कबिता


फोहोरी उन्माद....!

यहाँ खुशीका नाममा गन्तब्य भुले पछि
ब्यथा बोकी भौतारिन्छन नतमष्तक जवानीहरु
सिंङ्गै नदी निल्दा सम्म अतृप्त छन
ति अग्ला हिमगिरीले नछेकिने कहानीहरु
फोहोरका डंगुर झैं बनाउदै जान्छन आफ्ना जिबनीहरु
यहाँ कागजको कुनै औचित्य छैन,
क्षणिकतामै पोतिन्छन लिलामी दस्तावेजहरु
सडकहरुमा यत्रतत्र रंग बिहिन अनी
सबै मस्तिष्कमा घृणित छापाखाना बनेर
कति गहन अनी बहन गर्छन आफ्नो
अदम्य शाहसहरुलाई ति चार पर्खालको
बिचमा कालो रातको सहारा लिएर
भबिस्य सिङ्गो नाङ्गिन्छ उज्यालोमा
पछुतोको निलडाम अनी बदनामीको दाग भएर
त्यसैले बैंशले मात्तिएका ए कुखुरे हो
आफ्नो फोहोर फाले पछि कन्टेनरको
मुख बन्द गर, तिमीहरुको फोहोरको
गन्धले यहाँ शहरहरु बस्तीहरु सबै
दुर्गन्धित भएका छन, अनी स्वास लिनै
धौ धौ परिरहेछ, यहाँका गल्लीहरु
त्यसैले यो तिमीहरुको उन्मादिलो बाहिरै
पोखिहिंड्ने फोहोरी जवानी मेटासिड पिएर
मेटाइदेऊ, तिमी मर्दा फेरी फेरी
तिम्रा फोहोरी उन्मादले यहाँ ठाउँ जमाउने छैन।

3 comments:

सूर्य/सिकारु said...

वाह क्या मजादर कविता ! मलाई तपाइको कलम दिनदिनै तिखो हुदै गएको अनुभव भैरहेको छ b.j. जी
सफलताको कामना ।

बेदनाथ पुलामी ( उमेश ) said...

बि जे जी ले निकै आफ्नो आक्रोश पोख्नु भएको रहेछ - शसक्त भाव रहेको छ !
तर जति कराए नि उस्तै हुन्न - सुतेको मान्छे उठाउन सकिन्छ रे ! तर सुते जस्तो गर्ने लाइ भलै केहि गर्न सकिन्न रे - त्यस्तै हो सर !

B.J. Dummali said...

Surya jee dhnyabaad, tapaiko herai ko jaya hos, ani bedanaatha jee tapaiko kuraa sahi ho dhanyabaad coment ko lagi ...

Blog Widget by LinkWithin