्तिष्कको जस्केलामा
बिचलित मनको पृथककरण
र पुनरुत्पादन माग्दैछु,,,,।

18 comments:

दूर्जेय चेतना said...

साह्रै लेख्नु भयो यस पालि। गाह्रो शब्दहरुको प्रयोगले होला बग्दा बग्दै कतै कतै रोकियो।।। खोजे र बुझे निकै रमाईलो भाव र यथार्थ कबिता।।।

Deeps Shah said...

बिकिर्ण चिन्तनको छाती मा टेकेर बिस्मित यथार्थको तिक्तता पोख्दै युगिन परिवर्तनको अभिलाषा मा कवी B J baantawa भन्नुहुन्छ " त्यसैले म ,,,,,,,,
बौद्दिक्ताका भखारी ति बिद्वानहरुलाई
मौनब्रती अदालतमा पुनरुद्दारको
लाख दियो प्रज्वलित गरी,
मस्तिष्कको जस्केलामा... See more
बिचलित मनको पृथककरण

र पुरुत्पादन माग्दैछु,,,,।

यो हो हाम्रो काब्यिक धरातलमा आधुनिकता माथिको उत्तरआधुनिकताको प्रलेप ,,यही हो नबिनता जहाँ युगिन चेत ,परिवर्तनको ध्योतक कम्प ,यथार्थको पारदर्शिता कला र शिल्पको अदभुत सम्योजनमा शानदार उभिएको हुन्छ ठ्याक्कै यही रचना जस्तो। साच्चै नै बिचलित मनको पृथकिकरण आजको समयको ,युगको माग हो । अबको पुनरुत्पादनमा परिवर्तनको गुराँस फुल्नुपर्छ त्यो पनि बौद्दिकताको पुष्पदल र बिचारको शुवास बोकेर। मेरो पुरापुर समर्थन् र सलाम पनि!!!!

Manu Thada Magar said...

tapai ko bhawana haru ta dai sarhai gahakilo hunchha bhaneko sachai ramro chha kabita dhanyabad share garnu bhyeko maa

Indra Dev Rai said...

Sir kabitama dherai nai sahitya ghuseko jasto lagyo.Sahitya alik bujhna sakdina.Tara kabitama shabdako chayan bado garbilo 6,Tkanks!!!

Hemanta Pardeshi said...

कला र जीवन दर्शनको साझा सङ्गम भन्न रुचाएँ मैले, तपाइको लेखन यात्राले निरन्तरता पाइरहोस्, शुभकामना !

Hari Manadhar said...

अति सुन्दर शब्दहरूको सँगम गराउनुभएकँ जीवन दर्शनमा आधारित कविता । कविता अति सन्दर बनेकाले होला पढिरहुँ मात्रै भइरह्यो । धन्यवाद ।

Pankajstrugle Rai said...

1st of all यती मिठो कविता पस्केर डाइनिङ टेवल मा ट्क्राउनु भएकोमा b.j G धन्देबाट , र तपाईंको लेखले निरन्तर ता पाउस् मेरो शुभकनना छ ,

Manu Lohorung Rai said...

आफ्नै महत्वाकांक्षका पहाडहरु भित्र पनि फेरी जीवन दर्शनको लेखा जोखा गरिएको यो कविता भाव र शब्दकलाले मज्जाले लेपिएको छ l नविन काब्य शैलीको प्रश्तुती बेजोड छ l अब पक्कै युगिन पुष्पहरुको पुनरुत्पादन अझ भनौ नश्ल सुधार भएर निस्किन हुनु जरुरी छ l
त्यसैले म ,,,,,,,,
बौद्दिक्ताका भखारी ति बिद्वानहरुलाई
मौनब्रती अदालतमा पुनरुद्दारको
लाख दियो प्रज्वलित गरी,... See more
मस्तिष्कको जस्केलामा
बिचलित मनको पृथककरण
र पुरुत्पादन माग्दैछु,,,,।
यो एक परिवर्तनकारी युगिन कवितालाई मेरो हार्दिक सलाम !!!

Bhagawati Basnet said...

अति राम्रो पढिरहुँ जस्तो र पढे पनि जीवन दर्शनमा आधारित कविता अति सुन्दर छ!!!बधाइ, लेखन यात्राले निरन्तरता पाइरहोस्, धेरै शुभकामना!!!

Mina Bantawa Rai said...

बि.जी. सर यहाँलाई यो वास्तविक बोकेर धलाक्क ढल्किएको मिठो जत्ति पढ्यो उत्ति पढून मन लाग्ने र सबै हरफहरु उत्तिकै गहनता बोकेको युग कविता मिठो गरि पस्किनु भो र मन मोहक बनायो आज ,धेरै पहिले देखि मैले हजुरका कविताहरु हेरेको हो तर यहाँको फेस्बूक्मा धेरै भएको थियो नदेखेको आज पढ्नु पाएर खुसि लागेको छ कलमको सलाम छ ,,, अनि साथमा एति धेरै राम्रो कविताको लागि धन्यबाद छ भन्न चहान्छु,
************
पाईलै पिच्छे कैक्टसका
तिखा काँढा टेक्दै
कमल टिप्ने यात्रा आज... See more
त्यहीं स्वार्थी मनको
प्रशान्त महासागर भित्र
निस्वासिँदै डुबुल्की मारीरहेछ,,

Mukesh Rai said...

बि जे भाई, एक चोटि ले चित्त बुझेन फेरी पढें अनि पटक पटक पढें जत्ति चोटि पढें त्यत्ति चोटि तपाईंको कबिताको भावमा गहिरिएँ, एउटा नौलो अनुभुती मन भरी सल्बलायो ! साचैँ मिठो कबिता लेख्नु भएछ ! तपाईंको कलमले निरन्तरता पाइरहोस्, शुभकामना !
सम्झनु भएकोमा धन्यवाद !

Shashi Thapa Subba said...

hamro sadharan bhanda sadharan rachanaharulai uchchakotiko comment garnu hune B.J. bhaiko yas rachanale malai comment garnunai aat aayena...tapaiko tyo kalam samaune hatharulai salam gare hai bhai .

Abaj Sharma said...

एउटा स्तरीय रचना ।

Bashanta Gautam said...

स्तरीय कविता बि जे भाइ!

LoZar Ghising said...

dhanyavad cha bro yo gahakilo kavitako lagi saro sundar cha...

Shanta Jhakri said...

जीवन र दर्शनमा आधारित एक उत्कृष्ट कविता । बधाई छ वि. जे. जी !

Chandra Gharti Magar said...

हो मैले पनि त्यही भन्छु, जीवन दर्शनलाई कलात्मकताले सिङारिएको रचना । उचित बिम्ब चयन र सहि शब्दसन्योजन निकै लोभलाग्दो लाग्यो । भाव भित्र म अझै पनि आँफैलाई खोजिरहेकोछु । परिवर्तनकामी पाइलाहरु कहिल्यै नबिसाउन । शुभकामना ।

Dummali BJ said...

मेरो आफ्नो छोटोमनको थोपाहरु पोख्न खोजेको थिएँ आज केही हाम्रा कबि-कबियत्री महोदयहरुको टिप्पणी र सुझावहरु पोखेको छु यसरीनै तपाइहरुको माय र आशिर्बाद पाइरहनेछु भन्ने आशा र बिस्वास लिएर म अगाडी बढ्ने छु ।

Blog Widget by LinkWithin