शुभकामना !!


आज मलाई धेरै पछि केही लेख्ने जाँगर कता बाट फुर्योय। यसो लेख्न भनेर बसें तर सामग्रीनै पाईन, अत मैले यसो मेरो खातापाता हरु पल्टाउंदै गएँ, दिउँसो प्रीन्ट गरेको ५ पेजको एउटा कञ्चन साहित्य पक्षिक भेंटे, जुन हाम्रा कञ्चनका सम्पादक महोदय अर्जुन दुङ्मेन ज्यु द्वारा ईमेल प्रेषित थियो। ईराकमा हुनुहुने सम्पुर्ण नेपालीको एकाबद्वको लागी तयार पारिएको अनि ति नेपाली दाजुभाई तथा दिदीबहिनीको परदेशमा रहँदाको पिंडा अनि दुखको एउटा हृदयको आवाज रहेछ। पानाहरु पल्टाउँदै गएँ मलाई धेरै नै गर्ब लाग्यो किनकी नेपालीहरु साधन सम्पन्न भए भने के गर्दैनन र के गर्दैनौ? सम्पुर्ण कुरा गर्न सक्छौं हामी किनकी हाम्रो देशमा पनि उपकरन अनि साधन सम्पन्न भैदिएको भए जे पनि गर्न सक्छौ, तर आज हामी देश छोडेर टाढा गएर देशको मायाहरुले ओतप्रोत भावनाहरु पढ्न पाउँदा हर्षित त भएँ नै र पनि देशको हालत सम्झिदा धेरै दुख लाग्यो। हामी बिजुलीको सट्टा टुकीको भरले जिबन यापन गरिरहेका छौ, यो कुनै कथा हैन नेपालीले भोगीरहेको एउटा तितोसत्य र यथार्थ हो। बिदेशमा हामी घरै भित्र सम्पुर्ण साधन बाट टन्न सम्पन्न देख्छौं तर हामी एउटा इमेल हेर्न पर्योा भने कस्को नेटमा गएर त्यो पनि लोडशेडिङ्गको समय छल्दै जानु पर्ने हुन्छ। यसको मतलव मैले हाम्रो देशलाई निचो देखाएको हैन हामीले भोगीरहेको एउटा ठुलो समस्या, पस्चिमेली मुलुकहरु किन माथी छन होला यसो अनुमान गरेर हेर्दा, किनकी उनीहरु आई टी इन्फरमेसनमा माथी छन, हामी अहिले सम्म हाम्राभावनाहरु केवल एउटा अभ्यास पुस्तिका भित्र बञ्चित छन, त्यो पनि कहिलेकाहीं जतन पाएन भने कसिंगर भएर कुन खाडलमा पुग्ने हो थाहा हुन्न, प्रकाशनको त कुरै छोडौं। हामी मौका र साधन पायौं भने जे पनि गर्न सक्छौं र हामीलाई आफ्नो देशको गीत गाउन कुनै मास्टर डिग्री चाहिन्न, खुलेर लेख्न सक्छौ देशको माया खुलेर कोर्न सक्छौ आमाको कथा त्यसैले मैले धेरै नै समय लगाउदै कञ्चनको दुइवटै प्रकाशनहरु प्रीन्ट गरेर साथीहरुलाई पनि पढ्न दिएँ साथीहरुले पनि धेरैनै मन पराउनु भयो। मलाई धेरै खुशी लाग्यो।

