गजल

जाउँला

तिमीलाई खुशी मिल्छ भने सागर म नै तरी जाउँला
तिम्रो रंगीन दुनियाँबाट बसाईँ म नै सरी जाउँला।

मलाई देख्दा तिम्रो दिलमा बेदनाले सिर्का हान्ला,
मेरो यादको डोरी फुकाई खुल्ला म नै गरी जाउँला।

केवल रस चुस्ने भवँरा रहेछौ, फूल रोजी हिंड्छौ,
रस बिहिन भएर उभिनु भन्दा म नै झरि जाउँला।

उदासीमै बित्यो दिन,सम्झनामै बित्यो धेरै रातहरु,
प्रतिक्षाको फल तिम्रो झोलीमा म नै भरि जाउँला।

मेरो जिबन रह्यो भने तिमीलाई पिंडा हुदो रहेछ प्रीया,
संसार र तिमीलाई त्यागी अब म नै मरी जाउँला।

4 comments:

दूर्जेय चेतना said...

राम्रो लाग्यो मलाई। अधिल्ला हरपहरु पठिरहदा र पछि हेर्दा कता कता पुरै जीवनकै कहानी राख्नु भएछ। लेख्दै राख्दै गर्नु होला, अझै पढ्न पाईयोस।

Unknown said...

एक्दम् मन छुने छ

नेपाली सायरी, गजल कविता मुक्तकहरुको संगालो... said...

daami

Unknown said...

एकदम मन छुयो मेरो

Blog Widget by LinkWithin