कबिता


भोली मेरो नेपाललाई लीलाम बिक्री
गरिरहेका हुनेछन, सबै नेताहरु मिली
त्यहाँ हर्षोउल्लाशको बातावरण हुनेछ
जता-ततै बम्-बारुदको झिलिमिली
नेताहरु एक-अर्कामा होडबाजी चल्नेछ
मेरो नेपाल आमाको लीलाम डोलरमा हुनेछ
त्यहाँ एउटा जटिल समस्या आउनेछ, त्यहाँको जनता-को
एकपटक सबै नेता मिली सोंच्छन तन्-मन लिएर
समस्याको समाधान यसरी निकाल्ने छन
तिस- बत्तिस वटा क्रान्तिकारी त भैसके
अरु पनि थप चालिस पैतालिश बनाउँ
यहाँ जनतालाई पारिहाल्ने छन खाली
भोलिको नेपाल एउटा नाङ्गै नाच्नेको देश बन्नेछ
यहाँ ठुला-ठुला बम बारुदको खाना बन्नेछ
असली नसालु पेय पदार्थको भट्टी खोलिनेछ
भोलिको मेरो नेपाल यस्तै एउटा नेपाल हुनेछ
-बि. जे. बान्तवा राई

2 comments:

Kobit "Durga" said...

जे बि जि,
नमस्कार !
वास्तव मै यो नमस्कार तपाईं लगाएत तपाईंको हर सब्द हरुलाई छ, शब्द सम्योजन अतिनै राम्रो छ, साहित्यिक बिध्या लाई पक्कै छोएको छ, यो त म गर्ब ले नै भन्छु, तपाईंको ब्लग म जे जती सिउरेर राख्नु भएको छ सबै सही ठाउँ मा छ, खुशी लाग्यो हामी जहाँ जहाँ छौ जो छौ आफ्नै माटो को स्रिजना, आफ्नै भाका का स्वर, आफ्नै आँखाको द्रीश्य लाई, आफ्नै चाल, आफ्नै रुप रङ्ग, लाई यो यन्त्रिक फाट मा समाबेश गरेर लैजानु यो पनि गर्ब कै कुरा हो । अनी जे बि जि यही हो तपाईंको सफलताको शिखर भनेर तपाईंलाई रोक्न चाहन्न । शिखर धेरै टाढा छ यो त सुरुवत हो जुन शिखर को लागि, र आझै आगामी दिन मा हजुरको अन्य नयाँ नौलो केसेली हरुको अपेकक्ष्य गर्दछु । हावास्त धन्यवाद

दुर्गा
दुर देश
ईराक

Unknown said...

Thankn you,

Durgaa jee tapaiko
coment ko laage..

Blog Widget by LinkWithin