कबिता


म, म बन्न देखी थाकीसकेको छु,,,


हरेक घडीहरु मैले आफ्नो जिबन
उपहार सम्झिन्थे, सबै कुरा उत्सर्ग
गरिदिने गर्दथें, हरेक घुम्ती र उचाईहरु
जिबनको खुडकिला सम्झन्थे,
तर,,, तर आज थकित छन,
यी गोडाहरु, नैरास्यताको बादल छ,
आँखा वरिपरी, हरिभक्त जस्तै
बिरक्तिएका मेरा मन छ,
अनि उनको लेख जो कैयौं
दशकभित्र पनि काठको अलमारीभित्र
कुज्जिएका थोत्रा पन्ना जस्तै,

आज मा हुनुको पिंडा मलाई नै
थाहा छैन, कता कता प्रत्येक
सन्नाटाको कालो कोठरीभित्र
गहिरिएर दुख्छन।
एकपल्ट मात्र हैन, मैले चाल्ने कदम
कदमहरुमा, ठोक्किएर दुख्छन।
आज मा थकित छु
मेरै जिन्दगी देखी
आज म लाचार छु, मेरै भाग्य देखी।
म, म भएर उभिन सकिन,
जुन मैले हिंजो बुनेका मेरा
सपनाका संसारहरु एउटा कहिल्यै
नपुगिने गन्तब्य भएर क्षितिजको
एउटा ठुलो नमुना दिएका छन।
किनकि क्षितिज एउटा क्षितजनै हो,
त्यसलाई अँगाल्ने मेरा सपना
बिचैमा कुहिएका छन।
हिंजो जो थिए पालुवा रुपी सपनाहरु
आज सबै ओईलाएर निहुरिएका छन।
म बाट त्यो मेरा पलहरु अब फेरी
कहिल्यै मलाई चुम्न आउने छैनन,

म अब ब्यर्थै, आफुलाई उत्साहित गरेर
म बन्न सक्दिन, किनकी म बन्न देखी
म थाकीसकेको छु।
मेरा लागी अन्तिम त्यो प्रहर छ
त्यसैले अब म, म बन्न सक्दिन
किनकी, म बन्न देखी म थाकीसकेको छु।

6 comments:

Nijgadh said...

nice blog keep it up

B.J. Dummali said...

Thanks for visiting and leaving comnets.

सिकारु said...

मित्र b.j.ji अति दुखित भावनामा बग्नुभए जस्तै लाग्यो ।अनि तपाइका भावनारुपि बेदना जस्तै धेरै लक्ष्य गुमाएर भौतारिनेहरुको कथा पनि हो यो । मिठो अनि निरासामा डुबेकाहरुलाई डोरयाउने डोरिको हातेमालो जस्तै लाग्यो मलाई त।

तर त्यति निरासा भने पक्कै हुनु भएन है । आखिर लक्ष्य र सपनाको गतिलाई चुम्न नसके पनि म लाई म बाट परिवर्तन् गर्न त सकिदैन होला ।

B.J. Dummali said...

कहिलेकाहीं मनका कुरा हाम्लाई पनि भन, ढुङ्गा मुढा होईन होला हाम्रो पनि मन, भन्ने गितको यादले गर्दा यहाँ सम्म पुगेछु सिकारुजी मनका कुरा छरपस्ट गरेर फ्याँकी दिएको नी,,,,, धन्याबद सिकारुजी।

Sujan Sharma said...

nice poem B.J.Dummali Ji !

B.J. Dummali said...

Thank you, Sujan jee for your coment and Visiting my blog.

Blog Widget by LinkWithin