यस्तो एउटा सिनेमा हेर्दैछु,,,,,
हेर्ने सबै सिनेमा टिकट काटी
रंगीन पर्दामा हेर्छन, तर,, तर म
म यहाँ बाहिर खुला आकाशमुनी
नेपाल आमाको काख माथी
खुल्ला सिनेमा हेरी रहेको छु।
म यहाँ न पर्दाभित्रको झैं बियोगान्त
पछिको संयोगान्त मिठो कहानी छ,
न प्रेम कहानी मिलनका मिठा क्षण?
मैले हेरी रहेको सिनेमा त
केवल बियोगान्त नै बियोगान्त,
त्यसको यात्रा अनन्त छ।
त्यो सिनेमामा लाखौं नारीहरुको
सिंऊँदो पुछिएको छ र पुछिंदै आएको छ,
नौ जवानहरुको रगत मुछिएको छ,
तोतेबोलीका बालकहरु टुहुरिएका छन।
सम्पत्ती र बाँच्ने आधारहरु
जलाएर खरानी बनाई रित्याइएका छन।
न त यहाँ दया छ, न त माया नै,
यस्तो लाग्छ म हिटलरको सिनेमा हेरी रहेछु।
कहिं कतै शत्रुको कब्जा भित्र बन्दी
एउटा सिँपाही झै लाग्छ।
यहाँ बिकाशको कार्य हुन नपाउदै
सिधै पतन भएर जान्छ।
यहाँ बिकाश हुन बाट रोकिन्छ,
बिकाशका रकम भाग बन्डो गर्दा गर्दै सकिन्छ।
यहाँ सबै साम्राज्यबादी सम्राटको चम्ची
र बिस्तार बादीको पुच्छर बन्ने हरु छन।
यहाँ देशको समस्या उठाउन खोज्नेलाई
दासढुङ्गाको यात्रा गराई त्रीसुलीमा खसाईन्छ।
कमरेड चे ग्वेभारा झैं
एघार वटा लाश मुनी बिछ्याइन्छ।
कहिले संयोगान्तमा नफेरिने
एउटा यस्तो चलचित्र म हेरीरहेछु,
न त्यसको मध्यान्तर छ,
न समाप्ती नै।
राजनीतिक प्रभुत्वदेखि मृत्युदण्डसम्म
1 month ago










No comments:
Post a Comment