मेरी दिदीलाई सन्देश ..!
आफ्नै रहरबाट बेचिएकी छे मेरी दिदी,
आफ्नो चाहना अडिग मेरी दिदी,
आमाबुबाको कुरा वास्ता नगर्दा,
मेरो रुवाईको प्रबाह नगर्दा,
आज आफ्नै मुर्ख्याईको नसा पिरहेकी छे।
पराईको त्यो भुमी न कसैले सोध्ने
न कसैले खोज्ने उनलाई।
त्यहाँ केवल उनले गरेको कामको दाम
अनी नानीबाबुको सट्टामा च्ट्ट्याङ झैं
गाली गलौजको फोहराहरु।
अहिले आफैले आफैलाई धिक्कार्न बाहेक
उनको अर्को उपाय छैन त्यहाँ।
आफ्नो रहरको जञ्जीरले बेरिएकी
मेरी दिदी घरको ढिंडो र गुन्द्रुकले मत्तिएकी
मेरी दिदी, आज आँखा भरी आँशु लिएर
त्यो बिरानो शहरको मिठो जाउलो खाँदैछे।
यहाँ बस्दा आमालाई दंग्याएर लाढे पल्टिन्थी।
दशैं, तिहार, पालम, साकेवा,
रोधी सबै रंगीन बनी झल्किन्थी।
आज तिनैको सम्झनामा आँशुले मेटिएको
चिट्ठी लेख्छे मेरी दिदी।
म उनको त्यो मर्म बुझेर के गर्नु,
उनले दिएको आमाबुबालाई,
त्यो गहिरो पिर लाई म के गरौं?
न म कुदेर त्यहाँ पुग्न सक्छु,
न म उडेर त्यहाँ पुग्न सक्छु,
त्यसैले यो मेरी दिदीलाई छोटो सन्देश
दिदी, त्यो तिम्रो आँशुको मोलले
न कुनै खोला थुन्न सक्छ,
न आकाशको जुनतारा टिप्ननै,
त्यसैले फर्क दिदी यही तिमीले लत्याएको गाउँबेशीमा
तिमीले त्यो तिम्रो आँशुको मोलले किनेको
जाउलो भन्दा मिलिजुली पकाएको
त्यो तातो खोले मिठो छ।
तिमीले लगाउने त्यो बख्खु भन्दा
यहाँको फरियाचोलीमा सजिन्छौ
त्यागीदेऊ सबै ति तिम्रा खोक्रो अनि
अशिमित दुखी चाहनाहरु।
फर्केर आऊ, तिमीले टेकेको धर्तीले,
तिमीलाई नै स्वागत गरिरहेको छ।
अनी तिमीलाई जनम दिने आमा
अनी कर्म दिने बुबा र म तिम्रो
रक्षा गर्ने भाई सधैं सधैं तिम्रो,
स्वागतमा आँखा ओछ्याएर पर्खेका छौ,
तिमी फर्केर आऊ।
आफ्नो चाहना अडिग मेरी दिदी,
आमाबुबाको कुरा वास्ता नगर्दा,
मेरो रुवाईको प्रबाह नगर्दा,
आज आफ्नै मुर्ख्याईको नसा पिरहेकी छे।
पराईको त्यो भुमी न कसैले सोध्ने
न कसैले खोज्ने उनलाई।
त्यहाँ केवल उनले गरेको कामको दाम
अनी नानीबाबुको सट्टामा च्ट्ट्याङ झैं
गाली गलौजको फोहराहरु।
अहिले आफैले आफैलाई धिक्कार्न बाहेक
उनको अर्को उपाय छैन त्यहाँ।
आफ्नो रहरको जञ्जीरले बेरिएकी
मेरी दिदी घरको ढिंडो र गुन्द्रुकले मत्तिएकी
मेरी दिदी, आज आँखा भरी आँशु लिएर
त्यो बिरानो शहरको मिठो जाउलो खाँदैछे।
यहाँ बस्दा आमालाई दंग्याएर लाढे पल्टिन्थी।
दशैं, तिहार, पालम, साकेवा,
रोधी सबै रंगीन बनी झल्किन्थी।
आज तिनैको सम्झनामा आँशुले मेटिएको
चिट्ठी लेख्छे मेरी दिदी।
म उनको त्यो मर्म बुझेर के गर्नु,
उनले दिएको आमाबुबालाई,
त्यो गहिरो पिर लाई म के गरौं?
न म कुदेर त्यहाँ पुग्न सक्छु,
न म उडेर त्यहाँ पुग्न सक्छु,
त्यसैले यो मेरी दिदीलाई छोटो सन्देश
दिदी, त्यो तिम्रो आँशुको मोलले
न कुनै खोला थुन्न सक्छ,
न आकाशको जुनतारा टिप्ननै,
त्यसैले फर्क दिदी यही तिमीले लत्याएको गाउँबेशीमा
तिमीले त्यो तिम्रो आँशुको मोलले किनेको
जाउलो भन्दा मिलिजुली पकाएको
त्यो तातो खोले मिठो छ।
तिमीले लगाउने त्यो बख्खु भन्दा
यहाँको फरियाचोलीमा सजिन्छौ
त्यागीदेऊ सबै ति तिम्रा खोक्रो अनि
अशिमित दुखी चाहनाहरु।
फर्केर आऊ, तिमीले टेकेको धर्तीले,
तिमीलाई नै स्वागत गरिरहेको छ।
अनी तिमीलाई जनम दिने आमा
अनी कर्म दिने बुबा र म तिम्रो
रक्षा गर्ने भाई सधैं सधैं तिम्रो,
स्वागतमा आँखा ओछ्याएर पर्खेका छौ,
तिमी फर्केर आऊ।
1 comment:
निकै राम्रो – कविता, BJ Bantawa Rai जी !
अनि यस नव बर्ष (अंग्रेजी बर्ष ) को उपलक्ष्यमा यहा लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!
Post a Comment