कुरीति यो समाजको तोडेरनी आऊ प्रिये
पर्खाईमा म छु डर छोडेरनी आऊ प्रिये
चुलाचौका घाँसपात कारागार कैदी जस्तो
अन्तिम त्यो सहीछाप कोरेरनी आऊ प्रिये
मखमली सयपत्री आँशु झार्ला धुरु धुरु
चुमेर ती एकपल्ट गोडेरनी आऊ प्रिये
सुम्निमाको साया तिमी, बिदाईमा रोलिनकी
शिरनत गरी हात जोडेरनी आऊ प्रिये
दु:खपिर तिम्रो भाग कोल्टे फेर्ने पर्छ तिमी
कैदी गुफा छोडी मुख मोडेरनी आऊ प्रिये
संरचना ४/ ४/ ४/ ४/
"बिद्रोही" बिजे
नेपाल चुनाव को २०८३ अनुमान
11 hours ago
3 comments:
राम्रो लाग्यो। सुम्निमा भन्नाले उनै बि पी कै सुम्निमा नै हुन् कि अन्य कुनै पात्र बुझ्न मन लाग्यो। बेजोड रहेछ यो गजल..
Durjeya G, sumnima bhannale Kirati aasthakee devi hun, dhanyabaad tapaiko amulya samayako lagee ra coment ko lagi
अति मन पर्यो
Post a Comment