कबिता

"आमा"

बि जे बान्तवा राई / भोजपुर

आमा मलाई बोलाऊ मात्रै
तिम्रै छेउमै म हुनेछु ।
ओल्लो पट्टी, पल्लो पट्टी
पृथ्बीको किन नहुँ टाढा
छोरा भनि बोलाऊ मात्र
तिम्रो चरणमै मेरो शिर हुनेछ ।
मुटु भित्र पोका पारी
अथाह पिंडा सँहदा सँहदै
तिम्रो झरिलो परिलो
अनुहार चाउरी परेको
मेरो हृदयको पन्ना पन्नामा
कोरिएको छ आमा
म सानो छँदाको
मेरा दर्दहरु सँगै बगेका
तिम्रा आँशुहरु अझै पनि
मेरो छातीमा ओभाएका छैनन
आमा, म रुँदा
तिमीले बोकेका तिम्रा पिठ्युँहरु
म बिरामी पर्दा
तिमीले बिताएका ति कति
अनगिन्ती अनिदो रातहरु
मेरो छाती भरि कोरिएका छन ।
नसम्झनु आमा छोराले बिर्स्यो भनि
समुन्द्र त तरी आएँ
मेरो छाया तिमीसँगै
नौडाँडा त काटी आएँ
मेरो माया तिमीसँगै
जहाँ जहाँ ठक्कर खान्छु
बोलाउछु तिमीलाई आमा! आमा!!
त्याग्न परे त्यागी दिन्छु
मेरो एक मुट्ठी स्वास
तिम्रै लागि आमा
तिम्रो लागि मर्न परे
जीवन सार्थक हुन्थ्यो
तिम्रो लाखौं दुधको भारा
एउटा कमि हुन्थ्यो
तिम्रो आँशु पुछ्न भनि
परदेश बाटो लाँगे
तिम्रो लागि धनको भारी
टिप्न सकिन आमा
मनको भारी बोकी
आउँदै छु आमा
म त फर्की आउँदैछु
तिम्रै लागि आमा

5 comments:

Dilip Acharya said...

विदेशीनुको पीडा र ममताको मिठो प्रस्तुति !

B.J. Dummali said...

धन्यबाद दिलिप जी शायद हामिलाई आमा भन्ने शब्द नहुदो हो त पिंडा कहाँ लगेर सेलाउने होला, कहिलेकाहीं यसैले रसाउने गर्छ यो दुखी मन त्यसैले कोर्न पुग्छु....., धन्यबद् दिलिपजी र कहिलेकाही छिर्दै गर्नु होला।

कैलाश said...

बि जे दाजु यो तपाईको ब्लगलाई पुन ब्युताउँनुभएकोमा खुशी लाग्यो। निरन्तरता पाओस् है यसले।

B.J. Dummali said...

Saayad aba nirantarta ta pauchha nai hola... anyway thanks bahini for visiting my blog.

admin dummali said...

nice peom BJ bhojpure

Blog Widget by LinkWithin