कबिता

मेरो दशैं..........!

आज मेरो दशैं म देखी रिसाएको छ।
म देखी टाढा छ, म मा उसको सम्झना
बाहेक म मा अरु साथ छैन यहाँ।
म उस्लाई बोलाउन पनि सक्दिन
आऊ दशैं एकै छिन भए पनि रमाईलो
गरौं, हासौं खेलौं भनेर ,,,,!
म एउटा बाध्यताको पिंजडा भित्र
कैद भएको कैदी झैं
बन्दी भएर पल पल दशैंको सम्झनामा
तड्पिने गर्छु।
जो मेरो बिगतको दशैं
सँगका क्षणहरु सम्झी
आँशुले प्याला भर्छु।
त्यहीं आँशु पिएर म मेरो दशैंको
सम्झना गर्छु।
मेरो दशैंले दिएका बिगतका ति
उपहाररुपी ति अमुल्य क्षणहरु
मेरो मानसपटलमा घुमिरहन्छन, एउटा चक्र झैं
म त्यहीं क्षणलाई सम्झी आज संतुष्टी लिन्छु।
म बर्बराउने गर्छु, मेरो बर्बराईमा अनयासै
बेदनाले बेदित मेरा शब्दहरु
प्रशान्त साँगरको छाल जस्तै
छल्की रहन्छन, अनवरत अनि निराकर।
म आज यत्ती धेरै पिंडित छु मेरो
बिगतका दिनहरुमा म मेरो दशैंलाई
पर्खी रहन्थे, मेरो झुपडीलाई सजाएर
तर आज बिडम्बना यो भयो
मलाई मेरो दशैंले आज उल्टो
मलाई पर्खी रहेछ, म आउने आशामा
आफ्नो सजावट अनि आफ्नो कामना लिएर।
म यहाँ छटपटिदै हरेक पल
मेरो दशैंको लागी तड्पिरहेछु।
दशै र मेरो बिछोडको घाउहरु
आँशुले मल्हम पट्टी मारिरहेछु।
आज मेरो दशैं तिमी रमाएर रहनु,
आउने सालको तिम्रो भेटमा अबस्य
तिमीलाई त्यो उपहार ल्याउने छु,
तिमीलाई त्यो बहार ल्याउनेछु,
कि तिमी आफै भुल्नेछौ आफैलाई
तिमी त्यो क्षणलाई सदा-सदा सम्झिनेछौ
म आउने छु त्यो क्षण लिएर
पर्खी बस मेरो दशै
म आउनेछु अगाढ माया र कोशेली लिएर,
तिम्रो र मेरो अपुर्ब मिलनको मिलन लिएर।

[सम्पुर्ण मेरा ब्लगर मित्रहरुमा एबं मेरो सम्पुर्ण शुभचिन्तकहरुमा माता श्री दुर्गा भवानीले सदा सदा रक्षा गरुन, मेरो नितान्त ब्यक्तिगत तर्फबाट बडादशैको शुभकामना, तपाईहरुको जिबन सदा सुखमय रहोस धन्यबाद।]

2 comments:

Suman said...

yastai ho baachna pani saro hasna pani saro jati najik bhae pani gariba nai tadho, yastai ho bjg k garne manaulaa ni kunai din ramailo dashai.

World is a Dramma..! said...

Hello bj bro Happy dshain hai maile ta dashai manaye tapaile aasha cha dashai majai le manaunu bhayo, ani fantastic poesms ko lagi thanks hai.

Blog Widget by LinkWithin