कबिता


यो देशको दुर्गतिमा खबरदारी गर्नेहरुले
कुर्शिमा पुगे पछी सबै खबर्दारी बिर्सी
बैंकको ब्यालन्स बढाउन थाले पछी
नेपाल लाई स्वर्ग बनाउछु भन्दै
गाँउघरका दुखी पीडित सोझा र निमुखा
जनतालाई फकाउँदै भोट हाल्न वाध्य बनाएपछी
टन्न मत ली चुनाव जितेर
त्यो ठाउमा लाखौं झुठा आश देखाइ
५ बर्षा सम्म आफ्नो बिश्वासघाति मुख लुकाएपछी
यहाँ विश्वाश कस्को रह्यो र ?
शान्ती सुरक्षा कायम गर्ने कसम खाइ
दुखी जनता को झुपडीमा आगोलाये पछी
दुनियाँभर को दाह्रशिङे र बाह्रशिङे खडागरी
शान्तिप्रिया नेपाललाई टुक्रा टुक्रा पार्न खोजे पछी
कस्को हृदयमा ज्वाला दन्किन्दैन र यहाँ
हरेक पल्ट सोझा, दुखी अनी
निमुखाको जिउदै घाँटी रेटिएपछी ।

बि जे बान्तवा राई

No comments:

Blog Widget by LinkWithin