Showing posts with label भावना. Show all posts
Showing posts with label भावना. Show all posts

भावना


तिम्रो हत्केला भित्रको दाषी म,,,,,!

अझै पनि रिसाए झै गर्छौ
मेरै बाटोमा उभिएर मेरो निम्ती
किन, मृत्युको खाडल खन्छौ?

म त तिम्रो हत्केला भित्रको दाषी ,,
म त तिम्रो मायाको प्यासी ,,,,,,,,,
म त केवल, केवल तिम्रो हत्केला भित्र
हराई सकेको छु, हत्केला भित्रै अटाई
सकेको छु, चाह्यौ भने तिमीले
चाह्यौ भने तिमीले, मिल्काउन सक्छौ,
तोड्न सक्छौ, फोड्न सक्छौ, अनि, अनि
जिउँदै लाश बनाई जलाउन सक्छौ।
किनकी म एउटा कागजको टुक्रा सरी
तिम्रो हत्केला भित्र अटाएको छु।

मैले तिम्रो तडपनमा पलहरु बिताएको छु,
मैले त्यो कहिल्यै नछुटिने कसमहरु
कैयौं बरपिपल छुँदै खाएको छु,
तिम्रो लागी नै सिद्वकाली अनि कैयौं
धामहरु धाएको छु, तर,,, तर,,,,,,,,
अझै पनि तिमीले मलाई बिस्वास दिन
अनि लिन नसक्दा, यो मन दुखीरहन्छ,
यो मन चर्किएर दर्किएर रोईरहन्छ।
एकान्तको बास खोज्दै, सैयौंको भीडबाट लुक्दै,
हृदयको खाटो बसेको घाऊ, आँशुले धोईरहन्छु।

मलाई एकपल्ट छुएर त हेर,
मलाई एकपल्ट अप्नाएर त हेर,
म भित्र तिमी कति नजिक पाउनेछौ,
मेरा रगतका कण कणमा तिमीनै
तिमी बगीरहेकी हुनेछ्यौ,,,
केवल तिमी,, मेरो स्वासहरुमा
मेरो मुटुको हरेक स्पन्दनमा
तिम्रो नै आभाष पाउनेछौ।

तिमीले मलाई भन्छ्यौ,
अनि दोष दिन्छ्यौ,,,,
म तिमीलाई भन्छु र भनिरहन्छु
म सँग दुईटा मुटु छैन,
जो अरुलाई फेरी अरुलाई
दिएर जिउन सकुँ,,,
जो थियो मैले दिसकेको छु,
तिमीलाई मात्र तिमीलाई,

मैले मेरो जिबन तिमीलाई नै
अर्पण गरिसकेको छु,
म प्रत्येक पलहरु तिमीबिना
जिउँदो लाश सरी मरिरहेको छु।
कहिल्यै नसकिने बेदनाका
लामो लामो घाटहरु तरिरहेको छु।
तिमीले जे भन, सहन तयार छु,
किनकी मैले मेरो जिबन तिम्रो
हत्केला भित्र थमाई सकेको छु।
Blog Widget by LinkWithin