भदौरे औंसी तिजै लाग्यो भेटियो सबै चीजै लाग्यो जदौ यो नेपाली, दिदी,बहिनी, र हाम्रा आमाहरुको चाड रमाइलो तिजको उपलक्ष्यमा सम्पुर्ण दिदीबहिनी अनि देश वा बिदेशमा रहनु हुने नेपाली चेलीहरुमा यो साउन भरीको दुख अनि बेदनालाई केही क्षण भएपनि टाढै बिसाएर रमाउनु होला भन्ने कामना सहित तपाइहरुमा तिजको हार्दिक-हार्दिक शुभकामना।
7 comments:
वि जे बान्तावा राइ जी यहा लाइ पनि तिजको हार्दिक-हार्दिक शुभकामना।
बेदनाथ जी कति रमाईलो हुन्छ नि तिजमा चेलीबेटीहरु को नाँच अनि जमघट रमाईलो, हामीलाई सदा जिउँदो राख्ने हम्रो साँस्कृती प्यारो छ, धन्यबाद बेदनाथ जी र तपाईंलाई पनि है त ।
वि.जे.जी तपाँई लगाएत सम्पुर्ण देश वा बिदेशमा बस्ने दिदीबहिनीहरु लाई तिजको हार्दिक शुभकामना!!
रमाउनु त पर्छ बरै जति टाढा भए नि
सम्झी रा'छु घर,आँगन क्षितिज पारी भए नि
तीज आयो, दसैं र तिहार नजिकिदै छ नि
गरौ है रमाइलो सकेजति जहाँ जस्तो भए नि
गाईदेउ,नाचिदेउ साथी दिल खोलेरै आजै
दु:ख पिडा सारा भुलि परदेश मै भए नि
बि.जे. जी शुभकामनाको लागि धेरै धन्यवाद र तपाईंलाई पनि उस्तै मनोकामनाहरु टक्र्याउन चाहन्छु ।
Happy teeja hai for you all friends.
रमाइलो भिडियो सहित पस्कनुभएको शुभकामना ग्रहण गर्दै तपाई लगायत यो ब्लगका पाठक, सम्पूर्ण ब्लगहरुमा र दिदि बैनीहरुमा तीजको शुभकामना ब्यक्त गर्न चाहन्छु ।
सम्पुर्ण सहयात्री मित्रहरु बेदनाथ जी, सुजन जी, कबिराज जी, सुर्य जी र आशा जी तपाईंको यो भावनात्मक गितिगजल सहितको सुझाब र सल्लाहको लागी धेरै धेरै धन्यबाद। आगमी दिनहरुमा पनि पाल्न नभुल्नुहोला।
Post a Comment