गित

बि जे बान्तवा राई / भोजपुर


मैले रुँदा खोला बन्छ, तिम्ले रुँदा मुस्कान
कहिले देखि खोल्यौ भन माया बेच्ने दोकान


हिमगिरिझै तिम्रो मन मैं सोच्थें नि अरुण
कतिलाईपो माया बाँड्छ्यौ कुल्ची कुल्ची यो मन
बग्दै जाँदा धेरै भेटे तिम्रै तिम्रो दोभान
कहिले देखि खोल्यौ भन माया बेच्ने दोकान ।


बिधुवाको शिउँदो जस्तै उजाड पार्‍यौ यो मन
कहाँ गई बिसाउँ मैले जलिरहेको यो तन
तिम्रै नाम मा मेटिएर गयो मेरो जीवन
कहिले देखि खोल्यौ भन माया बच्ने दोकान ।।

1 comment:

Anonymous said...

Git dherai ramro 6, shaayad yaslaaii gayak harule bhetna bako chha. ma yo git maa sangit bhariyeko sunna chahanchhu. yadi sambhab bhaye bj jee.

Hari Thapa Magar
AAkhisalla,Dhankuta
prsnt:Riyadh

Blog Widget by LinkWithin