धेरै भावनाले ओतप्रोत शब्दहरुको हार मैले हेर्न पाएँ, पढ्न पाएँ खुशी लाग्यो अनि आज एउटा शुभकामना दिन चाहन्छुकी ईराकमा रहेर आफ्नो नेपाली शाहित्यलाई दिगो राख्न लेखीरहनुहोस, र कञ्चन शाहित्यिकलाई हातेमालो गर्दै उठाउनुहोस, र म अरु के भन्न चाहन्छु भने ईराकमा मात्र हैन नेपालीहरु जहाँ जहाँ हुनुहुन्छ, नेपाललाई सम्झना गर्नुहोस यसरीनै जसरी ईराकमा बस्नु हुने नेपाली दाजुभाईहरुले मिलेर गरीरहनु भएको छ। यो भनेको देशको माया हो, देशको चित्रण जब हामी टाढा रहन्छौ हामी देशको मायामा तडपिन्छौं अनि भावनाहरु खहरे झैं उर्लिएर आउछन ति भावनाहरुलाई पोख्न सक्नु एउटा देशको माया अनि निस्छल शाहित्य हुन जान्छ, न त्यो कुनै दार्सनिक सँग मेल खान्छ,न त्यो कुनै महाकबिको कबितासँग, न त्यो कुनै चोरी चकारी हुन्छ, एउटा गाउँघरको माया जुन बरपिपल उकाली ओराली सँग जोडिन्छ त्यो सदा निस्छल रहन्छ पबित्र सप्तकोशी झैं, सप्तगण्डकी झैं सदा निस्छल। त्यसैले म सदा सदा यो कञ्चनको दिर्घायुको कामना गर्दछु। सदा सदा नेपाली मुटुहरुलाई एकता बद्व बनाउन सफलहोस। शुभकामना अर्जुन दुङ्गमेन र उहाँको सहयोगी कञ्चन परिवारलाई।

5 comments:

डीआर न्यौपाने'सूर्य' said...

हो, अर्जुन जी का भावनाहरु मैले पनि हेर्दै आइरहेको छु ।कन्चन साहित्यको प्रकाशन हुने कुरा मैले पनि पहिले थाहा पाएको थिए । प्रकाशन भएकोमा उहाँ लगायत सम्पुर्ण साहित्यप्रेमी अनुरागिहरुमा धन्यबाद दिन चाहन्छु । तपाइहरुले बिदेशि भुमिमा बसेर गर्नु भएको यो साहित्य सिर्जनाले सगमाथाको उच्च शिखर चुम्न सफल होस भन्ने कामना पनि गर्न चाहन्छु ।

Unknown said...

मेरो तर्फ बाट पनि धेरै धेरै शुभकामना।।

Dilip Acharya said...

'हाम्राभावनाहरु केवल एउटा अभ्यास पुस्तिका भित्र बञ्चित छन'
एकदमै तित कुरा तर यथार्थ पनि !

जे होस, आ-आफनो ठामबाट गर्न सकिने जत्ती गर्न भने हामी पनि थाक्नु हुँदैन।

मलाई लाग्छ तपाइको यो पोष्टले पनि धेरैलाई शक्ति सञ्चार गर्न मद्दत गर्ने छ ।

शुभकामना !!!

Unknown said...

धन्यबाद सम्पुर्ण मेरा सहयात्री मित्रहरु सिकारु जी, सुजन जी र दिलिप जी हामीले फक्रदै गरेको कोपिलालाई प्रोत्साहन प्रदान गर्नै पर्छ। एउट उखानै छ नी प्वाँखले कहिले पनि उड्न सकिन्न रे हौसलाले उडान हुन्छ रे" यसैलाई मध्य नजर गरौं र बिस्वको कुनैपनि कुनाबाट यस्ता अवसरहरु मिलाउने गरौं र नेपालीको कार्यमा हौसला प्रदान गर्ने गरौं। धन्यबाद।

Arjun Dungmen said...

वास्तबमा हो !
यो फक्रदै गरेको साहित्यिक कोपिला हो हाम्रो "कञ्चन साहित्य" । जसलाई बि.जे. जि ले आफ्नो ब्लग मार्फत अन्य ब्लगर साथीहरु समक्ष पुर्‍याई दिने अनी साहित्यिक हालेमालो गर्दै नेपाली कला र साहित्यको जगेर्ना गर्दै हामी र हाम्रो प्रकाशन प्रति प्रोत्साहन या हौसला दिने महान उदेश्य यहाँमा रहेको पाएँ । यो यहाँको महान बिचार र दिनु चाहनु भएको हौशलाको म सदैब कदर गर्छु । अनी, म लगायत हाम्रो समग्र कञ्चन साहित्य परिवारकै तर्फबाट यहाँलाई मुरी-मुरी धन्यवाद । साथै, सूर्य जी (शिकारु), सुजन जी, दिलिप जीलाई पनि शुभकामना ब्यक्त गरी सहानुभुती र हौशला प्रदान गरीदिनु भएकोमा धेरै-धेरै धन्यबाद !

Blog Widget by LinkWithin