आखिर किन??????
पराई नै भएछु अब त, म देखी तर्की दिन्छौ।
सबै दोष मलाई नै दिई बोलाउँदानि झर्की दिन्छौ।
हिंजो जो थियौ मेरो थियौ, आज त पराई भयौ
सम्हाल्न खोज्छु अझै पनि, छुन खोज्छु चर्की दिन्छौ।
टाली रहेछु हृदयका घाउहरु नगन्य ती आत्मा भरी।
एउटा मल्हम आस्वसनको माग्दा पनि सर्कि दिन्छौ।
एक झलक तिम्रो मुहार चाँदनीको शित्तल मेरो
एक झलक त्यो माग्दा पनि अर्कै तिर फर्की दिन्छौ।
तिम्रो मेरो दुरी आकश धर्तीको को त थिएन कहिल्यै
म नजिक आउन खोज्छु, तर तिमी बर्कि दिन्छौ।
Ghatasthapana - घटस्थापना
20 hours ago
5 comments:
वाह ! गज्जब छ ।
ल ब्रो बब्बाल छ। मलाई कुनै यस्तो लेखहरु नआए पनि मलाई धेरै खुशी लाग्छ पढ्न र शब्द-शब्दको मजा लिन। बधाई।
मनभरिको गजल b.j. जी । आशा गरौ अबदेखी उनिले यस्तो गर्ने छैनन तर यो गजल चाही पढ्न भन्नु है ।
Ah bro, nice posting I like much and more,,, krrp it up
सम्पुर्ण मेरा शुभचिन्तक अनि ब्लगर मित्रमा धन्यबाद तपाईहरुको अमुल्य सुझावको लागी, सुजन जी सुर्य जी अनि बिस्वकै नाटकिय मित्र अनि गणेश जी तपाइहरुको आगमनको लागी बिशेष धन्यबाद, तपाईहरुको ब्लगगिङ दुनियाँ सफल रहोस।
Post a Comment